शिक्षा

    Showing ५११-५२० of १,००९ items.
  • एसइईको तयारी पूरा, पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिँदै

    काठमाडौं— माध्यमिक शिक्षा परीक्षा(एसइई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र पुर्‍याउने लगायत सबै काम सकिएको जनाएको छ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका अनुसार यो वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले सहभागी हुने छ। पहिला पाँच लाख ८ हजार भनिए पनि पछि सबै तथ्यांक हेर्दा संशोधन भएर आएको सानोठिमीले जनाएको छ । कुल पाँच लाख १४ हजार ७१ जनाले एसइई परीक्षा दिने भएका छन ।बोर्डका अनुसार गत वर्ष (२०८०) सालको एसइईमा परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ५६१ पटक पढिएको
  • लेख्दालेख्दै परीक्षा स्थगित भएपछि...

    काठमाडौं— मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो ।‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौं समेष्टरको परीक्षा एक्कासी स्थगित गरिएको हो ।एमयूमा चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगन गरेको हो ।आइतबार बिहानै विद्यार्थीहरू परीक्षा दिन कक्षामा पुगेका थिए । प्रश्नपत्र र उत्तरपुस्तिका पनि वितरण भई विद्यार्थीले लेख्न था

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ४६५ पटक पढिएको
  • होलीबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने

    काठमाडौं— बैतडीमा एक विद्यालयले होली खेलेर तीन लाखभन्दा बढी रकम संकलन गरेको छ । होली खेलेर संकलन गरेको रकम विद्यालयको विकासमा खर्चने भएको छ । उक्त रकम पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको छ।विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ।  विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ। निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए। यसैगरी, पाटन नगरपालिका–१ मेल

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ६०४ पटक पढिएको
  • होलीबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने

    बैतडी । जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर रु तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको जनाउँदै यो रकम विद्यालयको विकासमा खर्च गरिने बताएको छ । विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ ।  विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।यसैगरी, पाटन नगरपालिका–१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पनि होली खेलेर रु तीन लाख सङ्कलन गर

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४६५ पटक पढिएको
  • नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु

    काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु भएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणवाचक, कर्मकाण्ड गर्ने पुरोहित र ज्योतिषीलाई अनुमति पत्र (लाइसेन्स) दिने गरी तयारी थालेकै बेला विद्यापीठले प्रशिक्षण सुरु गरेको हो । आधिकारिक ज्ञान नै नभएकाले कथावाचन गरिरहेको गुनासो बढेकाले विद्यापीठले यस्तो प्रशिक्षण राखिएको जनाइएको छ । आज विद्यापीठमा आयोजित एक कार्यक्रममा प्रशिक्षणको उद्घाटन गरिए पनि कक्षा भने चैत ३ गते आइतबारदेखि सुरु हुने प्राचार्य अच्युत लामिछानेले जानकारी दिए । दिउँसो चार बजेद

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४८७ पटक पढिएको
  • प्रधानाध्यापक कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं— दाङको घोराही उपमहानगरपालिका– १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ।विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् । विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ ।वडा अध्यक्ष घर्तीसहित ३ जना विरुद्ध प्रधानाध्यापक घर्तीले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएका छन् । उनले कुनै हालतमा जाहेरी फिर्ता नलिने बताए । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले पीडितको तर्फबाट घर्तीले प्रहरी कार्यालयमा जाहेर

    • प्रकाशित मितिः चैत १, २०८१
    • ४८८ पटक पढिएको
  • व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

    दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक धु्रव वाग्लेले जानकारी दिए । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा स

    • प्रकाशित मितिः चैत १, २०८१
    • ५६४ पटक पढिएको
  • निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ

    ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्य

    • प्रकाशित मितिः चैत १, २०८१
    • ३९२ पटक पढिएको
  • स्ववियु चुनाव आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने दिन

    काठमाडौं— स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ ।चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका गरेका थिए । २८ गते दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामवली सार्वजनिक गरिएको थियो ।कतिपय क्याम्पसमा एउटै संगठनको दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद छ । त्रिविकै विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४४६ पटक पढिएको
  • नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

    काठमाडौं— धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।निर्वाचन समितिका संयोजक डा.मुरारी अधिकारीले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिए ।प्रमुख शर्माका अनुसार अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।निर्वाचन समितिका संयोजक डा.अधिकारीले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै बुधबार राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.