शिक्षा

    Showing 501-510 of 776 items.
  • एलएलबी इन्ट्रान्स विरुद्धको मुद्दाको सुनुवाइ २० गते टुंगो लाग्ने

    काठमाडौं / सर्वोच्च अदालतले एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेश माग गर्दै सोमबारका लागि पेसी तोकिएको मुद्दाको सुनुवाइ २० गतेका लागि सारेको छ । बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले दर्ता गराएको रिटमा सर्वोच्चले जेठ २० मा अन्तरिम आदेश जारी गर्ने–नगर्ने बारे छलफलका लागि पेसी तोकेको हो । सर्वोच्चले रिट मानवीय त्रुटि देखाएर २० गतेलाई सुनवाइ सारेको निवेदक पन्थीले जानकारी दिएका छन् । सर्वोच्चले यसअघि तीनवर्षे एलएलबी फेज आउट गर्न आदेश दिए पनि त्रिभुवन विश्वविद्यालयले सो  विषयमा विद्यार्थी भर्ना नरोकेको भन्दै यादव र पन्थीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।सर्वोच्च अदालतले एलए

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 163 पटक पढिएको
  • कक्षा १२ को परीक्षा आजदेखि शुरु

    बिर्तामोड / कक्षा १२ को परीक्षा आज (सोमबार) देखि शुरु भएको छ ।  बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी भएका छन । त्यस्तै परीक्षा ‘देशभरका एक हजार २९२ केन्द्रमा सञ्चालन भइरहेको छ ।        विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 128 पटक पढिएको
  • विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार

    काठमाडौं / सरकारले विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ ।आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्यार्थीहरूको क्षमता विकासका लागि सो व्यवस्था गरेको बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 154 पटक पढिएको
  • कक्षा १२ को परीक्षामा चार लाख १५ परीक्षार्थी सहभागी , प्रश्नपत्र अनलाइनबाटै

    काठमाडौं  / सोमबारदेखि देशभर एकैसाथ सञ्चालन हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।  सोमबार बिहान ८ बजेदेखि जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए । परीक्षाको प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 130 पटक पढिएको
  • कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि असार ३ सम्म सञ्चालन हुने

    काठमाडौं / कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस)  शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 127 पटक पढिएको
  • काठमाडौं विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

    काठमाडौँ / काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् ।आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अम

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 129 पटक पढिएको
  • अधिकांश कन्सल्टेन्सी गैरकानुनी रुपमा सञ्चालन गरिदै

    काठमाडौं / नेपालमा अहिले सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सी दर्ता बिना नै गैरकानुनी रुपमा सञ्चालन भइरहेको पाइएको छ । केही शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) गैरकानुनी बाटोबाट सञ्चालनमा रहेको र केही भने नवीकरण बिना नै सञ्चालनमा रहेको पाइएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अनुसार दर्ता भएका कन्सल्टेन्सीको संख्या १ हजार ४ सय ७० मात्र रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै करिब ३ हजार बढी कन्सल्टेन्सी रहेका छन् । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा दर्ता भएर सञ्चालन भएका कन्सल्टेन्सी मध्येपनि २०७५ साउन २४ य

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 150 पटक पढिएको
  • धरानको ब्लूमिङ लोटस स्कुलका तत्कालीन प्रिन्सिपल बलात्कारको आरोपमा पक्राउ

    धरान / बलात्कारको आरोप लागेका धरानको ब्लूमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल ३६ वर्षीय राजकुमार खड्कालाई सीआईबीले पक्राउ गरेको हो । टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए ।खड्काले १३ साउन २०७४ मा ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेको आरोप लागेको छ । बलात्कार गरेको कुरा कसैलाई सुनाए स्कुलबाट

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 154 पटक पढिएको
  • छापिएका किताब तत्काल विद्यालयमा पुर्‍याउन निर्देशन

    काठमाडौँ /  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सबै विद्यालयमा पुर्याउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो भने पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिइन् ।बैठकमा स

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 127 पटक पढिएको
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौँ  / विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरी वृत्त कार्यालय गौशालाले जानकारी दिएको छ।कलेजका संयोजक समेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी समेत गरेका थिए। विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्काशन गरेको कलेजक

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 162 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा