शिक्षा

    Showing 541-550 of 776 items.
  • सिटिइभिटीका र माध्यमिक तहका प्राविधिक पाठ्यक्रम समायोजन हुने

    काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा एकरूपताका ल्याउन पाठ्यक्रम समायोजनको तयारी भएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको तयारी भएको हो ।सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आ

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 160 पटक पढिएको
  • कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौं / आगामी जेठ १६ गतेदेखि हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।यस्तो छ परीक्षाको समय तालिका  

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 147 पटक पढिएको
  • प्याब्सन महाअधिवेशन : अध्यक्ष सहित तीन सर्वसम्मत

    काठमाडौं / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को अध्यक्ष सहित तीन पदमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । नयाँ नेतृत्वका लागि सुरु भएको निर्वाचन प्रकृयाका क्रममा अध्यक्ष सहित तीन पदमा उमेद्धारी मनोनयन एक जनाको मात्रै भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । आगामी कार्यकालका लागि अध्यक्षमा हालका सहअध्यक्ष डीके ढुंगाना, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र महिला उपाध्यक्षमा संगीता सिलवालको मात्रै उमेद्धारी परेकाले निर्वाचन समितिले सर्वसम्मत चयन भएको जानकारी गराएको हो । आगामी चैत्र ९ र १० गते काठमाण्डौमा हुने १५औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व छनौटका लागि बुधबार

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 178 पटक पढिएको
  • नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ देखि शुरु

    काठमाडौँ / नयाँ शैक्षिक सत्रमा जेठ १ गतेदेखि नियमित पठनपाठन शुरु गर्न शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयहरूलाई निर्देशन दिएको छ । विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नतिजा प्रकाशन गर्नुपर्ने भएको छ ।एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ । यसलाईसमेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ ।‘शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्दछ,’ केन्द्रले आज सूचना निकालेर भनेको छ, ‘वि

    • प्रकाशित मितिः चैत १, २०७८
    • 125 पटक पढिएको
  • भन्सार एजेन्टको परीक्षा स्थगित

    काठमाडौं / शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न बिहीबार आदेश दिएका हुन् ।भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 114 पटक पढिएको
  • शिक्षक महासङ्घको सहमति कानुनअनुसार कार्यान्वयन हुने

    धादिङ / शिक्षक महासङ्घसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । धादिङको गङ्गाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको मन्त्री पौडेलले बताएका हुन् ।संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको समेत बताएका छन् । मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताएका छन् भने शिक्षा सुधारका लागि समेत योजना बनाएको

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 132 पटक पढिएको
  • एसईई परीक्षामा उमेर हद नलाग्ने

    काठमाडौं / एसईई परीक्षामा अबदेखि उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो ।विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे उमेर हदको व्यवस्था खारेज गरिएको जानकारी दिए । उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट हुने मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई आगामी वैशाख ९ देखि सञ्चालन गर्ने यसअघि नै निर्णय ग

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 141 पटक पढिएको
  • ईशनाथ नगरपालिकामा क्रिकेट हेर्न २ दिन सार्वजनिक बिदा

    बिर्तामोड / रौतहटमा क्रिकेट हेर्न र व्यवस्थापनका लागि भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको छ ।रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले मेयरकप टी २० क्रिकेट प्रतियोगिता हेर्नका लागि फागुन २५ र २६ गतेका लागि नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।विज्ञप्ति जारी गर्दै नगरपालिकाले प्रतियोगिता अन्तिम चरणमा पुगेको हुँदा कर्मचारीसमेत सहभागी र व्यवस्थापनमा जुट्नु परेकोले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।सार्वजनिक बिदा दिन जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख सन्तोषकुमार मेहता र उपप्रमुख हुस्ने आराको हस्ताक्षरसमेत छ । 

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 115 पटक पढिएको
  • प्याब्सनको अध्यक्षमा हमाल सर्वसम्मत

    बिर्तामोड \ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ( नेशनल प्याब्सन ) को सातौँ केन्द्रीय महाधिवेशनले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुन् ।बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनबाट सह-अध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभा

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 119 पटक पढिएको
  • अर्घाखाँचीमा छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

    झापा / अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी  बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जङ्गलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।डीएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 110 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा