शिक्षा

    Showing ६६१-६७० of १,००९ items.
  • आँखा पाक्ने रोगको प्रकोप बढेपछि भद्रपुरका सबै निजी विद्यालय साउन २२ सम्म बन्द

    बिर्तामोड / पछिल्लो समय महामारीका रुपमा फैलिरएको आँखा पाक्ने रोगको प्रकोप बढेपछि भद्रपुर नगरपालिकाका क्षेत्रका सबै  निजी विद्यालय आज बन्द भएका छन् । विद्यालयका प्रधानाध्यापकहरुले नगरपालिकासँग बैठक बसी सबै संस्थागत विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् । छलफलमा साउन १९ देखि साउन २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको नगरका शिक्षा शाखा शिक्षा अधिकृत राजकुमार ओडारीले जानकारी दिए । सामुदायिक विद्यालयहरू बर्खे बिदा भई बुधवारदेखि मात्र सञ्चालनमा आएका हुनाले विद्यार्थीको अवस्थाबारे जानकारी हुन बाकी रहेकोले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय नभएको शिक्षा शाखा अधिकृत ओडारीले बता

    • प्रकाशित मितिः साउन १९, २०८०
    • ३२८ पटक पढिएको
  • तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थी आन्दोलित

    काठमाडौं / काठमाडौं मेडिकल कलेजका विद्यार्थीले यतिबेला आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै  कलेजको २१ औं ब्याचका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।उनीहरूले बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।एमबीबीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता

    • प्रकाशित मितिः साउन ९, २०८०
    • २४४ पटक पढिएको
  • केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड देवी माविलाई

    बिर्तामोड / काठमाडौंमा मुख्य कार्यालय रहेको अनलाइन न्युज पोर्टल केन्द्रबिन्दु डट कम प्रा .लि ले  बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयलाई  केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड विशेष शैक्षिक सम्मानबाट  सम्मान गरेको छ  असार ३१ गते काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच देवी मा.वि. सहित देशभरका २२  वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको देवी मावि बिर्तामोडका प्र.अ अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किएको आम धारणालाई चिर्दै उच्चतम् शैक्षिक प्रतिफल प्राप्त गर्न सफल विद्यालयको रुपमा देवी माविलाई सम्मान गरिएको हो । विद्यालय

    • प्रकाशित मितिः साउन १, २०८०
    • २७४ पटक पढिएको
  • यसवर्षको एसईईमा २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै

     काठमाडौं / माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरूको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएक

    • प्रकाशित मितिः असार २१, २०८०
    • ६८७ पटक पढिएको
  • सार्वजनिक भयो एसईईको नतिजा

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।बोर्डको आज बसेको बैठकले नतिजा आजै प्रकाशन गर्ने निर्णय गरेको थियो । परीक्षामा कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका

    • प्रकाशित मितिः असार २१, २०८०
    • २,३०० पटक पढिएको
  • आज साँझसम्म एसइईको नतिजा सार्वजनिक गरिँदै, यस्तो छ नतिजा हेर्ने तरिका

    काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए ।उनले भने, ‘एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वज

    • प्रकाशित मितिः असार २१, २०८०
    • ४३४ पटक पढिएको
  • एसईईको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको छ ।  नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।यसरी हेर्न सकिन्छ एसईईको नतिजाएसईईको नतिजा प

    • प्रकाशित मितिः असार २०, २०८०
    • ४५० पटक पढिएको
  • एसईईको नतिजा बुधबारभित्र निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही साता निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए । “बुधबारसम्म नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको छ । अन्तिम चरणका केही काम बाँकी छन्, ती काम सकिएलगत्तै बोर्ड बैठक बसी नतिजा सार्वजनिक गरिन्छ,” गोदारले भने ।यस वर्षको नतिजामा बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार ग्रेड छुट्याउने भएको छ ।  यस वर्ष एसईई दिएका विद्यार्थीले पुरानै पाठ्यक्रम अनुसार पढेकाले नयाँ पाठ्यक्रम अनुसार पढाइ हुन थालेपछि मात्रै नयाँ ग्रेडिङ लागू गर्ने तयारी भ

    • प्रकाशित मितिः असार १७, २०८०
    • ४२० पटक पढिएको
  • निजी विद्यालयका शिक्षकलाई पनि सामुदायिक सरह तलब दिन बालेनको निर्देशन

    काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब दिन निर्देशन गरेको छन् । सुविधा नपाए सम्पर्क गर्न अनुरोध गरेका छन् । बिहीवार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले संस्थागत विद्यालयका शिक्षकको तलब न्यून भएको गुनासो आउने गरेको जनाएका छन् । उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन २०२८’को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उ

    • प्रकाशित मितिः असार १४, २०८०
    • ३७१ पटक पढिएको
  • उपप्राध्यापक चलाउनेले अनशन स्थगित गर्ने

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गर्ने भएका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए । सर्वोच्च अदालतले विहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • २७५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.