शिक्षा

    Showing २१-३० of १,००९ items.
  • ड्रागन खेतीबाट शिक्षक अछामीको सफलता, खोरिया बारी बन्यो आम्दानीको स्रोत

    रामेछाप / पेशाले शिक्षक भए पनि दिलबहादुर अछामीले कृषि क्षेत्रमा उदाहरणीय सफलता हासिल गरेका छन्। मन्थली नगरपालिका–७ भटौलीस्थित खहरेछेउको बाँझो खोरिया बारीलाई उत्पादनशील बनाउँदै उनले ड्रागन फल खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन्। रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारमा अध्यापनरत अछामीले तीन वर्षअघि करिब पाँच लाख रुपैयाँ लगानी गरी ड्रागन खेती सुरु गरेका थिए। दुई वर्षमै लगानी उठाइसकेका उनले अहिले यसबाट नियमित नाफा लिन थालेका छन्। उनका अनुसार गत वर्ष करिब तीन लाख रुपैयाँ बराबरको ड्रागन बिक्री भएको थियो भने यस वर्ष बिक्री चार लाख रुपैयाँ नजिक पुग्ने अपेक्षा छ। करिब एक रोपनी क्षेत्रफलम

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २१६ पटक पढिएको
  • आफ्ना माग पुरा नभए भदौदेखी सशक्त आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

    काठमाडौं / नेपाल शिक्षक महासंघले आफ्ना माग र सरकारसँग भएका सहमति कार्यान्वयन नभए भदौ महिनादेखि आन्दोलनमा जाने चेतावनी दिएको छ।महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले सरकारसँग भएका सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो। साउन १६ र १७ गते काठमाडौंमा सम्पन्न बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै महासंघले आन्दोलनको मिति र कार्यक्रम तय गर्ने जिम्मेवारी विस्तारित कार्यालयीय बैठकलाई दिएको जनाएको छ। महासंघले विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकार र संघीय संसद्सँग माग गरेको छ।लामो समयदेखि छलफलमा रहेको शिक्षा ऐन जारी न

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ५२३ पटक पढिएको
  • कक्षा १२ को मौका परीक्षामा ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले बिहीबार राति परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।बोर्डले परीक्षामा सहभागीमध्ये तीन परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ। प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक सुधार गरिने बोर्डले जनाएको छ। कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन

    • प्रकाशित मितिः साउन २२, २०८३
    • २५३ पटक पढिएको
  • त्रिविको ढिलासुस्तीले विद्यार्थी मारमा! अब ६० दिनमै नतिजा निकाल्ने सरकारको नयाँ नियम

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को तीन वर्षे बीए आंशिक तथा मौका परीक्षाको नतिजा लामो समयसम्म सार्वजनिक नहुँदा हजारौं विद्यार्थी उच्च शिक्षा, रोजगारी र विभिन्न प्रवेश परीक्षाबाट वञ्चित भएका छन्। नतिजा ढिलाइको विरोध गर्दै विद्यार्थीहरूले त्रिविका निकायदेखि हेलो सरकार सम्म उजुरी दिएका छन्।विद्यार्थीका अनुसार २०८२ सालमै परीक्षा फाराम भरिए पनि परीक्षा २०८३ जेठमा मात्रै सञ्चालन भयो। परीक्षा सकिएको लामो समय बितिसक्दा पनि नतिजा नआएपछि एलएलबी लगायतका उच्च शिक्षामा भर्ना हुन नपाएको गुनासो उनीहरूको छ।परीक्षा नियन्त्रण कार्यालय बल्खुले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको र भदौको पहिलो

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २४६ पटक पढिएको
  • शिक्षा मन्त्रालयको जोड: परिणाम देखिने गरी काम गर्नुपर्छ

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा परिणाम देखिने गरी कार्यसम्पादन गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जोड दिएको छ।मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठकमा मन्त्रालयको समग्र कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै अब स्पष्ट उपलब्धि देखिने गरी काम गर्नुपर्नेमा जोड दिइएको हो। बैठकमा मन्त्रालय र मातहतका निकायले आर्थिक वर्षभरि गरेका कार्य, विकास आयोजनाको प्रगति, बजेट खर्च, सेवा प्रवाह, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा समीक्षा गरिएको थियो। कार्यान्

