शिक्षा

    Showing 261-270 of 1,003 items.
  • मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

    लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ ।कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पु¥याएको छ ।मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम अरनिको माध्यमिक विद्यालय, सहिद दशरथचन्द माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सरस्वती बालकल्याण माध्यमिक विद्यालय, काँकडभिट्टा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भानु माध्यमिक

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 289 पटक पढिएको
  • कानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

    काठमाडौं— कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् ।आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता ल्याउन जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्न निर्देश गरेको बताए ।उनले भने, ‘मेरो तर्फबाट पनि कमी कमजोरीहरु धेरै देखिएका छन् । आफैंले पनि मूल्यांकन गर्दैछु । कानून निर्माणको सन्दर्भमा उठेका विषयमा, त्यसको ढाँचा, शब्दको विषयमा

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 554 पटक पढिएको
  • दलित बस्तीको शिक्षाका लागि अक्षयकोष

    महोत्तरी। बर्दिबास–१४ स्थित गौतम होटलले बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिकाको शिक्षाका लागि रु तीन लाख ११ हजारको अक्षयकोष प्रदान गरेको छ । होटलका सञ्चालक हीरालाल गौतमले शनिबार आफ्नो ५०औँ जन्मदिनको अवसर पारेर मुसहर बालबालिकाको शिक्षामा खर्च हुनेगरी स्थापना गरिएको कोष मुसहर बस्तीका शिक्षा अभियानी मञ्जय सदा मुसहरसहितका बालबालिकालाई रु तीन लाख ११ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेर २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको ५२ घर बस्तीका बालबालिकाको शिक्षामा खर्च गरिने गरी गौतम होटलले अक्षयकोष स्थापनाका लागि यो रकम प्रदान गरेको हो । शिक्षामा ध

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 343 पटक पढिएको
  • उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम

    काठमाडौँ। यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा,  वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्था ७८४ विद्यालय रहेको कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो ।त्यसैगरी, कामपाले आफ्नोमातहतका

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 359 पटक पढिएको
  • प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट : विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला

    सिराहा। लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको थियो । सरकारको निर्णयपछि सिराहा, सप्तरी र उदयपुरका बिरामीले सेवा लिने यस अस्पतालको स्तरोन्नति र सेवा विस्तार सहज हुने भएको छ ।सरकारले गरिब तथा विपन्न समुदायको उपचार आवश्यकतालाई ध्यानमा राखेर सकारात्मक निर्णय गरेको अस्पताल व्यवस्थाप

    • प्रकाशित मितिः पुस १, २०८२
    • 317 पटक पढिएको
  • विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

    काठमाडौँ। देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहे

    • प्रकाशित मितिः पुस १, २०८२
    • 399 पटक पढिएको
  • पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग

    म्याग्दी। धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ ।बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो ।बालविवाह, विभेद, बाल मजदुरजस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्य

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 450 पटक पढिएको
  • टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

    भोजपुर। विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ । यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरुको घेराबारा गरेको उहाँको भनाइ छ ।“हामीले गाउँपा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 372 पटक पढिएको
  • विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन

    काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् ।उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 534 पटक पढिएको
  • मनमोहन मेडिकल कलेजमा बिएससी नर्सिङ कक्षा सञ्चालन हुने

    विराटनगर—  कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ ।नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिकसत्रदेखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले प्रदेश सरकारले गत जेठमा निर्णय गरेर धनकुटा शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककाले सम्झौता गरेर टुङ्गो लागेपछि बिए

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 556 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.