शिक्षा

    Showing 201-210 of 727 items.
  • राजनीतिक दबाबः त्रिविका भिसीले दिए राजिनामा

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन १८ गते हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन समितिले आइतबार एक सूचना जारी गर्दै निर्वाचन १८ गते सोमबार हुने जानकारी गराएको हो ।सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति तय गरिएको हो । यसअघि चैत ५ गते विवादको कारण निर्वाचन हुन सकेको थिएन ।त्रिभुवन विश्वविद्यालयका उपकुपति केशरजंग बरालले राजनीतिक दबाबका कारण राजीनामा दिएका छन् । दलीय प्राध्यापकहरूको अनुचित दबाब झेल्न नसकेपछि राजीनामा दिएको त्रिवि स्रोतको दाबी छ । दल

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 240 पटक पढिएको
  • आज एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्‍याइदिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पुर्‍याउने भएको छ ।विद्यार्थीहरूको सहज यात्रा सुनिश्चित गर्नका लागि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सवारी साधनको व्यवस्था गरेको छ ।यसका लागि विद्यार्थीहरूले प्रहरी अधिकृतहरूलाई सम्पर्क गर्न गर्नुपर्नेछ । बानेश्वरका लागि नप्रउ दिनेश कुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 217 पटक पढिएको
  • भारतीय सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माण सुरु

    काठमाडौँ । भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले आज संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरे ।त्यस अवसरमा उनीहरूले नेपाली जनताका लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने पूर्वाधारले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन उ

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 332 पटक पढिएको
  • चौँरीदेउरालीका विद्यायलय पाठ्यक्रममा ‘जलवायु परिवर्तन’

    काभ्रेपलाञ्चोक । यहाँको चौँरीदेउराली गाउँपालिकाले आउँदो शैक्षिकसत्रदेखि जलवायु परिवर्तनलाई स्थानीय विद्यालयका पाठ्यक्रममा समावेश गर्ने भएको छ । गाउँपालिकाले जलवायु परिवर्तन अनुकूलन योजना तथा विपद् व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्तो निर्णय भएको गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँले बताइन् । ‘जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य रूपमा लागू गर्न कार्ययोजना बनेको छ । यसलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने निर्णय पनि भइसकेको छ,’ उनले भनिन् ।यसैबीच, स्थानीय युवा समूहले जलवायु परिवर्तनसम्बन्धी विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै बाढीपहिरो, सुक्खा तथा अनावृष्टिजस्ता प्रा

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 206 पटक पढिएको
  • विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए । विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए । उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 321 पटक पढिएको
  • विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार तालाबन्दी गरेका हुन् । सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै नराम्रो मानिन्छ ।  तेस्रो सेमेस्टर मेजरमेन्ट एण्ड इभ्यालुसन इन एजुकेसन पेपरको न्युमिरिकल प्रश्न नै गलत सोधेको विद्यार्थीहरूको आरोप छ । उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको उनीहरूको भनाइ छ ।गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्य

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 276 पटक पढिएको
  • शिक्षा विधेयकमा इतिहासकै धेरै संशोधनका बुँदा

    काठमाडौं— विद्यालय शिक्षा विधेयक, २०८० नेपालको इतिहासमा सबैभन्दा धेरै संशोधनकर्ता र संशोधनका बुँदा भएको विधेयक बनेको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको विधेयकमा एकहजार ७५८ संशोधन प्रस्ताव दर्ता भएका छन् । समिति सचिवालयले हालै सार्वजनिक गरेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमा यसलाई 'नेपालको इतिहासमा सबैभन्दा धेरै संशोधनकर्ता र संशोधनका बुँदा भएको विधेयक' भनिएको छ ।विधेयकमा रहेका १६३ दफाउपर प्रतिनिधिसभाका १५२ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । विद्यालय शिक्षा विधेयक ०८० भदौ २७ गते प्

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 251 पटक पढिएको
  • ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

    इनरुवा (सुनसरी) । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’  प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देख

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 217 पटक पढिएको
  • सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल

    काठमाडौं— शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको छ।छलफल पश्चात् समितिबाट विधेयककोे दफा २१ देखि दफा २६ सम्म पास भएको छ। समिति सभापति अम्मरबहादुर थापाले परिच्छेद–९ का छ दफा पास भएको बताए। दफा २१ मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने र कुलपति विश्वविद्यालयको प्रमुख हुने तथा दीक्षान्त समारोहको अध्यक्षता गर्ने, विश्वविद्यालयको निरीक्षण गर्ने वा आवश्यकताअनुसार निर्देशन दिन सक्ने भन्ने व्यवस्था रहेको छ।यसैगरी दफा २२ मा सहकुलपति शिक्षामन्त्री हुने र सहकुलपतिले विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र आवश्यकताअनु

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 333 पटक पढिएको
  • प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

    बन्दीपुर (तनहँ) । यहाँको भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्नेगरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए ।हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको भण्डारीले बताए । उनले भने, ‘प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका आधारमा उहाँहरुलाई रोजगारी दिने समेत योजना बनाएका छौँ । एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको अवस्थामा प्रत्येक वर्ष वार्षिक रूपमा रु एक लाखका दरले पाँचवर्षसम्म रु पाँच लाख प्रदान ग

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 312 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा