शिक्षा

    Showing 521-530 of 776 items.
  • कोरियन भाषा परीक्षा स्थगित

    झापा / कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधबार सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगन गरिएको जानकारी दिएको हो।स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा अनिश्चितकालका लागि स्थगन गरिएको ईपीएसले जनाएको छ।कोरियन भाषा परीक्षा सञ्चालनका लागि गत चैत १२, १४ र २१ गते आवेदन संकलन गरिएको थियो । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जना कामदार लैजाने कोरियाको तयारी छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 139 पटक पढिएको
  • कक्षा १२ को परीक्षा समय बिहान ८ बजेदेखि ११ बजे सम्म

    काठमाडौँ / कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म हुदैँ छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गरेको थियो । तर समय परिर्वतन  भएको र  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 165 पटक पढिएको
  • एसईई परीक्षा आजबाट सुरु

    बिर्तामोड / माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले  सहभागी हुन आवेदन फारम भरेका थिए । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी भएका परीक्षक नियन्त्रक रायमाझीले जानकारी दिए । कोरोना महामारीका कारण अघिल्ला दु

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 129 पटक पढिएको
  • राष्ट्रिय परीक्षा बोर्ड स्तरीकृत प्रश्नपत्र तयार गर्दै

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा आठ , दश र १२ का परीक्षामा आउने प्रश्नको प्रश्न बैंक तयार गर्ने भएपछि पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने भएको छ । पालिका र प्रदेशको प्रश्नपत्र समस्तर बनाउनका लागि पनि बोर्डले स्तरीकृत प्रश्नपत्रका तयार पार्ने भएपछि पुराना प्रश्न पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार विस्थापित हुने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्ने भएको छ । पालिका र प्रदेशको पहुँच प्रश्न बैङ्कमा पुर्याउनका लागि बोर्डले बुधबार स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समा

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 149 पटक पढिएको
  • विद्यालय र कलेजहरूले बढाए सात प्रतिशतसम्म भर्ना शुल्क

    काठमाडौं / नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै विद्यालय तथा कलेजहरूले भर्ना शुल्क बढाएका छन् । कोरोनाका कारण दुई वर्षदेखि भर्ना र शैक्षिक शुल्क नबढाएको भन्दै विद्यालय तथा कलेजहरूले पाँच देखि सात प्रतिशतसम्म भर्ना शुल्क बढाएका हुन् । विद्यालय तथा कलेजहरूले हरेक दुई वर्षमा शुल्क बढाउने पाउने स्थानी शिक्षा ऐनमा उल्लेख छ । साेही अनुरूप यस वर्ष आफ्नो विद्यालयले कक्षा हेरी ५ देखि ७ प्रतिशतसम्म शुल्क बढाएको ललितपुरस्थित माछापुच्छ्रे स्कुलका प्रधानध्यापक सम्पूर्ण देवापाटेले बढाएको बताएका छन् । यस्तै, कीर्तिपुरको सौगात मन्टेश्वरीकी प्रधानध्यापक राज्य लक्ष्मी बैदरले कोरोनाको कारण दुई वर्

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 135 पटक पढिएको
  • भन्सार एजेन्टको परीक्षा स्थगित

    काठमाडौं / यही वैशाख १७ गते हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । निर्वाचन आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागू हुन थालेकाले तत्काल परीक्षा सञ्चालन नगर्न भनेपछि परीक्षा स्थगित भएको हो । आयोगले स्थानीय सरकारको निर्वाचन सम्पन्न भएपछि मात्र परीक्षा सञ्चालन गर्न भन्सार विभागलाई निर्देशन दिँदै बिहीबार बिहान विभागमा पत्र पठाएको हो । । भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।आयोगले पठाएको पत्रमा स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ लागू भएकाले निर्वाचन सम्पन्न नभएसम्म परीक्षा

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 129 पटक पढिएको
  • लेटाङ घटना यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक जेल चलान

    विराटनगर / जिल्ला अदालत मोरङले छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको छ । लेटाङ नगरपालिका –५ स्थित शिक्षा माविमा कक्षा सातमा अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पौडेललाई न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको हो । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले गत चैत ६ गते पक्राउ गरेको थियो । पौडेललाई जबरजस्तीकरणी उद्योगमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो । गत फागुन ४ गते होलीको दिन शिक्षक पौडेलले सोही विद्यालयमा कक्षा ७ मा पढ्ने

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 149 पटक पढिएको
  • नेपाली विद्यार्थीलाई भारतको उत्तराखण्डमा विशेष छुट

    काठमाडौँ / भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताएका छन । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एक अर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए ।भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए । सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताब

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 145 पटक पढिएको
  • गैँडाकोटको जनक मा वि तनावग्रस्त , प्रहरीले गर्यो हवाइफायर

    झापा / नवलपरासीको  गैँडाकोटमा रहेको जनक माविका शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यालय तोडफोड गरि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।  कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अङ्गमा छुने, अश्लिल भिडियोहरू देखाउने गरेको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् । प्रहरीले पक्राउ गरेका ति शिक्षकलाई लुकाउन खोजेको भन्दै प्रहरी र विद्यार्थी बिच झडप भएको थियो । झडपमा परि ६ जना प्रहरी घाइते भएको इलाका प्रहरी का

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 139 पटक पढिएको
  • छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापकलाई विद्यार्थीले दले मोसो

    खोटाङ / छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापकलाई विद्यार्थीले मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।  शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रधानाध्यापक इन्द्रप्रसाद आचार्यलाई एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका हुन् । विद्यार्थीले कालो मोसो दलेर जुत्ताको माला लगाइदिए लगतै आचार्यलाई प्रहरीचौकी नुनथलाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । शिक्षालयमा अध्ययनरत छात्रालाई विभिन्न

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 157 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा