शिक्षा

    Showing ६८१-६९० of १,००९ items.
  • SEE को परीक्षा तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को see को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै आगामी चैत १७ गतेदेखि see को परीक्षा हुने जनाएको हो ।राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले आगामी चैत १७ गते शुक्रबारदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा see संचालन हुनेगरी तालिका सार्वजनिक गरेको उक्त सूचनामा जनाइएको छ । बिहान ८:०० देखि ११:०० बजेसम्म हुने परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।चैत १९ गते आइतबार अनिर्वाय गणित, सोमबार अनिवार्य नेपाली, मंगलबार बिदा रहेको छ भने बुधबार अनिवार्य विज्ञान, बिहीबार अनिवार्य साम

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ३१४ पटक पढिएको
  • स्विटर पाए पछि विद्यार्थी दंग

    बुद्धशान्ति / झापाको बुद्धशान्ति गाउपालिका –४ मा रहेको श्री माध्यमिक विद्यालय बर्नेका विद्यार्थीहरूलाई आज स्विटर बितरण गरिएको छ । सेजल एण्ड सिस्टर एलएलसी कम्पनी युएसेको आर्थिक सहयोग तथा बुद्धशान्ति –४  निवासी समाजसेवी सुरेन्द्र शेर्माको समन्वयमा बर्ने मा. बि. मा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई सुइटर बितरण गरिएको हो । विपन्न परिवारका बालबालिकाहरूलाई लक्षित गर्दै चिसो मौसमको कारण बिरामी हुने, विद्यालय नजाने जस्ता समस्या देखा पर्ने भएको कारण विद्यार्थीहरूलाई स्विटर बितरण गरिएको समाजसेवी शेर्माले बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा

    • प्रकाशित मितिः माघ ८, २०७९
    • ४६५ पटक पढिएको
  • बुद्ध आदर्श माविको ६२ औ वार्षिक उत्सव सम्पन्न

     झापा / बुद्ध आदर्श माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना गरी ६२ औै वार्षिक उत्सव तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ पौष २४ र २५ गते वार्षिक उत्सव मनाइएको थियो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश भुजेल, गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, जग्गादाता दिनानाथ ढकाल, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला लगायतको आतिथ्यमामा भएको कार्यक्रममा शिक्षक हेमेन्द्र खतिवडाले उपस्थित

    • प्रकाशित मितिः पुस २६, २०७९
    • २२६ पटक पढिएको
  • हल्ट प्राइज एट आइ.एम.एस. ले प्रदान गर्यो आयोजक समितिलाई आवश्यक तालिम

    काठमाडौं / अन क्याम्पस काठमाडौं अन्तर्गतको मुख्य कार्यक्रम  आईडिया पिचिङ नजिकिंदै गर्दा हल्ट  प्राइज एट आइ.एम.एस. ले आयोजक समितिलाई सहजीकरण तालिम प्रदान गरेको छ। उत्त तालिममा कार्यक्रमलाई सफलतापुर्वक संचालन गर्न आवश्यक पर्ने सामाग्री, यसको पूर्व तयारी र सम्पूर्ण योजनाहरुको बारेमा चर्चा हुनुको साथै अनुभवी व्यक्तिहरुबाट अनुभव पनि आदान - प्रदान भएको हो। यो तालिमले आयोजक समितिलाई अन क्याम्पस कार्यक्रम सभ्य, भव्य र सफलताका साथ समापन गर्नको लागि प्रेरणा  प्रदान गरेको साथै आर्थिक विश्लेषणको पक्ष्यमा पनि सहयोग गरेको समितिका प्रविधिक विशेषज्ञ अमिस अधिकारीले बताएका छन्।

    • प्रकाशित मितिः पुस २३, २०७९
    • ३७९ पटक पढिएको
  • त्रिवि नतिजा पुस १५ को टार्गेटमा नतिजा निकाल्न असफल

