शिक्षा

    Showing ७८१-७९० of १,००९ items.
  • ईशनाथ नगरपालिकामा क्रिकेट हेर्न २ दिन सार्वजनिक बिदा

    बिर्तामोड / रौतहटमा क्रिकेट हेर्न र व्यवस्थापनका लागि भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको छ ।रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले मेयरकप टी २० क्रिकेट प्रतियोगिता हेर्नका लागि फागुन २५ र २६ गतेका लागि नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।विज्ञप्ति जारी गर्दै नगरपालिकाले प्रतियोगिता अन्तिम चरणमा पुगेको हुँदा कर्मचारीसमेत सहभागी र व्यवस्थापनमा जुट्नु परेकोले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।सार्वजनिक बिदा दिन जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख सन्तोषकुमार मेहता र उपप्रमुख हुस्ने आराको हस्ताक्षरसमेत छ । 

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • १८२ पटक पढिएको
  • प्याब्सनको अध्यक्षमा हमाल सर्वसम्मत

    बिर्तामोड \ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ( नेशनल प्याब्सन ) को सातौँ केन्द्रीय महाधिवेशनले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुन् ।बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनबाट सह-अध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभा

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १८१ पटक पढिएको
  • अर्घाखाँचीमा छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

    झापा / अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी  बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जङ्गलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।डीएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १७३ पटक पढिएको
  • त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो

    काठमाडौं / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा परिमार्जन गरेको छ । आयोगले आज (आइतबार) देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो । ‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ । परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ । 

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • १८४ पटक पढिएको
  • भरतपुर महानगरपालिकाले दियो ७ सरकारी विद्यालयलाई स्कुल बस

    झापा / भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ ।गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ । महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । ती दुई विद्यालयलाई रु १७ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइँदै छ ।ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी माविलाई

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १७६ पटक पढिएको
  • त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले  रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।क्याम्पस विभाग र स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतय

    • प्रकाशित मितिः माघ २८, २०७८
    • २३८ पटक पढिएको
  • परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् ।सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्न

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २०० पटक पढिएको
  • एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं / परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७८ माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक  गरेको छ । तालिका अनुसार एसईई आगामी वैशाख ९ गतेबाट शुरु भई वैशाख २० गते सकिने छ । नौ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २१२ पटक पढिएको
  • एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने बोर्डको निर्णय

    काठमाडौं / माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • २३७ पटक पढिएको
  • क्याम्पस प्रमुखले मदिरा सेवन गरे पछि..............

    झापा /  कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका विरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन् । क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मर्यादा बिर्सेर मदिरा सेवन गरि लेखापाल माथि भौतिक आक्रमण गर्नुका साथै प्राध्यापकलाई गालीबेइज्जती र अभिभावकहरूलाई समेत ज्यान मार्ने धम्की भएको भन्दै कारवाहीको माग गदै प्रहरीमा परेको हो ।क्याम्पस प्रमुख सिंहले सोमबार बिहान मदिरा सेवन गरि लेखापाल पदमबहादुर विष्टमाथि हातपात गरेको पीडित लेखापाल बिष्टले बताए । खाँडाचक्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष महावीर पाण्डेले पनि बिना कारण लेखापाल माथि आक्रमण भएपछि आफू सह

    • प्रकाशित मितिः माघ २६, २०७८
    • २१८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.