शिक्षा

    Showing ४७१-४८० of १,००९ items.
  • विद्यालय शिक्षा ऐन जारी गर्न शिक्षकहरू आज पनि सडकमा

    काठमाडौं— विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेका शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षकहरूले अस्वीकार गर्दै आएका छन् । सरकारले विगतमा पनि सहमति गरेको तर कार्यान्वयन नगर्ने गरेकाले वार्ताको औचित्य नरहेको उनीहरूको अडान छ ।शिक्षा ऐन जारी गर्नुपर्नेबाहेक आफूहरूले अहिले कुनै माग नराखेकाले वार्तामा बस्नुको औचित्य नरहेको महासंघले जनाएको छ ।संसद्को बजेट अधिवेशन तत्कालै सुरु गर्नुपर्ने, विशेष अधिवेशन आह्वान गर्नुपर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउ

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ४२२ पटक पढिएको
  • शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक

    काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताव पुग्ने सम्भावना घटेको हो ।कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरेपनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो । निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्ष

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ४९१ पटक पढिएको
  • नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेको हो । ‘यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यबद्धता जनाउन चाहन्छ’, पार्टीका उपमहासचिव रामकुमार भट्

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ४३७ पटक पढिएको
  • चैत २५ गतेदेखि शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

    काठमाडौं— काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ४३७ पटक पढिएको
  • म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक

    म्याग्दी । यहाँ नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए । ‘म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।’म्याग्दीक

    • प्रकाशित मितिः चैत २२, २०८१
    • २९९ पटक पढिएको
  • शिक्षकले पाएनन् छ महिनादेखि तलब

    मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । ‘तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ’, उनले भने, ‘असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।’तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीले जानकारी दिइन् । ‘संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,’ उनले भनिन्, ‘हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कु

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ३२६ पटक पढिएको
  • जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय

    महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ । नगर शिक्षा समिति तथा निजी विद्यालय सङ्गठन (प्याब्सन) का नगर संयोजक दीपक ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका हुन् । ‘विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो, यस निर्णयले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई समान अध्ययन वातावरण उपलब्ध गराउनेछ,’ उनले भने ।उनले स्थानीय शिक्षा समिति र सरोकारवालाहरूसँग समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायतबीच छलफल गरी नगरका निजी तथा

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ४८६ पटक पढिएको
  • अवैध रूपमा सञ्चालित एक दर्जन निजी विद्यालयमा तालाबन्दी

    काठमाडौं— धनुषाको एकमुखियापटी गाउँपालिकामा गैरकानुनी तथा अवैध रूपमा विनादर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ।पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगरिएको तथा अटेर गरेकाले सो गाउँपालिकामा विनादर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए।उनका अनुसार न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशालालगायत एक दर्जन विद्यालय बन्द गराइएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापन गर्न अधिकार स्थानीय तहलाई रहेको छ। सोही अनुरूप शिक्षा

    • प्रकाशित मितिः चैत २०, २०८१
    • ४६९ पटक पढिएको
  • एसइई सम्पन्न, असार ७ गतेभित्र परीक्षाफल

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा आज सम्पन्न भएको हो । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए ।’यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । जसमा सबैभन्दा काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङ्गमा ४३ जना थिए । जापानको एक परीक्षाकेन्द्रमा २

    • प्रकाशित मितिः चैत २०, २०८१
    • ५८५ पटक पढिएको
  • नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौंमा आन्दोलन गर्ने

    काठमाडौं— आन्दोलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन थालिएको बताए। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए। आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनको भनाइ थियो । काठमाडौं आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले बताए । 

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ५०० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.