शिक्षा

    Showing 531-540 of 776 items.
  • तीन महिनामा ३५ हजार एनओसी जारी

    बिर्तामोड / पछिल्लो तीन महिनामा ३५ हजारभन्दा बढी वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको छ । कोरोनाका कारण रोकेको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकाले खुल्ला गरेसँगै तीन महिनामै ३५ हजार एनओसी जारी भएको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलले जनाएको छ । शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना स्नातकोत्तर तहको लागि तीन हजार चार सय ४१ जना र स्नातक तह (ब्याचलर) अध्ययनका लागि छ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् । त्यस्तै डिप्लोमा आठ हजार छ सय १० जना, भाषा पढ्

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 171 पटक पढिएको
  • चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक

    बिर्तामोड /  चिकित्सा शिक्षा आयोगले  स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरेको हो ।  आयोगले चैत १८ गते २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 155 पटक पढिएको
  • चिकित्सा शास्त्रमा सुजल भए टपर

    काठमाण्डौ / चिकित्सा आयोगले चिकित्सा शास्त्रतर्फ लिएको प्रवेश परीक्षामा स्याङ्जाका सुजल पौडेलले सर्वोत्कृष्ट भएका छन् ।काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्‍यांकमा पर्न सफल भएका हुन् । त्यस्तै १८० अंक ल्याएर निशान्त न्यौपाने दोस्रो, १७९ अंक ल्याएर अभय आचार्य, १७८।२५ ल्याएर गुञ्जन झा चौथो भएका छन् । 

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 209 पटक पढिएको
  • भन्सार एजेन्टको परीक्षा वैशाखमा हुने

    काठमाडौं / भन्सार विभागले नयाँ भन्सार एजेन्ट नियुक्तिका लागि आह्वान गरेको सार्वजनिक सूचना प्रकाशन भएको लामो समय पछि भन्सार एजेन्टको परीक्षा हुने भएको छ । कोरोना महामारी र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण एकाएक स्थगित भएको परीक्षा वैशाख १७ गते हुने भएको हो ।  परीक्षामा नौ हजारभन्दा बढी आवेदकको परीक्षा वैशाख १७ गते शनिबार दिउँसो २ बजे देखि हुने भन्सार विभागका उपमहानिर्देशक तथा प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।उच्च अदालत पाटनले गत फागुन २६ गते परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो । अदालतले गत चैत १३ गते सो आदेशलाई निरन्तरत

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 151 पटक पढिएको
  • पक्राउ हुनबाट जोगिन ४ तलामाथि बाट हाम फालेर फरार

     काठमाडौं //शिक्षक सेवा आयोगको परिक्षा पास गराइ दिने भन्दै लाखौं रकम उठाएका एक युवक चार तलामाथिबाट हाम फालेर फरार भएका छन्। फरार हुनेमा कालीकोट गेला निवासी जगत शाही रहेका छन् । आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ्ग मिलाएको भन्दै  ३ लाख दिए परिक्षा अघि नै प्रश्नपत्र हातमा दिने बताएर  लाखौं रकम ठगी गरेको उनीमाथि आरोप छ। परिक्षार्थीसँग ६० लाख रुपैयाँ असुलेका उनी पक्राउ हुनबाट जोगिन ४ तलामाथि बाट हाम फालेर फरार भएको प्रहरीले बताएको छ। १५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा फरार शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराएर उत्तरसमेत लेखेर पठाइदिने शर्तमा प्रतिव्यक्ति ३ ला

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 152 पटक पढिएको
  • आदर्श स्कुलको ‘आदर्श चिन्तन’ कार्यक्रम सम्पन्न

    बिर्तामोड / झापाको बिर्तामोड स्थित चारपानेमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले प्रत्येक दुई महिनामा गर्ने “आदर्श चिन्तन ” कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको छ । विद्यार्थी तथा देशकै ख्याति प्राप्त व्यक्तिलाई समावेश गरिने यस कार्यक्रममा आदर्शले मिरा राई र सोही कलेजका भूतपूर्व विद्यार्थी नामङ्गेल तामाङलाई सम्मान गरेको छ । राई नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकु हुन् भने तामाङ नेपाल आइडल सिजन –४ का फस्ट रनर अप हुन् । कार्यक्रममा राईले आफ्नो जीवनी, उत्प्रेरणा कक्षा र अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरी पाएका विभिन्न विश्वर्कितिमानका बारेमा चर

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 149 पटक पढिएको
  • ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि प्रदेश १ बाट २५ विद्यालय छनोट

    झापा / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १ नम्बर प्रदेशबाट २५ वटा विद्यालय छनोट भएका छन्  । चैत आठ गते बसेको निर्देशन समितिको बैठकले आर्थिक वर्ष २०७८/८९ मा सो कार्यक्रमका लागि १ नम्बर प्रदेशबाट २५ वटा विद्यालय छनोट गरेको हो । झापाबाट दुईवटा, मोरङबाट तीन, उदयपुरबाट दुई, ओखलढुङ्गाबाट एक, खोटाङबाट दुई, सोलुखुम्बुबाट दुई, इलामबाट दुई, धनकुटाबाट दुई, भोजपुरबाट दुई र पाँचथरबाट एउटा विद्यालय छनोट भएका हुन् । समितिको बैठकले देशभरका एक सय ४० विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए ।&nb

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 141 पटक पढिएको
  • त्रिवि सेवाका पदाधिकारी विरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयका पदाधिकारी  विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले त्रिवि आयोगको कार्यालयका प्राध्यापक डा. टेकनाथ ढकाल, सहप्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसहित ६ जना पदाधिकारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ मा कुनै पनि परीक्षाको परिमाणमा फेरबदल गरेमा वा गर्न लगाइएमा त्यस्तो राष्ट्रसेवकलाई तिन महिना देखि एक वर्षसम्म कैद र पाँच हजार देखि दश हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरिएको छ । त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता ग

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 149 पटक पढिएको
  • आजबाट स्थायी शिक्षकको परीक्षा

    बिर्तामोड / शिक्षक सेवा आयोगको १७ हजार ३ सय ३२ स्थायी शिक्षकको परीक्षा आज मङ्गलबारबाट शुरु हुँदै छ । आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरेको छ ।आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।परीक्षाको सबै तयारी भइसकेको जनाएको छ । परीक्षामा परीक्षार्थीले प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्न

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 138 पटक पढिएको
  • अब एसईई दिन १४ बर्ष पुग्नु नपर्ने

    बिर्तामोड / अब माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागी १४ बर्ष पुग्नु नपर्ने भएको छ ।  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको एसईई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था मन्त्रीस्तरीयको निर्णयले खारेज गरेको हो । अन्य देशमा पनि माध्यमिक तह पार गर्न उमेरको बाध्यात्मक व्यवस्था नभएको र कतिपय विद्यार्थी १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले एसईईको उमेर हद हटाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाएका छन् । बालबालिकाको वृद्धि विकासको दृष्टिले पाँच वर्ष पुगेपछि मात्रै विद्यालयमा भर्ना गर्नु उचित  भएपनि, कतिपय बालबालिकाले केही कक्षा नपढी

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 216 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा