शिक्षा

    Showing ६४१-६५० of १,००९ items.
  • एसईईका लागि बेग्लै क्यालेन्डर, यस वर्षको परीक्षा चैत ७ देखि

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरेको छ । सोही तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ । यसअघि एसईई सञ्चालन हुनुभन्दा एक वा दुई महिनाअघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ ।  बोर्डका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिने छ । त्यस्तै कक्षा ९ को रजिस्ट्रेस

    • प्रकाशित मितिः असार ९, २०८१
    • ५६१ पटक पढिएको
  • भारतमा परीक्षा सञ्चालन गर्ने नयाँ कानून लागू

    काठमाडौं । भारत सरकारले परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू गरेको छ।  नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ । यस वर्षको फेब्रुअरीमा भारतीय संसद्ले पारित गरेको नयाँ कानुन सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ । राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर सङ्घीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी

    • प्रकाशित मितिः असार ८, २०८१
    • ४७९ पटक पढिएको
  • यो वर्षको एसईईको नतिजा असार १४ भित्रमा

    काठमाडौं  ।   यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन्।बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलले बताए। प्राप्ताङ्क रुजु गर्ने काम ३०/४० प्रतिशतजति सकिएको छ। यो सकिएपछि फेरि

    • प्रकाशित मितिः असार ८, २०८१
    • ६२७ पटक पढिएको
  • नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक बिक्री सुरु

    काठमाण्डौ  ।  नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत्र १४ देखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बिक्री सुरु गरेको हो । यसरी बिक्री भएको पुस्तक पालिकामार्फत विद्यालयहरुमा पुग्छ ।ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, तनहुँ, मनाङ, प्युठान, रोल्पा, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री सुरु भएको छ । आज संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा र दार्चुलामा बिक्री सुरु हुने केन्द्रले जनाएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पु¥याउने उद्देश्यले दुर्गम पहाडी जिल्लालाई प्राथमिकतामा राखेर

    • प्रकाशित मितिः चैत १५, २०८०
    • ४९१ पटक पढिएको
  • आजबाट यस वर्षको एसईई परीक्षा; ५ लाख ४ हजार ४१४ सहभागी

    काठमाडौं  । आज  बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आज चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ।बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका २ लाख ५० हजार सात सय ७२ छात्रा, २ लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त

    • प्रकाशित मितिः चैत १४, २०८०
    • ६८८ पटक पढिएको
  • आज त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आज हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज लिन लागेको हो । उनीहरूको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरु हुने समितिले जनाएको छ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहरूलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।त्रिविको उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएका थिए । जसमा १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका उनीहरूको माघ २९ गतेदेखि फागुन २ गतेसम्म सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थ

    • प्रकाशित मितिः फागुन ६, २०८०
    • ५५५ पटक पढिएको
  • कविता "नारी "

    कविता  "नारी "के भनु तिमीलाई ??अबला, सबला,शक्ति,वत्सला, प्रेयसी वा केवल नारी..?? तिमीलाई बुझ्न मुश्किल छ , शायद .कठिन पनि ... I  कैयौ रूपमा तिमी छो , सारा  जीवनमा तिमी नै छो , तिमी बिना सबै अपूर्ण छ , तिमी पूर्णताको  पर्याय हौ , हर पल हर क्षण, तिमी बिन शून्य-  शून्य लाग्छ , तिमी धरा हौ अंकुरणको , वात्सल्य की पराकाष्ठा हौ .... तिमी तरूणिका  श्रंगार हौ , गृहस्थी की कर्णधार हौ , घर - बगैचाको आधार हौ , सुन्दर  पुष्पहरुका पर्याय हौ , जीवन की सुखद जीवटता हौ , दिन-दानीका अवधार हौ ... I&n

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५५८ पटक पढिएको
  • कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न सूचना

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनिएको छ । सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म शुल्कसहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न पनि सूचित गरिएको छ । सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाए

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५१६ पटक पढिएको
  • यस वर्षको एसईई चैत १५ देखि हुने

    काठमाण्डौ । माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।  आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए ।बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५३३ पटक पढिएको
  • चैतको पहिलो सातादेखि एसईई, सबै विषयमा ३५ नल्याए फेल

    काठमाडौँ  ।  राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत पहिलो साता माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ। यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता हुनेछ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार त्यसका निम्ति माघको पहिलो हप्ता रुटिन निकाल्ने बताएका छन।एसईईका निम्ति ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन भरेका छन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए ।यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुन्छ । केही विषयको पुरानो अनुसार

    • प्रकाशित मितिः पुस २५, २०८०
    • ५५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.