शिक्षा

    Showing ५२१-५३० of १,००९ items.
  • उच्च मावि तथा उच्च शिक्षा पढ्ने विद्यार्थीलाई पालिकाको अनुदान

    पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिक रूपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् । आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाइ छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले यस्ता विद्यार्थीलाई अनुदान उपलव्ध गराउन थालेको छ । पालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि उच्च शिक्षा पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । महाशिलाले उच्च

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ५५८ पटक पढिएको
  • प्रहरी अस्पतालमा पनि एमडी/एमएस पढाइ हुने

    काठमाडौं— नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ। चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ।हाल १२७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक विभाग थप गर्न दुई पक्षबीच सम्झौता भए पछि अब यो संख्या २५० पुग्ने भएको छ।सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो। सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो। मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका ला

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ५९५ पटक पढिएको
  • शंकरदेव क्याम्पसका स्ववियु सभापति बस्नेतले रजिष्टर च्यातेपछि...

    काठमाडौं —  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिष्टर च्यातेका छन्।क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढंगले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिष्टर च्यातेका हुन्।‘म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो। यस्तो गलत आरोप सह्य हुँदैन,’ उनले भने।उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ५४१ पटक पढिएको
  • मतदाता नामावलीमा अनेरास्ववियू क्रान्तिकारीको असन्तुष्टि, पब्लिक युथ क्याम्पसमा तालाबन्दी

    काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ ।निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको संयोजक रोशन कालिकोटेको हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ । आफुहरुले भर्ना भएका विद्यार्थीहरुको तथ्यांक माग्दासमेत उपलब्ध नगराएको विषयप्रति आक्रोष भएको बताए ।स विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निचन प्रक्रिया अगाडि बढाएको र वास्तविक विद्यार्थीलाई मताधिका

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४३३ पटक पढिएको
  • भोजपुरको सानोदुम्मा ‘माविमा ई–लर्निङ सेन्टर’ स्थापना

    भोजपुर । पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ‘ई–लर्निङ सेन्टर’ स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । ईश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाइफाई सेट वितरण गरेर यहाँ सेन्टर सञ्चालन ल्याएको हो । विद्यालयमा रु आठ लाखबराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिए ।ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा सहय

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ३०४ पटक पढिएको
  • शिक्षक महासंघको आन्दोलनः आज कांग्रेस मुख्यालयमा धर्ना दिने

     काठमाडौं— विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघले मंगलबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएका छन्। चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले जनाएको छ। जसअन्तर्गत आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ। सरकारसँग कुनै नयाँ सहम

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २५८ पटक पढिएको
  • थप आन्दोलनका कार्यक्रम गर्ने नेपाल शिक्षक महासंघको घोषणा

    काठमाडौं— नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उदेश्यले थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन २७ देखि चैत्र ५ गतेसम्म विभिन्न राजन

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ६२९ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकद्वारा आत्मदाहको प्रयास

    काठमाडौं—  मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन् ।आफूले प्रहरीबाट न्याय नपाएको भन्दै पेसाले शिक्षक ती व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् । प्रशासन कार्यालय अगाडि ती शिक्षकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले पुष्टि गरे ।  बाराको पचरौता नगरपलिका वडा नम्बर–४ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्दै आएका छन् । अर्यालले पीडितले आफूले प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेको पाइएको छ ।  ‘आत्मदाह गर्न खोज्

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ७८० पटक पढिएको
  • प्याब्सनको केन्द्रीयअध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन

    काठमाडौं — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए। उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो। तर विवाद बढेपछि पुरी पछि हटेका थिए। स्याङ्जाका अधिकारी कांग्रेस निकट हुन्। उनी भ्याली पब्लिक स्कुलका सञ्चालक हुन्। प्याब्सनको अधिवेशन आज उद्घाटन हुने भएको छ। मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ३९४ पटक पढिएको
  • शिक्षा समिति सभापति थापाको शिक्षकलाई आग्रह आन्दोलन छोडेर घर फर्किनु

    काठमाडौं— शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।विद्यालय शिक्षा विधेयक पास गर्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई सभापति थापाले शिक्षकले उठाएको भन्दा बढी माग पूरा हुने बताउँदै आन्दोलन नगरी घर फर्किन सुझाव दिए । शनिबार देशभरबाट आन्दोलनका लागि शिक्षक काठमाडौं आएका थिए ।‘आन्दोलन नगरेर खुरुक्क घर गए हुन्छ । शिक्षकले उठाएको र सम्झौता गरेको भन्दा बढी माग पूरा हुन्छ । बरु आन्दोदन गरे गडबड हुन्छ’, सभापति थापाले भने ।७ वटा प्रदेशबाट आएको प्रतिवेदन र विधेयमा परेको संशोधनलाई एकीकृत गरेर विधेयक पास गरिने उनले बताए ।सेव

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ४५४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.