शिक्षा

    Showing 261-270 of 776 items.
  • एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 243 पटक पढिएको
  • राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

    जनकपुर । राजर्षि जनक विश्वविद्यालयमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरूले समावेशी नीतिको उल्लंघनको विरोधमा डीन कार्यालयमा संयुक्त रूपमा तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरूले फागुन ८ गते जारी गरिएको करार तथा दैनिक ज्यालादारीमा शिक्षक र कर्मचारी नियुक्तिसम्बन्धी विज्ञापनमा महिला, दलित, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक वर्गका प्रतिनिधिहरूको आरक्षण तथा समावेशीताको अधिकार सुनिश्चित नगरेको आरोप लगाएका छन् । अनेरास्ववियुका इन्चार्ज रवि कुमार साह र नेविसंघका कार्यबाहक अध्यक्ष त्रिलोक कुमार यादवले उक्त विज्ञापनलाई समावेशी बनाउन र आरक्षणको व्यवस्था लागू गर्न माग गरेका छन्। उनीहरूका अनु

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 304 पटक पढिएको
  • मकवानपुरमा ६ कैदीबन्दी एसइई परीक्षामा सहभागी

    बाग्मती । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकवानपुरको भीमफेदीस्थित कारागारका ६ कैदीबन्दी सहभागी भएका छन् । कारागारमा विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका उनीहरू आजदेखि सुरु भएको एसइई परीक्षामा सहभागी भएका कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए ।हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसइई परीक्षाको फारम भरेका कैदीबन्दीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको जेलर पौडेलले बताए । प्रश्नपत्र र उत्तरपुस्तिका लिएर शिक्षक आएका र परीक्षा लिएर फर्किने उनले बताए ।यस वर्षको एसइई परीक्षामा मकवानपुरबाट प्राविधिक र साधारण गरी सात हजार चार सय ५६ परीक्षार्थी सहभागी भएका

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 307 पटक पढिएको
  • शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।”यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार ल

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 332 पटक पढिएको
  • आजदेखि एसइई

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 281 पटक पढिएको
  • एसईईको सम्पूर्ण प्रक्रियाबाट बाहिरियो मधेस प्रदेश सरकार

    जनकपुर । मधेस प्रदेश सरकार एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ ।बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।मंगलबार मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए । प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनले २० वर्षदेखि शिक्षा अधिकारीहरु

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 372 पटक पढिएको
  • पीएन क्याम्पसको स्ववियु निर्वाचन भोलि

    काठमाडौं— पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भोलि (बुधबार) मात्र हुने भएको छ ।मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, निर्वाचन समितिले मतपत्रमा त्रुटि गरेपछि अखिल छैटौँले विरोध जनाएको थियो । त्यसपछि विद्यार्थीहरूको सर्वपक्षीय बैठकले मतपत्र सच्याउने सहमति गरेको थियो ।तर, मतपत्र छपाइको काममा ढिलाइ भएपछि मतदान सारिएको हो ।अब बुधबार बिहान ८ बजेदेखि मतादन हुने निर्वाचन समितिले जनाएको छ । 'मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उमेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध ग

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 420 पटक पढिएको
  • काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति वाग्लेलाई प्रधानमन्त्रीले गराए शपथ

    काठमाडौं— प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अच्युुतप्रसाद वाग्लेलाई  आज पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि (४) बमोजिम सोमबार नियुक्त गरेका थिए । शपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 299 पटक पढिएको
  • नियमविपरीत विद्यार्थी भर्ना नगर्न बालेनको कडा निर्देशन

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र शुरु नभई नियमावलीविपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै भर्ना नगर्न निर्देशन दिएको हो।महानगरपालिकाले शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको जनगुनासो कामपा शिक्षा विभागमा आएको जनाएको छ।‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नह

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 351 पटक पढिएको
  • कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

    कर्णाली । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् ।उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार हजार पाँच सय १३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा सात सय ७७ जनाले परीक्षा दिँदैछन् । यस्तै,

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 328 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा