शिक्षा

    Showing 461-470 of 727 items.
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौँ  / विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरी वृत्त कार्यालय गौशालाले जानकारी दिएको छ।कलेजका संयोजक समेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी समेत गरेका थिए। विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्काशन गरेको कलेजक

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 149 पटक पढिएको
  • निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

    झापा / शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ ।आयोगले सोमबार सूचना प्रकाशित गर्दै असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर १४ सम्म आवेदन दिन सकिने छ ।अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धांक पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।आयोगले सूचनामा परीक्षा साउन २८ गते बिहान ८ बजे तोकेको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 120 पटक पढिएको
  • प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति भए उत्तीर्ण ?

    झापा / शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ। शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।१३ हजार २९७ रिक्त पदका लागि सञ्चालन गरेको परीक्षा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उत्तीर्ण भएका हुन् । यसैगरी गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 121 पटक पढिएको
  • आजबाट ६ दिन विद्यालय बन्द

    झापा / स्थानीय तह निर्वाचनका लागि आज (बुधबार) बाट ६ दिन विद्यालयहरू बन्द हुने भएका छन्। सरकारले वैशाख ३० गते मात्रै बिदा दिने निर्णय गरेपनि धेरैजसो सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरू बन्द गरिएको हो ।यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाले

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 143 पटक पढिएको
  • कक्षा १२ को परीक्षा केन्द्र यस प्रकार छ

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । परीक्षा केन्द्र विवरण बोर्डको वेबसाइटमा https://www.neb.gov.np मा हेर्न सकिन्छ ।  

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 123 पटक पढिएको
  • बुद्धशान्तिका स्काउटहरुलाई दिइयो पि टि सि र बि टि सि तालिम

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा ३५५ औ पि टि सि र ४८६ औ बि टि सि तालिम सम्पन्न भएको  छ । नेपाल स्काउट बुद्धशान्ति तदर्थ समितिले आयोजना गरेको स्काउट आधारभूत तालिम बिहीबार बुद्धशान्तिको गडीगाउँ मा बि मा सम्पन्न भएको हो ।  बुद्धशान्ति तदर्थ समितिका संयोजक मन्जिल पाठकको अध्यक्षता भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख श्री कमल निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । २१ जना महिला तथा २० जना पुरुष  गरि जम्मा ४१ जना दीक्षित भएको बुद्धशान्ति तदर्थ समिति संयोजक पाठकले बताएका छन् ।  तालिममा राष्ट्रिय प्रशिक्षक

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 252 पटक पढिएको
  • एनसेलले ल्यायो एसईई दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’

    काठमाडौं /  एनसेल आजियाटाले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्न ४ जीबी डेटा र रिचार्जमा बोनस दिने कम्पनीले जनाएको छ।उक्त सिम खरिद गर्न विद्यार्थीको आफ्नो वा आफ्नो आमा–बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटो चाहिने कम्पनीले जनायो।कम्पनीका अनुसार करसहित मात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्युब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्त

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 156 पटक पढिएको
  • माध्यमिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित

    झापा / शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले गत चैत १५ गते सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।आयोगले एक हजार पाँच सय ४७ दरबन्दी पूर्ति गर्नका लागि सामान्य परीक्षा सञ्चालन गरेको थियो । सोही परीक्षाको नतिजा आयोगले प्रकाशित गरेको हो । सामान्य परीक्षामा उत्तीर्ण परीक्षार्थीको विषयगत परीक्षा आगामी असार ९ गते हुने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि प्रदेश नं. १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रूपन्देही कर्णाली प्र

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 118 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : उम्मेद्वार बन्न तीन जिल्लाका २६ शिक्षकले दिए पदबाट राजिनामा

    झापा / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न भन्दै १२ जना शिक्षकहरूले पदबाट राजीनामा दिएका छन् ।राजिनामा दिने मध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ ।निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेपछि शिक्षकहरूले राजीनामा दिएर उम्मेदवार बनेका हुन् । त्यस्तै खोटाङमा पनि २५ चैतयता सात जना शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जानकारी दिएको छ । इकाई प्रमुख सेमन्त गौतमका अनुसार उनीहरूले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । राजिनाम

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 146 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयमा २३ दिन वर्षे बिदा

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे बिदा वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म बिदा दिएको छ ।त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले २३ दिन बिदा दिएको हो ।विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे बिदा दिइने क्याम्पसहरूको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरूको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 120 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा