शिक्षा

    Showing ७५१-७६० of १,००९ items.
  • स्थानीय तह निर्वाचन : उम्मेद्वार बन्न तीन जिल्लाका २६ शिक्षकले दिए पदबाट राजिनामा

    झापा / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न भन्दै १२ जना शिक्षकहरूले पदबाट राजीनामा दिएका छन् ।राजिनामा दिने मध्ये पाँच जना वडाध्यक्षको उम्मेदवार बनेका शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ ।निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिइरहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेपछि शिक्षकहरूले राजीनामा दिएर उम्मेदवार बनेका हुन् । त्यस्तै खोटाङमा पनि २५ चैतयता सात जना शिक्षकले राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जानकारी दिएको छ । इकाई प्रमुख सेमन्त गौतमका अनुसार उनीहरूले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । राजिनाम

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • २२४ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयमा २३ दिन वर्षे बिदा

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे बिदा वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म बिदा दिएको छ ।त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले २३ दिन बिदा दिएको हो ।विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे बिदा दिइने क्याम्पसहरूको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा विद्यार्थीहरूको नियमित परीक्षा भने यथावत सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १९२ पटक पढिएको
  • अब भारतमा विद्यालयमा बालबालिका कक्षा १ मा भर्ना हुनु न्यूनतम उमेर ६ वर्ष पूरा हुनु पर्ने

    एजेन्सी / अब भारतका विद्यालयमा  बालबालिका कक्षा १ मा भर्ना हुनु बालबालिकाको न्यूनतम उमेर ६ वर्ष पूरा हुनु पर्ने भएको छ । भारतको सर्वोच्च अदालतले बालबालिकालाई कम उमेरमा विद्यालय नपठाउन अभिभावकहरूलाई आदेश दिएको छ । केन्द्रीय विद्यालयमा कक्षा १ मा भर्नाको न्यूनतम उमेर ५ वर्षबाट बढाएर ६ वर्ष पुर्‍याउने केन्द्रीय विद्यालय संगठनको निर्णय विरुद्ध अभिभावकले सर्वोच्चमा दायर गरेको रिटमा सुनवाई गर्दै कम उमेरमा विद्यालय नपठाउन आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।न्यायाधीश सञ्जय किशन कौल र एमएम सुन्दरेशको इजलासले कम उमेरमा विद्यालय पठाउनु बालबालिकाको मनोवैज्ञानिक स्वास्थ

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • २१० पटक पढिएको
  • कोरियन भाषा परीक्षा स्थगित

    झापा / कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधबार सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगन गरिएको जानकारी दिएको हो।स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा अनिश्चितकालका लागि स्थगन गरिएको ईपीएसले जनाएको छ।कोरियन भाषा परीक्षा सञ्चालनका लागि गत चैत १२, १४ र २१ गते आवेदन संकलन गरिएको थियो । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जना कामदार लैजाने कोरियाको तयारी छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • २०३ पटक पढिएको
  • कक्षा १२ को परीक्षा समय बिहान ८ बजेदेखि ११ बजे सम्म

    काठमाडौँ / कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म हुदैँ छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गरेको थियो । तर समय परिर्वतन  भएको र  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • २३६ पटक पढिएको
  • एसईई परीक्षा आजबाट सुरु

    बिर्तामोड / माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले  सहभागी हुन आवेदन फारम भरेका थिए । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी भएका परीक्षक नियन्त्रक रायमाझीले जानकारी दिए । कोरोना महामारीका कारण अघिल्ला दु

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १९८ पटक पढिएको
  • राष्ट्रिय परीक्षा बोर्ड स्तरीकृत प्रश्नपत्र तयार गर्दै

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा आठ , दश र १२ का परीक्षामा आउने प्रश्नको प्रश्न बैंक तयार गर्ने भएपछि पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने भएको छ । पालिका र प्रदेशको प्रश्नपत्र समस्तर बनाउनका लागि पनि बोर्डले स्तरीकृत प्रश्नपत्रका तयार पार्ने भएपछि पुराना प्रश्न पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार विस्थापित हुने भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्ने भएको छ । पालिका र प्रदेशको पहुँच प्रश्न बैङ्कमा पुर्याउनका लागि बोर्डले बुधबार स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समा

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • २२२ पटक पढिएको
  • विद्यालय र कलेजहरूले बढाए सात प्रतिशतसम्म भर्ना शुल्क

    काठमाडौं / नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै विद्यालय तथा कलेजहरूले भर्ना शुल्क बढाएका छन् । कोरोनाका कारण दुई वर्षदेखि भर्ना र शैक्षिक शुल्क नबढाएको भन्दै विद्यालय तथा कलेजहरूले पाँच देखि सात प्रतिशतसम्म भर्ना शुल्क बढाएका हुन् । विद्यालय तथा कलेजहरूले हरेक दुई वर्षमा शुल्क बढाउने पाउने स्थानी शिक्षा ऐनमा उल्लेख छ । साेही अनुरूप यस वर्ष आफ्नो विद्यालयले कक्षा हेरी ५ देखि ७ प्रतिशतसम्म शुल्क बढाएको ललितपुरस्थित माछापुच्छ्रे स्कुलका प्रधानध्यापक सम्पूर्ण देवापाटेले बढाएको बताएका छन् । यस्तै, कीर्तिपुरको सौगात मन्टेश्वरीकी प्रधानध्यापक राज्य लक्ष्मी बैदरले कोरोनाको कारण दुई वर्

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १९७ पटक पढिएको
  • भन्सार एजेन्टको परीक्षा स्थगित

    काठमाडौं / यही वैशाख १७ गते हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । निर्वाचन आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागू हुन थालेकाले तत्काल परीक्षा सञ्चालन नगर्न भनेपछि परीक्षा स्थगित भएको हो । आयोगले स्थानीय सरकारको निर्वाचन सम्पन्न भएपछि मात्र परीक्षा सञ्चालन गर्न भन्सार विभागलाई निर्देशन दिँदै बिहीबार बिहान विभागमा पत्र पठाएको हो । । भन्सार विभागले चैत २० गते ६६० जना भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।आयोगले पठाएको पत्रमा स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ लागू भएकाले निर्वाचन सम्पन्न नभएसम्म परीक्षा

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १९० पटक पढिएको
  • लेटाङ घटना यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक जेल चलान

    विराटनगर / जिल्ला अदालत मोरङले छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको छ । लेटाङ नगरपालिका –५ स्थित शिक्षा माविमा कक्षा सातमा अध्ययनरत १२ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पौडेललाई न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षको लागि जेल चलान गर्ने फैसला गरेको हो । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले गत चैत ६ गते पक्राउ गरेको थियो । पौडेललाई जबरजस्तीकरणी उद्योगमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो । गत फागुन ४ गते होलीको दिन शिक्षक पौडेलले सोही विद्यालयमा कक्षा ७ मा पढ्ने

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • २१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.