    काठमाडौं / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका नतिजा पुस १५ गतेभित्र प्रकाशित गरिसक्ने टार्गेट लिएको थियो । तर, पुस १९ गते भइसक्दा पनि नतिजा प्रकाशित हुन सकेको छैन। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष लिएको बीबीएस, बिएड लगायतका विषयको परीक्षाफल सार्वजनिक गर्न सकेको छैन । स्नातक तहका नतिजा प्रकाशित गर्न नसकेको त्रिविले स्नातकोत्तर तहका लागि भर्ना आह्वान गरिसकेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना आह्वान गरेको हो । शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहमा मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रव

    • प्रकाशित मितिः पुस १९, २०७९
    • २२४ पटक पढिएको
  • अन क्याम्पसमा आवेदन दर्ता गरेका सहभागीहरुलाई च्यालेन्ज ब्रिफ़िङ्ग सेसन

    हल्ट प्राइज एट आई.एम.एस. काठमाडौं ले अन क्याम्पसको अन्तिम कार्यक्रमको लागि आवेदन फारम दर्ता गरेका इच्छुक सहभागीहरुलाई च्यालेन्ज ब्रिफिङ सेसन दिएको हो।उक्त कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई मध्यनजरमा राख्दै अन क्याम्पसको आइडिया पिचिङ्ग कार्यक्रममा उनिहरुले कुनकुन क्षेत्रबाट आइडिया बनाउन सक्छन भन्ने कुरामा प्रकाश पारिएको हो।यो कार्यक्रम आई.एम.एस. कलेजमा अध्ययनरत बि.बि.ए. संकायका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको थियो । यसपालीको शीर्षक फेसनसँग सम्बन्धित भएकोले गर्दा बिद्यार्थीहरुलाई फेसन भ्यालु चेन को मद्दतबाट यसको हरेक क्षेत्रमा भएका समस्याहरु समाधानका निमित्त पहल गर्न सकिने स

    • प्रकाशित मितिः पुस १७, २०७९
    • ३६३ पटक पढिएको
  • शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं/ शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना १० वर्षे विद्यालय सुधार योजनाको कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनको लागि समन्वय र सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्व्य र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प

    • प्रकाशित मितिः पुस १, २०७९
    • २३९ पटक पढिएको
  • कक्षा ५, ८ र १० मा आगमी शैक्षिक सत्र देखि नयाँ पाठ्यपुस्तक

    झापा/ आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि नयाँ पाठ्यक्रम तयार पारिरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।महानिर्देशक अर्याल अनुसार तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको छ । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी पीआरसी तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने उनले बताए । पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को क

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • २०६ पटक पढिएको
  • कवि मधुसूदनको कवितासङ्ग्रह ’आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण

    काठमाडौं  / कवि मधुसूदन पौडेलको नवीनतम् कवितासङ्ग्रह ‘आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण गरिएको छ ।बौद्धिक सम्पत्ति संरक्षण समाज काठमाडौँद्वारा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।कृतिको समीक्षा गर्दै डा. विन्दु शर्माले सद्भाव र व्यङ्ग्य दुई कुरा कवितामा समेटिएको बताए । कवितामा लैङ्गिक विभेद, समाजको अवस्था, देशभक्ति आदि समेटिएको डा. शर्माको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि प्रा. जगतप्रसाद उपाध्यायले बौद्धिक सम्पत्ति संरक्षण अभियन्ता पौडेलका कविता मननयोग्य रहेको बताए । पौडेल कठोर प्रशासक भए पनि भावनात्मक रहेकोले कविता सिर्जना गर्न

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • २३९ पटक पढिएको
  • खुल्यो एसईईको आवेदन फाराम

    झापा / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो । शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डले आफ्ना सम्पूर्ण शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई निर्धारित समयमा परीक्षा आवेदन फारम भर्न भराउन समन्वय गर्नको लागि निर्देशन समेत दिएको छ

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • २५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.