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २६५ पटक पढिएको
  • ११५ दिनपछि खुल्यो भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय

    काठमाडौं। करिब चार महिनादेखि बन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अन्ततः पुनः सञ्चालनको तयारीमा जुटेको छ। समाज कल्याण परिषद्ले लगाएको ताला बुधबार खोलिएसँगै पुस्तकालय फेरि पाठकका लागि खुल्ने बाटो खुलेको हो।पुस्तकालयले परिषद्लाई करिब ३ करोड रुपैयाँ भाडा बक्यौता तिर्न बाँकी रहेको कारण गत ११५ दिनअघि तालाबन्दी गरिएको थियो। तर ज्ञान र शिक्षासँग जोडिएको संस्थाको महत्वलाई ध्यानमा राख्दै बक्यौता समस्या तत्काल समाधान नभए पनि परिषद्ले ताला खोल्ने निर्णय गरेको जनाएको छ।हाल पुस्तकालयभित्र लामो समयदेखि थन्किएका पुस्तकहरूको व्यवस्थापन, सरसफाइ तथा अन्य प्रशासनिक तयारी तीव्र रूपमा भ

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २०९ पटक पढिएको
  • दुर्व्यसन रोक्न विद्यालयमा ‘सिसीक्यामेरा’बाट निगरानी

    भद्रपुर। सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसीक्यामेरा जडान अभियान सुरुआत गरिएको छ । विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित अभियान थालिएको हो ।अभियानको पहिलो चरणअन्तर्गत मङ्गलबार बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयमा सिसीक्यामेरा जडान गरिएको छ । विद्यालय परिसरमा चारवटा सिसीक्यामेरा जडानसँगै सुरु भएको अभियानलाई आगामी दिनमा गाउँपालिकाभित्र रहेका १६ वटै सामुदायिक विद्यालयमा विस्तार गर्ने योजना रहेको छ ।विद्यालय बिदा भएका समयमा केही बा

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २५८ पटक पढिएको
  • शिक्षा मन्त्री पोखरेलले राजनीतिक पत्रकारसँग छलफल गर्दै

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चार माध्यमबिचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । मन्त्रालयका अनुसार छलफलमा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्दै आएका चुनौती तथा सूचना प्रवाहलाई अझ सहज र विश्वसनीय बनाउने विषयमा विचार आदान—प्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ६७८ पटक पढिएको
  • शिक्षक महासंघको घोषणा : ‘यसपटक सडकमा पहिलेभन्दा ठूलो भीड हुन्छ’

    काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै भदौ महिनादेखि चरणबद्ध आन्दोलनमा उत्रिने घोषणा गरेको छ। महासंघले यसपटकको आन्दोलन अघिल्ला सबै आन्दोलनभन्दा व्यापक र सशक्त हुने चेतावनी दिएको छ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतमा सरकारसँग भएका सहमति, मन्त्रिपरिषद्का ९ बुँदे निर्णय र विद्यालय शिक्षा ऐन अझै कार्यान्वयन नभएकाले शिक्षकहरू पुनः आन्दोलनमा जान बाध्य भएको बताए। उनका अनुसार आन्दोलनको मिति केही दिनभित्र सार्वजनिक गरिनेछ।महासंघले विद्यालय कर्मचारी, बालविकास शिक्षक, सिकाइ अनुदान शिक्षक, स्थायी शिक्षकको बढुवा, सरुवा, सेवा–सुविधा तथा शिक्षा नियमावलीका विवाद

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २६४ पटक पढिएको
  • युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

    काठमाडौं / युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रमले शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको सरोकारवालाहरूले बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका प्रबन्ध निर्देशक जोनाथन चान्था, चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा काठमाडौं मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले सीपमूलक शिक्षा, रोजगारी सिर्जना र युवाको क्षमता विकासका विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै चान्थाले एलजी इलेक्ट्रोनिक्सले सन् १९५८ देखि उपभोक्ताको जीवनलाई सहज, गुणस्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ३३४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.