शिक्षा

    Showing 211-220 of 776 items.
  • प्रहरीसँगको झडपमा ६० जनाभन्दा धेरै शिक्षक घाइते, लगियो सिभिल अस्पताल

    काठमाडौँ – काठमाडौँमा शिक्षकहरूको आन्दोलन तनावपूर्ण मोडमा प्रवेश गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक र प्रहरी बीच ठूलो झडप भएको छ, जसका कारण ६० जनाभन्दा धेरै शिक्षक घाइते भएका छन् । घाइते शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । गम्भीर र सामान्य गरेर करिब ६० जना घाइते भएको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘६० जनाभन्दा धेरै घाइते भएका छन् । गम्भीर र सामान्य छुट्याउन सकेका छैनौँ । अहिले सिभिलमा लगिएको छ,’ उनले भनिन् ।विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्, र यो झडपले आन्दोलनको दिशा फेरिने खतरा समेत ल्याएको छ।

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 479 पटक पढिएको
  • शिक्षकको प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो बल,प्रहरी र शिक्षकको बीचमा भयो पानीको फोहरा र ढुंगा प्रहार

    काठमाडौँ – शिक्षकहरूको आन्दोलनमा शुक्रबार अर्को चर्को घटनाक्रम भएको छ। माइतीघरमा भेला भएर संसद भवनतर्फ अघि बढ्न खोजेका शिक्षकहरूलाई प्रहरीले बल प्रयोग गर्दै पन्छाउन कोसिस गरेको छ। जब शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरे, प्रहरीले पानीको फोहरा प्रयोग गरि उनीहरूलाई पछाडि हटाउन दबाब दिएको हो।पानीको फोहरा र ठेलमठेलका बीचमा शिक्षकहरूले पनि आक्रोशित हुँदै प्रहरीमाथि ढुंगा हानेका थिए। यो घटनाले शिक्षकहरूको आन्दोलनलाई अझ तातो बनाएको छ, जुन अहिले २६ औं दिनमा प्रवेश गरेको छ। शिक्षा ऐनको सुधारको माग गर्दै शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन्, र यस्ता घटनाहरूले संघर्षलाई अझ झन्झटिलो बनाएको दे

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 692 पटक पढिएको
  • आन्दोलनरत शिक्षकबाट शिक्षक नै कुटिए

    काठमाडौं— काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले जनाएको छ।शरिरका विभिन्न भागमा चोटपटक लागेको  र टाउकोमा टुटुल्को उठेको  उनलाई तत्कालै प्रहरीको टोलीले

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 341 पटक पढिएको
  • आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति

    काठमाडौं— नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महास‌ंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको बताए । उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको जानकारी दिए ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 242 पटक पढिएको
  • मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा असन्तुष्ट जनाउँदै शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश नगरी फर्कियो

    काठमाडौं— नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग भेटघाटका लागि सिंहदरबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ति जनाउँदै शिक्षक महासंघ मन्त्रीलाई नभेटेरै फर्किएको हो।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्री पन्तसँग औपचारिक भेटका लागि जान लागेको तर विशेष कारणबस फर्किएको बताएका छन्।उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली महासंघले तयार नगरेको ब्यहोरा जानकारी  गराउँछौँ, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 359 पटक पढिएको
  • आज सरकार र शिक्षकबीच वार्ता हुँदै

    काठमाडौं— सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता हुँदैछ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार भएका हुन्।शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र  शिक्षा मन्त्रालयका सचिव डा।दीपक काफ्लेले नेपाल शिक्षक महासंघलाई एकै ब्यहोराका छुट्टाछुट्टै पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।  सरकारको आह्वानपछि वार्ता टोली गठन गरेर महासंघ मन्त्रालयतर्फ गएको छ। ‘सरकारले वार्ताका लागि आव्हान गरेपछि हामीले टोली गठन गरेका छौँ, सो टोली वार्ताको लागि गइसक्नु भयो।’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।सरकारको तर्फबाट शिक्षामन्त्री पन्त र मन्त्रालयका

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 364 पटक पढिएको
  • कक्षा १२ को परीक्षा मिति सार्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं—  कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएको सचिवालय स्रोतले जानकारी गराएको छ । कक्षा १२ को परीक्षा मिति बिहीबारदेखि तय भएको थियो । “शिक्षा मन्त्री नभएको हुनाले प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभएको हो । उहाँले परीक्षा केही दिन पछि सार्न भन्नुभएको छ,” प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,“प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभयो । उहाँहरुले थप निर्णय गर्नुहोला ।”

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 332 पटक पढिएको
  • कक्षा १२ को परीक्षा नरोकिने राष्ट्रिय परीक्षा बोर्ड निर्णय

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने नि

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 305 पटक पढिएको
  • शिक्षक आन्दोलन अझ सशक्त पार्ने नेपाल शिक्षक महासंघको चेतावनी

    काठमाडौं— तीन सातादेखि सडक संघर्षमा रहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर— बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन्। आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन्।आन्दोलन समितिकी संयोजक नानुमाया पर

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 255 पटक पढिएको
  • आज परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

    काठमाडौं—  कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ।बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ।शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर(बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले रा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 277 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा