शिक्षा

    Showing ४५१-४६० of १,००९ items.
  • कक्षा १२ को परीक्षा नरोकिने राष्ट्रिय परीक्षा बोर्ड निर्णय

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने नि

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ४२१ पटक पढिएको
  • शिक्षक आन्दोलन अझ सशक्त पार्ने नेपाल शिक्षक महासंघको चेतावनी

    काठमाडौं— तीन सातादेखि सडक संघर्षमा रहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर— बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन्। आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन्।आन्दोलन समितिकी संयोजक नानुमाया पर

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ३६४ पटक पढिएको
  • आज परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

    काठमाडौं—  कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ।बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ।शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर(बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले रा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ३९१ पटक पढिएको
  • शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

    काठमाडौं— शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । आज दिउँसो आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको थियो। प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ६२२ पटक पढिएको
  • शिक्षकहरुको प्रदर्शनले माइतीघर—बानेश्वर सडक अस्तव्यस्त

    काठमाडौं—  विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।सोमबार पनि काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।सर

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ४७० पटक पढिएको
  • भर्ना अभियानमा हिँडेका शिक्षकको स्कुल बसबाट खसेर मृत्यु

    काठमाडौं— स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिन्ना घर भएका २८ वर्षीय विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर — ९ गोकुलेश्वरमा रहेको चौलानी बोर्डिङ स्कुलमा कार्यरत भट्ट बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएको र उपचारका क्रममा उनको शनिबार साँझ सवा ६ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए  ।विद्यालय भर्ना अभियानका लागि गोकुल

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ४८३ पटक पढिएको
  • निजी विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

    काठमाडौं— शैक्षिक हड्ताल गरेको शिक्षक महासंघले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।महासंघको विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिकभ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ । त्यसैगरी आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अनुरोध गरिएको छ ।’आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रव

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ५१७ पटक पढिएको
  • प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि आज पनि शिक्षकहरूले आन्दोलन जारी राख्ने

    काठमाडौं— प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग छलफल भएको थियो। माग सम्बोधन गर्नेबारे प्रधानमन्त्री ओली सकारात्मक देखिएका थिए। तर, शिक्षकहरूले सानातिना लेनदेन गरी आन्दोलन नरोकिने भन्दै शिक्षा ऐन जारी गर्नु नै आफूहरूको बटमलाइन हुने भनेपछि शिक्षक राति साढे एक बजे रित्तोहात फर्किएका थिए। सरकारले वैशाख १२ गते शुरु हुने संसदको ब

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ३४१ पटक पढिएको
  • राष्ट्रिय परीक्षा बोर्डको आग्रहः कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस्

    काठमाडौं—  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सुचना जारी गर्दै कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरुलाई आग्रह गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ,‘वर्तमान अवस्थामा कक्षा १० को परीक्षा दिइसकेका विद्यार्थीलाई समयमै नतिजा दिन उत्तरपुस्तिकाको परीक्षण गर्ने र कक्षा १२ को अन्त्यमा राष्ट्रिय रुपमा हुने पर

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ५७७ पटक पढिएको
  • आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन सरकारको अनुरोध

    काठमाडौं— सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशिघ्र चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ३६१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.