शिक्षा

    Showing 471-480 of 776 items.
  • त्रिविको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका हुन् ।त्रिविको समस्या समाधान सुरु नभएसम्म बैठक चल्न नसक्ने भन्दै एमालेका सांसदहरुले बैठकमा उठेर विरोध जनाइरहेका छन् ।

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 245 पटक पढिएको
  • त्रिविमा नेविसंघ र अनेरास्ववियूबीच झडप, दुई विद्यार्थी र एक जना प्रहरी घाइते

    काठमाडौँ  / त्रिभुवन विश्वविद्यालयमा द्विपक्षीय विद्यार्थीहरुबीच झडप भएको छ । आइतबार विश्वविद्यालयले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीहरू बीच झडप भएको हो ।त्रिवि प्रशासनले पत्रकार सम्मेलनको आयोजना गर्दा नेपाली कांग्रेस निकट नेविसङ्घले सम्मेलन नगर्न दबाब दिएको थियो । सोही क्रममा नेविसंघ र अनेरास्ववियूबीच विवाद भएको थियो । त्यस्तै एक समूहले पत्रकार सम्मेलन स्थलमा ढुंगा प्रहार समेत गरेको थियो । उक्त घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयले लगातार विश्वविद्यालयमा आन्दोलन भएका कारण शिक्षक कर्म

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 167 पटक पढिएको
  • त्रिविले माग्यो सरकारसँग शान्ति सुरक्षा

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोड जस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो ।विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ । पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरिँदा असुरक्षित भएकाल

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 163 पटक पढिएको
  • एकैपटक विद्यालयमा सय जना भन्दा बढी विद्यार्थी बिरामी

    सुर्खेत  / सल्यानको बनगाडकुपिण्डे नगरपालिकाको एकै विद्यालयका १०० भन्दा धेरै विद्यार्थी बिरामी परेका छन्।वडा नम्बर १२ निगालचुलामा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई केही दिनदेखि रुघाखोकीको समस्या देखिएको हो।विद्यार्थी बिरामी परेपछि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलसहितको स्वास्थ्यकर्मीको टोली बुधबार विद्यालयमा पुगेर विद्यार्थीहरूको कोरोना परीक्षण गरेको छ । पोख्रेलका अनुसार विद्यार्थीलाई ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, नाकबाट पानी बग्ने समस्या देखिएको छ।स्वास्थ्यकर्मीको टोलीले आजै ७० जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्र

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 158 पटक पढिएको
  • एमिटि कलेजले गर्यो कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत

    बिर्तामोड / लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको झापाको बिर्तामोड –५ मा अवस्थित एमिटि कलेजले ११ का विद्यार्थीहरूलाई लागि अभिमुखीकरण सहित स्वागत  कार्यक्रम गरेको छ । सिने प्लाजाको सभाहलमा बुधबार भएको अभिमुखीकरणमा कलेजका प्रधानाध्यापक आर। एस ढकालले कलेजमा अध्ययन अध्यापन हुने विषयबारे जानकारी दिएका थिए । एमिटि कलेजले स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको प्रधानाध्यापक ढकालले बताए । त्यस्तै कलेजले विभिन्न सङ्कायमा भर्ना भइ अध्ययन सुरु गरेका कक्षा ११ का विद्यार्थीलाई समेत स्वागत गरेको छ । कार्यक्रममा कलेजका शिक्षक, शिक्षकहरूले विद्यार्थीलाई

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 237 पटक पढिएको
  • आदर्श स्कुल अफ म्यानेजमेन्टमा तीन वर्षे डिप्लोमा इन होटल म्यानेजमेन्टका लागि भर्ना खुला

    बिर्तामाेड / झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले सीटीइभीटीको तीन वर्षे डिम्पलोमा इन होटल म्यानेजमेन्टका लागि भर्ना खुलाएको छ । माध्यमिक तह र स्नातक तहमा होटल म्यानेजमेन्ट विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो कलेजले यसै वर्षदेखि तीन वर्षे डिप्लोमाको पनि पठाइ सुरु गरेको हो ।  विद्यार्थीको बढ्दो माग र आवश्यकतालाई मध्यनजर गर्दै आदर्श कलेजले होटल म्यानेजमेन्टको तीन वर्षे डिप्लोमाको अध्यापन शुरु गरेको कलेजका निर्देशक सन्जोग खरेलले बताए । निर्देशक खरेलका अनुसार माध्यमिक परीक्षा तह (एसईई) उतिर्ण गरेका विद्यार्थीहरूले डिप्लोमा इन होटल म्यानेजमेन्टको तीन वर्षे

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 824 पटक पढिएको
  • आफ्नो लागि राखिएको पानी खाएको भन्दै शिक्षकले कुटपिट गर्दा नौ वर्षीय बालकको मृत्यु

    एजेन्सी / भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । आफ्नो लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशङ्कामा उक्त क्षेत्रमा इन्टरनेट

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 203 पटक पढिएको
  • कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    झापा / सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।ना ३३ प २२९५ नम्बरको मोटरसाइकलमा सवार ढुङ्गेललाई हरिवन नगरपालिका -१० स्थित नयाँ रोडमा बा ७ च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 245 पटक पढिएको
  • १३ सामुदायिक विद्यालय कालोसूचीमा

    वीरगञ्ज / पर्साको वीरगञ्ज महानगरपालिका भित्रका १३ वटा सामुदायिक विद्यालय कालोसूचीमा परेका छन् । पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेपछि महानगरपालिकाले विद्यालयहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय, सिन्दुरियामाई आधारभूत विद्यालय, मकतव इनर्वा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय रहेका छन् ।त्यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामजानकी आधार

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 240 पटक पढिएको
  • एसइईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते, कसकसले दिन पाउँछन् परीक्षा ?

    बिर्तामोड  / माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । सी वा सो भन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षा लिन लागेको हो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षामा दिन पाउनेछन् । परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले आवेदन फाराम भरी भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुनेछ ।राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 160 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा