शिक्षा

    Showing ४६१-४७० of १,००९ items.
  • त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।यसअघिका उपकुलपति प्राडा। केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ३०१ पटक पढिएको
  • ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्न अनलाइन सेवा सुरु गर्यो त्रिविले

    काठमाडौं—  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो ।अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ३५५ पटक पढिएको
  • नयाँ शैक्षिक सत्र सञ्चालन भएपनि शिक्षक भने १४ दिनदेखि सडकमा

    काठमाडौं— सडक आन्दोलनमा रहेका शिक्षकले चौधौं दिन पनि आन्दोलन जारी राख्ने भएका छन्। मंगलबार पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले जनाएको छ। महासंघले आन्दोलनमा बाँकी शिक्षकलाई अनिवार्य आउन उर्दी जारी गरेको छ।  महासंघबाट नगर्न भनिएका भर्ना अभियानलगायत काममा संलग्न नहुन भनिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूले महासंघको निर्देशन पालना गरेकोरनगरेको जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्यरूपमा खटाएको बताएका छन्। मागको निकास ननिस्केसम्म आन्दोलनमा रहिरहने भन्दै अध्यक्ष सुवेदीले सबै शिक्षकलाई आन्दोलनको मोर्चा नछोड्न आग्रह गरेका

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ४२० पटक पढिएको
  • शिक्षकको आन्दोलन आज दशौँ दिन सडकमै हाजिर र नाचगान

    काठमाण्डौ  ।  नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबिच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी र्हेको छ ।प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ ।आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ ।आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ३७८ पटक पढिएको
  • सरकारसँग सहमति नजुटेपछि १० औं दिन पनि शिक्षकहरु आन्दोलनमा

    काठमाडौं— देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको १०  दिन भयो तर, सरकारसँग सहमति भने जुटेको छैन । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलित भएका हुन् ।सरकारले पटक–पटक वार्तामा बोलाए पनि ऐन जारी गर्ने सुनिश्चित नभएसम्म नजाने अडान महासंघ बिहीबार भने सरकारसँग छलफलमा बस्यो ।महासंघका सहअध्यक्ष नानुमाया पराजुलीमो नेतृत्वमा शिक्षा मन्त्रालयमा वार्ता भएपनि सहमति भएन । र, महासंघले आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।‘राज्य सञ्चालकहरूमा देखिएको आलस्य, शिक्षाप्रतिको गैरजिम्मेवारीपन तथा संवेदनहीनता विरुद्ध हामी लडिरहेका छौं ।देशको विद्यालय शिक्षाको

    • प्रकाशित मितिः चैत २९, २०८१
    • ४७२ पटक पढिएको
  • शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीरः देउवा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताए । नेपाल शिक्षक सङ्घका प्रदेश अध्यक्षहरूसँगको छलफलमा बिहीबार सभापति देउवाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताए। शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको समेत सो अवसरमा देउवाले बताए।कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस शिक्षकको साथमा रहेको बताए। शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधारमानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ताको पहल थाल्नुपर्ने सो अ

    • प्रकाशित मितिः चैत २९, २०८१
    • ५५५ पटक पढिएको
  • त्रिवि उपकुलपतिविहीन भएपछि प्रशासनिक काम रोकियो

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति विहीन भएको छ । प्रा.डा. केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिवि उपकुलपति विहीन भएको हो। बरालले १५ चैतमा राजीनामा दिएका थिए ।उनको राजीनामा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी ओलीले स्वीकृत गरे । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति तोकिएको छैन।त्रिवि नियम अनुसार तीन महिनासम्म रेक्टरलाई निमित्त दिने सकिने छ ।प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार बरालको राजीनामा स्वीकृत भए पनि स्वीकृत भएको पत्र प्रा। डा।  बरालले बुझ्न बाँकी भएकाले निमित्त नतोकिएको हो । राजीनामा स्वीकृत भएको पत्र मेलबाट पठाउन बरालले भनेका छन् ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • ५५४ पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा त्रिवि उपकुलपतिको राजीनामा स्वीकृत

     काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ।प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ। बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर राजीनामा पत्र बुझाएका थिए ।गत वर्ष १० फागुनमा चार वर्षका लागि मेरिटअनुसार नै नियुक्त भएका बराल १३ महिनामै राजीनामा दिन बाध्य भएका हुन्। उनले प्रधानमन्त्रीको दबाब र हेपाइले आफू राजीनामा दिन बाध्य भएको बताउँदै आएका छन्।

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ५२७ पटक पढिएको
  • आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने

    काठमाडौं— आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको हो।छलफलका लागि मन्त्रालयले बोलाए पनि समय यकिन भइनसकेको शिक्षक महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन्।मन्त्रालयबाट महासंघको समय अनुकुल आउन भनिएको जानकारी दिँदै पराजुलीले आन्तरिक छलफलपछि जाने बताइन्। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए। ‘नेपाल शिक्षक महासंघले सरकारलाई रेस्पोन्स

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ४२३ पटक पढिएको
  • विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो

    काठमाडौं— संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुटेको छ ।बुधबार बिहान ११ बजेदेखि बसेको शिक्षा उपसमितिको बैठकमा परिच्छेद ४ को दफा २८ देखि ३८ दफासम्ममा सहमति जुटेको समिति सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले जानकारी दिए । योसँगै विधेयकको दफा ३८ सम्म सहमति जुटेको हो । १६३ दफा रहेको विधेयकका ३८ दफामा सहमति जुटेको उनको भनाइ छ । बिहानदेखि परिच्छेद ४ का सबै दफामा छलफल भएर सहमति जुटेको चौधरीले बताए । थप दफामा छलफल गर्न भोली दिउँसो १२ बजेका लागि उपसमितिको बैठक बोलाईएको छ । शिक्षा समितिले विधेयकमाथि सहमति जुटाउन नेकप

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ३९८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.