शिक्षा

    Showing ७०१-७१० of १,००९ items.
  • विभिन्न कार्यक्रम गरेर एमीटी बाल क्लबले मनायो राष्ट्रिय बाल दिवस

    बिर्तामोड  / एमीटी बाल क्लबले बुधबार एक कार्यक्रम आयोजना गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । यस बाल क्लबले बिर्तामोडस्थित एमीटी एजुकेसन फाउण्डेसनको प्राङ्गणमा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने राष्ट्रिय नाराका साथ ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको हो । बाल दिवसको अवसरमा यस बाल क्लबले सांस्कृतिक कार्यक्रम (नृत्य) र बक्तित्वकला प्रतियोगिताको आयोजना गरेको थियो । कार्यक्रममा यसै विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहभागि भएका थिए । एमीटी बाल क्लबका अध्यक्ष सुवास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एमीटी एजुक

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • ३२८ पटक पढिएको
  • ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै

    झापा / ‘साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण’ भन्ने आदर्श नाराका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा तत्कालीन राजा विरेन्द्रले वि.स. २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो ।दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शै

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • २४० पटक पढिएको
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    झापा / कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाएको बताइएको छ । कक्षा १२ को परीक्षा गत २६ जेठमा सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • २३७ पटक पढिएको
  • त्रिविको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका हुन् ।त्रिविको समस्या समाधान सुरु नभएसम्म बैठक चल्न नसक्ने भन्दै एमालेका सांसदहरुले बैठकमा उठेर विरोध जनाइरहेका छन् ।

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ३०९ पटक पढिएको
  • त्रिविमा नेविसंघ र अनेरास्ववियूबीच झडप, दुई विद्यार्थी र एक जना प्रहरी घाइते

    काठमाडौँ  / त्रिभुवन विश्वविद्यालयमा द्विपक्षीय विद्यार्थीहरुबीच झडप भएको छ । आइतबार विश्वविद्यालयले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीहरू बीच झडप भएको हो ।त्रिवि प्रशासनले पत्रकार सम्मेलनको आयोजना गर्दा नेपाली कांग्रेस निकट नेविसङ्घले सम्मेलन नगर्न दबाब दिएको थियो । सोही क्रममा नेविसंघ र अनेरास्ववियूबीच विवाद भएको थियो । त्यस्तै एक समूहले पत्रकार सम्मेलन स्थलमा ढुंगा प्रहार समेत गरेको थियो । उक्त घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयले लगातार विश्वविद्यालयमा आन्दोलन भएका कारण शिक्षक कर्म

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • २२७ पटक पढिएको
  • त्रिविले माग्यो सरकारसँग शान्ति सुरक्षा

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोड जस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो ।विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ । पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरिँदा असुरक्षित भएकाल

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • २२० पटक पढिएको
  • एकैपटक विद्यालयमा सय जना भन्दा बढी विद्यार्थी बिरामी

    सुर्खेत  / सल्यानको बनगाडकुपिण्डे नगरपालिकाको एकै विद्यालयका १०० भन्दा धेरै विद्यार्थी बिरामी परेका छन्।वडा नम्बर १२ निगालचुलामा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई केही दिनदेखि रुघाखोकीको समस्या देखिएको हो।विद्यार्थी बिरामी परेपछि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलसहितको स्वास्थ्यकर्मीको टोली बुधबार विद्यालयमा पुगेर विद्यार्थीहरूको कोरोना परीक्षण गरेको छ । पोख्रेलका अनुसार विद्यार्थीलाई ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, नाकबाट पानी बग्ने समस्या देखिएको छ।स्वास्थ्यकर्मीको टोलीले आजै ७० जनाको एन्टीजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्र

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • २१७ पटक पढिएको
  • एमिटि कलेजले गर्यो कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत

    बिर्तामोड / लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको झापाको बिर्तामोड –५ मा अवस्थित एमिटि कलेजले ११ का विद्यार्थीहरूलाई लागि अभिमुखीकरण सहित स्वागत  कार्यक्रम गरेको छ । सिने प्लाजाको सभाहलमा बुधबार भएको अभिमुखीकरणमा कलेजका प्रधानाध्यापक आर। एस ढकालले कलेजमा अध्ययन अध्यापन हुने विषयबारे जानकारी दिएका थिए । एमिटि कलेजले स्वदेशमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको प्रधानाध्यापक ढकालले बताए । त्यस्तै कलेजले विभिन्न सङ्कायमा भर्ना भइ अध्ययन सुरु गरेका कक्षा ११ का विद्यार्थीलाई समेत स्वागत गरेको छ । कार्यक्रममा कलेजका शिक्षक, शिक्षकहरूले विद्यार्थीलाई

    • प्रकाशित मितिः भदौ १, २०७९
    • ३०३ पटक पढिएको
  • आदर्श स्कुल अफ म्यानेजमेन्टमा तीन वर्षे डिप्लोमा इन होटल म्यानेजमेन्टका लागि भर्ना खुला

    बिर्तामाेड / झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले सीटीइभीटीको तीन वर्षे डिम्पलोमा इन होटल म्यानेजमेन्टका लागि भर्ना खुलाएको छ । माध्यमिक तह र स्नातक तहमा होटल म्यानेजमेन्ट विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो कलेजले यसै वर्षदेखि तीन वर्षे डिप्लोमाको पनि पठाइ सुरु गरेको हो ।  विद्यार्थीको बढ्दो माग र आवश्यकतालाई मध्यनजर गर्दै आदर्श कलेजले होटल म्यानेजमेन्टको तीन वर्षे डिप्लोमाको अध्यापन शुरु गरेको कलेजका निर्देशक सन्जोग खरेलले बताए । निर्देशक खरेलका अनुसार माध्यमिक परीक्षा तह (एसईई) उतिर्ण गरेका विद्यार्थीहरूले डिप्लोमा इन होटल म्यानेजमेन्टको तीन वर्षे

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • ९४९ पटक पढिएको
  • आफ्नो लागि राखिएको पानी खाएको भन्दै शिक्षकले कुटपिट गर्दा नौ वर्षीय बालकको मृत्यु

    एजेन्सी / भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकको कुटाइबाट मृत्यु भएको छ । आफ्नो लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशङ्कामा उक्त क्षेत्रमा इन्टरनेट

    • प्रकाशित मितिः साउन २९, २०७९
    • २६७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.