शिक्षा

    Showing 321-330 of 1,003 items.
  • इटहरीमा जेनजीको प्रर्दशन यस्तो देखियो

    इटहरी— सोमबार काठमाडौंको माइतीघरसहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गरेका छन् ।जसअन्तरगत सोमबार बिहान १० बजेदेखि नै भेला भएका जेनजी पुस्ताले कोशी प्रदेशको इटहरीमा पनि र्याली निकालेका छन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गरेका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 516 पटक पढिएको
  • काठमाडौंको बानेश्वर क्षेत्रमा आज कर्फ्यू आदेश लागू

    काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गतको बानेश्वर क्षेत्रका केही भागमा आज कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार आज अपरान्ह १२ः३० बजेदेखि राति १०ः०० बजेसम्मका लागि कर्फ्यू लागु हुनेछ।स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम जारी गरिएको उक्त आदेश अनुसार तोकिएको क्षेत्रभित्र मानिसको आवतजावत, कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, घेराउ, भेला वा बैठक गर्न पूर्ण निषेध गरिएको छ।कर्फ्यू लागु क्षेत्रहरू यसप्रकार छन्ःबानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,ब

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 502 पटक पढिएको
  • संसद भवन अगाडि पुगेर जेनजीले गर्दै गरेको प्रदर्शनमा प्रहरीको अश्रुग्याँस

    काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।माइतीघरबाट अगाडि बढेको प्रदर्शनलाई प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो ।तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 705 पटक पढिएको
  • माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन

    काठमाडौं— भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाईरहेका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 441 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

    काठमाडौं— सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन् ।जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 408 पटक पढिएको
  • नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो–२०२५ आयोजना हुँदै

    काठमाडौं— अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 717 पटक पढिएको
  • सरकारले गरेको भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताले सोमबार विरोध प्रदर्शन गर्दै

    काठमाडौं— जेन जी पुस्ताले भोलि भदौ २३ गते काठमाडौंमा विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको छ । भ्रष्टाचार अन्त्यको माग गर्दै यो पुस्ताले विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको हो ।उक्त प्रदर्शन विभिन्न सामाजिक अभियान्ताहरुले सेप्टेम्बर ८ लाई विशेष दिनको रुपमा मानेर जेन जी पुस्ताले गर्न लागेको जनाएको छ । प्रदर्शनका लागि सामाजिक सञ्जालहरु फेसबुक, टिकटकमार्फत् गरिएको व्यापाक प्रचार प्रसार गर्दै जेन जी पुस्ताहरुले भोलि सरकारका विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध, सुशासन स्थापना गर्न र भोलिको नयाँ नेपालको लागि सडकमा आउन बाध्य भएको भन्दै जेन जी पुस्ता

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 624 पटक पढिएको
  • रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह

    रामेछाप—  रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ । शनिबार रामेछापको टुँडिखेलमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले रामेछाप नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गरे । नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बानियाँले रामेछापलाई बालमैत्री नगर घोषणा गर्दै यसलाई कायम राख्न आग्रह गरे । कार्यक्रममा नगरप्रमुख न्यौपानेले रामेछाप नगरमा ७ हजार ८८ घरधुरी रहेका र त्यसमा ३६ हजार ६ सय २१ जनसङ्ख्या रहेको जानकारी दिए । १८ वर्ष मुनिका १० हजार २ सय ४१ जना बालबालिका रहेका उनले बताए ।&nbs

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 774 पटक पढिएको
  • विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता, खोजी कार्य जारी

    महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१२ का १३ वर्षीय गौतम पासवान चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट साइकल चढेर विद्यालय गएका बालक अहिलेसम्म नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीसमक्ष निवेदन दिएका छन्।गौतम जनता माध्यमिक विद्यालय, डाँडाटोलमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबार बिहान विद्यालय जान घरबाट निस्किएका थिए। त्यसपछि कुनै सम्पर्क नभएको उनका काका प्रमोद पासवानले जानकारी दिए।बेपत्ता भएपछि परिवारले हात्तीलेट प्रहरी चौकीमा निवेदन दिएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश बमले बालकको खोजीमा सक्रिय रहेको बताएका छन्।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 671 पटक पढिएको
  • नीति सम्मेलनको तयारीमा चैतन्य एकेडेमीः पूर्वसचिव त्रिताललाई सम्मान गर्दै

    काठमाडौं— चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३ औं श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्दैछ । सोही अवसरमा नेपाल सरकारका पूर्वसचिव समेत रहेका शारदा प्रसाद त्रिताललाई एकेडेमीले एक लाख राशिको सम्मान प्रदान गर्न लागेको चैतन्य ग्रुपका सीईओ गणेश प्रसाद जोशीले जानकारी दिए ।‘उत्कृष्ट सार्वजनिक सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता, नागरिकमैत्री सेवा तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न हामीले प्रत्येक वर्ष सम्मान प्रदान गर्दै आएका छौं । निजामती सेवाका उत्कृष्ट बहालवाला वा सेवा निवृत्त मध्ये एक कर्मचारीलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएका छौं,’ उनले भने । 

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 506 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.