शिक्षा

    Showing ४९१-५०० of १,००९ items.
  • सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल

    काठमाडौं— शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको छ।छलफल पश्चात् समितिबाट विधेयककोे दफा २१ देखि दफा २६ सम्म पास भएको छ। समिति सभापति अम्मरबहादुर थापाले परिच्छेद–९ का छ दफा पास भएको बताए। दफा २१ मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने र कुलपति विश्वविद्यालयको प्रमुख हुने तथा दीक्षान्त समारोहको अध्यक्षता गर्ने, विश्वविद्यालयको निरीक्षण गर्ने वा आवश्यकताअनुसार निर्देशन दिन सक्ने भन्ने व्यवस्था रहेको छ।यसैगरी दफा २२ मा सहकुलपति शिक्षामन्त्री हुने र सहकुलपतिले विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र आवश्यकताअनु

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ५०९ पटक पढिएको
  • प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

    बन्दीपुर (तनहँ) । यहाँको भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्नेगरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए ।हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको भण्डारीले बताए । उनले भने, ‘प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका आधारमा उहाँहरुलाई रोजगारी दिने समेत योजना बनाएका छौँ । एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको अवस्थामा प्रत्येक वर्ष वार्षिक रूपमा रु एक लाखका दरले पाँचवर्षसम्म रु पाँच लाख प्रदान ग

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ४५९ पटक पढिएको
  • एसइई परीक्षाः मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

    वीरगन्ज (पर्सा) । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले निजलाई सचेत गराउने निर्णय गरिएको बताए । सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविध

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५७७ पटक पढिएको
  • एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद

    • प्रकाशित मितिः चैत ८, २०८१
    • ३४१ पटक पढिएको
  • राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी

    जनकपुर । राजर्षि जनक विश्वविद्यालयमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरूले समावेशी नीतिको उल्लंघनको विरोधमा डीन कार्यालयमा संयुक्त रूपमा तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरूले फागुन ८ गते जारी गरिएको करार तथा दैनिक ज्यालादारीमा शिक्षक र कर्मचारी नियुक्तिसम्बन्धी विज्ञापनमा महिला, दलित, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक वर्गका प्रतिनिधिहरूको आरक्षण तथा समावेशीताको अधिकार सुनिश्चित नगरेको आरोप लगाएका छन् । अनेरास्ववियुका इन्चार्ज रवि कुमार साह र नेविसंघका कार्यबाहक अध्यक्ष त्रिलोक कुमार यादवले उक्त विज्ञापनलाई समावेशी बनाउन र आरक्षणको व्यवस्था लागू गर्न माग गरेका छन्। उनीहरूका अनु

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ४३१ पटक पढिएको
  • मकवानपुरमा ६ कैदीबन्दी एसइई परीक्षामा सहभागी

    बाग्मती । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकवानपुरको भीमफेदीस्थित कारागारका ६ कैदीबन्दी सहभागी भएका छन् । कारागारमा विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका उनीहरू आजदेखि सुरु भएको एसइई परीक्षामा सहभागी भएका कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए ।हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसइई परीक्षाको फारम भरेका कैदीबन्दीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको जेलर पौडेलले बताए । प्रश्नपत्र र उत्तरपुस्तिका लिएर शिक्षक आएका र परीक्षा लिएर फर्किने उनले बताए ।यस वर्षको एसइई परीक्षामा मकवानपुरबाट प्राविधिक र साधारण गरी सात हजार चार सय ५६ परीक्षार्थी सहभागी भएका

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ४०२ पटक पढिएको
  • शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।”यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार ल

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ४२५ पटक पढिएको
  • आजदेखि एसइई

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९

    • प्रकाशित मितिः चैत ७, २०८१
    • ३७८ पटक पढिएको
  • एसईईको सम्पूर्ण प्रक्रियाबाट बाहिरियो मधेस प्रदेश सरकार

    जनकपुर । मधेस प्रदेश सरकार एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ ।बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।मंगलबार मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए । प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनले २० वर्षदेखि शिक्षा अधिकारीहरु

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ५३८ पटक पढिएको
  • पीएन क्याम्पसको स्ववियु निर्वाचन भोलि

    काठमाडौं— पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भोलि (बुधबार) मात्र हुने भएको छ ।मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, निर्वाचन समितिले मतपत्रमा त्रुटि गरेपछि अखिल छैटौँले विरोध जनाएको थियो । त्यसपछि विद्यार्थीहरूको सर्वपक्षीय बैठकले मतपत्र सच्याउने सहमति गरेको थियो ।तर, मतपत्र छपाइको काममा ढिलाइ भएपछि मतदान सारिएको हो ।अब बुधबार बिहान ८ बजेदेखि मतादन हुने निर्वाचन समितिले जनाएको छ । 'मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उमेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध ग

    • प्रकाशित मितिः चैत ५, २०८१
    • ६०७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.