शिक्षा

    Showing 441-450 of 1,003 items.
  • आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति

    काठमाडौं— नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महास‌ंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको बताए । उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको जानकारी दिए ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 328 पटक पढिएको
  • मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा असन्तुष्ट जनाउँदै शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश नगरी फर्कियो

    काठमाडौं— नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग भेटघाटका लागि सिंहदरबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ति जनाउँदै शिक्षक महासंघ मन्त्रीलाई नभेटेरै फर्किएको हो।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्री पन्तसँग औपचारिक भेटका लागि जान लागेको तर विशेष कारणबस फर्किएको बताएका छन्।उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली महासंघले तयार नगरेको ब्यहोरा जानकारी  गराउँछौँ, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 446 पटक पढिएको
  • आज सरकार र शिक्षकबीच वार्ता हुँदै

    काठमाडौं— सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता हुँदैछ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार भएका हुन्।शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र  शिक्षा मन्त्रालयका सचिव डा।दीपक काफ्लेले नेपाल शिक्षक महासंघलाई एकै ब्यहोराका छुट्टाछुट्टै पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।  सरकारको आह्वानपछि वार्ता टोली गठन गरेर महासंघ मन्त्रालयतर्फ गएको छ। ‘सरकारले वार्ताका लागि आव्हान गरेपछि हामीले टोली गठन गरेका छौँ, सो टोली वार्ताको लागि गइसक्नु भयो।’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।सरकारको तर्फबाट शिक्षामन्त्री पन्त र मन्त्रालयका

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 505 पटक पढिएको
  • कक्षा १२ को परीक्षा मिति सार्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं—  कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएको सचिवालय स्रोतले जानकारी गराएको छ । कक्षा १२ को परीक्षा मिति बिहीबारदेखि तय भएको थियो । “शिक्षा मन्त्री नभएको हुनाले प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभएको हो । उहाँले परीक्षा केही दिन पछि सार्न भन्नुभएको छ,” प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,“प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभयो । उहाँहरुले थप निर्णय गर्नुहोला ।”

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 417 पटक पढिएको
  • कक्षा १२ को परीक्षा नरोकिने राष्ट्रिय परीक्षा बोर्ड निर्णय

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने नि

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 399 पटक पढिएको
  • शिक्षक आन्दोलन अझ सशक्त पार्ने नेपाल शिक्षक महासंघको चेतावनी

    काठमाडौं— तीन सातादेखि सडक संघर्षमा रहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर— बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन्। आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन्।आन्दोलन समितिकी संयोजक नानुमाया पर

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 344 पटक पढिएको
  • आज परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

    काठमाडौं—  कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ।बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ।शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर(बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले रा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 371 पटक पढिएको
  • शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

    काठमाडौं— शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । आज दिउँसो आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको थियो। प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 601 पटक पढिएको
  • शिक्षकहरुको प्रदर्शनले माइतीघर—बानेश्वर सडक अस्तव्यस्त

    काठमाडौं—  विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।सोमबार पनि काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।सर

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 454 पटक पढिएको
  • भर्ना अभियानमा हिँडेका शिक्षकको स्कुल बसबाट खसेर मृत्यु

    काठमाडौं— स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिन्ना घर भएका २८ वर्षीय विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर — ९ गोकुलेश्वरमा रहेको चौलानी बोर्डिङ स्कुलमा कार्यरत भट्ट बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएको र उपचारका क्रममा उनको शनिबार साँझ सवा ६ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए  ।विद्यालय भर्ना अभियानका लागि गोकुल

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.