शिक्षा

    Showing ३०१-३१० of १,००९ items.
  • विद्यालयमा आगालागी हुँदा दुई करोड बढीको क्षति

    अदानचुल। हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट रु करोड बढीका संरचना जलेर क्षति पुगेको छ । अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाकोे झ्यालबाट आगालागी सुरु भएको थियो । अगालागीबाट विद्यालयको दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले बताउनुभयो । उहाँका अनुसार कार्यालय कोठामा रहेको भवनमा आगालागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन् । कार्यालय कोठामा भएका सोलार एक थान, दुई थान ल्यापटप,

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४३३ पटक पढिएको
  • हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी

    मुगु— हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी हुँदा विद्यालयको भवन सहित शैक्षिक सामाग्री खरानी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका हुन् ।ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।‘विद्यालयको कार्यालय रहेको कोठामा ताल्चा नलगाएको अवस्थामा साँझको समयमा एक्कासी आगलागी भएको थाहा भएको हो । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा अहिले सम्म खुलेको छैन,‘ रोकायाले नेपाल न्युज बै

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ६३३ पटक पढिएको
  • दलित बालबालिकाको विद्यालय सहभागिता बढाउन ‘घरदैलो’ अभियान

    सिरह। यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी दलित र विपन्न समुदायका भए पनि उनीहरूको विद्यायलमा नियमित उपस्थिति नदखिएपछि लहान–११ स्थित पिडरबोनी माध्यमिक विद्यालयले शैक्षिक जागरणको ‘घरदैलो’ अभियान सुरु गरेको छ ।  प्रधानाध्यापक र शिक्षकहरूको टोली अहिले दलित बस्तीमा पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन प्रेरित गरिरहेको छ । प्रधानाध्यापक वीरेन्द्रकुमार यादवले विद्यालयको जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा अधिकांश  दलित समुदायका विद्यार्थीहरू बढी अनुपस्थित रहने गरेको पाइएपछि त्यसलाई सुधार गर्न यो अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ६०८ पटक पढिएको
  • प्रतिकूल मौसमका कारण इटहरीमा विद्यालय बिदा

    विराटनगर— प्रतिकूल मौसमका कारण इटहरी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय आज एक दिनका लागि बन्द गरिएको छ ।इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचनामार्फत विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्न निर्णय गरिएको जनाएको छ ।“मौसम प्रतिकूल रहेकाले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी आजका लागि सम्पूर्ण विद्यालयहरू बन्द गर्न निर्णय गरिएको छ,” शिक्षा शाखा प्रमुख रमेश कुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ६६७ पटक पढिएको
  • ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या

    डोटी—  विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षिकाले आत्महत्या गरेकी छन् । डोटी जिल्ला स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काले आत्महत्या गरेकी हुन् ।जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत एक जना विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे ज्यान लिने धम्की दिएको सुसाइड नोट फेला परेको शिक्षिका खड्काले आत्महत्या गरेको खुलासा भएको हो ।खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ८०१ पटक पढिएको
  • कानुन संकायको डिनमा पराजुली र परीक्षा नियन्त्रकमा पौडेल नियुक्त

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न पदमा नौ जना नयाँ पदाधिकारी नियुक्त गरेको छ।कानुन संकायको डिनमा डी.एन. पराजुली र परीक्षा नियन्त्रकमा लक्ष्मण पौडेल नियुक्त भएका छन्। त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा रामकृष्ण तिवारी, अनुसन्धान निर्देशनालयको निर्देशकमा यमबहादुर गुरुङ र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा विष्णु पाण्डे जिम्मेवारी पाएका छन्।शिक्षा संकायका सहायक डिनमा अवतार सुवेदी, सह–परीक्षा नियन्त्रकमा कविराज पौडेल, सरस्वती क्याम्पसका प्रमुखमा ठाकुर वाग्ले, हेटौँडा वन क्याम्पसका प्रमुखमा यमबहादुर केसी र ललितकला विभागको प्रमुखमा अञ्जु कँ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ६५९ पटक पढिएको
  • कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ७७५ पटक पढिएको
  • आईसीसी टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालको जित

    काठमाडौं— नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सकको थियो । खेलमा नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिएका थिए । त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ७४९ पटक पढिएको
  • मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो

    काठमाडौं । मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटिएको एक नयाँ अध्ययनले सुझाएको छ । नासाको नेतृत्वमा गरिएको अनुसन्धानमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले महत्त्वपूर्ण सन्दर्भ उपलब्ध गराएका हुन् ।अध्ययनले मंगलको जेझेरो क्रेटरमा रहेको ‘ब्राइट एन्जल’ संरचनामा खनिज र कार्बनिक पदार्थको उपस्थिति देखाएको छ । जसले ग्रहमा कहिल्यै बासयोग्य अवस्था र सूक्ष्मजीव प्रक्रियाहरू रहेको संकेत गर्दछ ।अनुसन्धान टोलीका सदस्य प्रा.सञ्जीव गुप्ताले यो खोजलाई ‘जीवनका सम्भावित बायोसिग्नेचर’ भने पनि यसलाई प्रत्यक्ष जीवनको खोज ठान्न नमिल्ने बताएका छन् । ‘यसलाई सुनिश्चित गर्न, ढुंगाका नमूनालाई पृथ्वीमा ल्याएर थप

    • प्रकाशित मितिः असोज २०, २०८२
    • ५४६ पटक पढिएको
  • सङ्खुवासभामा आफन्तको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

     सङ्खुवासभा— सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा खुकुरी प्रहारबाट एक जना शिक्षक गम्भीर घाइते भएका छन्। जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरूले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।घटनामा शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा जिल्ला अस्पताल खाँदबारी लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सामान्य विवादपछि जाँडरक्सी सेवन गरेका आफन्त स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • ८४३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.