शिक्षा

    Showing ३११-३२० of १,००९ items.
  • जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

    काठमाडौं— गत भाद्र २३ र  २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन् ।दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन् ।जेन–जी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी दिपेन्द्र बस्नेत ढलेका थिए ।  दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ७२४ पटक पढिएको
  • एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

    भक्तपुर— राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।बोर्डले नतिजा हेर्न VR

    • प्रकाशित मितिः असोज ११, २०८२
    • १,०८१ पटक पढिएको
  • मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न

    जनकपुर— मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको थियो।बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले शिक्षाका लागि विदेशिने ठूलो रकमलाई देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर रोक्नुपर्नेमा जोड दिए। साथै उनले विना सीप वैदेशिक रोजगारीमा जानेहरुको संख्या अझै पनि उच्च रहेको उल्लेख गर्दै रोजगारीका लागि अत्यधिक गएका मुलुकका विश्वविद्यालयहरूसँग सहकार्य गरी सीपसम्बन्धी शिक्षा प्रदान गरेर युवालाई दक्ष बनाउनुपर्नेमा जोड

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ५६७ पटक पढिएको
  • दुर्गमका ३५ पालिकालाई काठमाडौं महानगरको एम्बुलेन्स सहयोग

    काठमाडौं— काठमाडौं महानगरपालिकाले देशभरिका दुर्गम क्षेत्रका ३५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान गर्ने भएको छ। एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको र मङ्गलबारदेखि वितरण सुरु हुने मेयर बालेन शाहले जनाएका छन्।उनका अनुसार पहिलो चरणमा मापदण्डको आधारमा छनोट गरिएका गाउँपालिकाहरूलाई एम्बुलेन्स पठाइनेछ। स्वास्थ्य सेवा पहुँच अभावले पछाडि परेका पालिकालाई प्राथमिकतामा राखिएको बताइएको छ।“स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो,” मेयर शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।”शाहका अनुसार वितरण प्रक्रिया पारदर्शी हुनेछ र कुनै पनि नागरिकले स्वास्थ्य

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ७९० पटक पढिएको
  • कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

    कटारी (उदयपुर), २ असोजः  कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग  (ओपिडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो ।  अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिनुभएको हो । “ओपिडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन्, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ”, सूचनामा उल्लेख छ ।  योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३६५ पटक पढिएको
  • कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    भक्तपुर, १ असोज : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (०

    • प्रकाशित मितिः असोज १, २०८२
    • ३७० पटक पढिएको
  • राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार शुभकामना सन्देशमार्फत उनले बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ८०८ पटक पढिएको
  • आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै

    काठमाडौं— आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।बाल अधिकार सम्बन्धी म

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ७३७ पटक पढिएको
  • आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ।जेनजीहरुको आन्दोलनपछि देशमा पछिल्ला परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो।अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्नु भनेको छ। यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभि

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ७१९ पटक पढिएको
  • जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि

    काठमाडौं— जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चार जना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् ।त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् । 

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ६९७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.