शिक्षा

    Showing ८११-८२० of १,००९ items.
  • बाल्यकालको सपनालाई पेशा बनाउँछु : थापा

    बिर्तामोड / बिर्तामोड स्थित कञ्चनजङ्गा अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने राजेश थापा सानै उमेरबाट चित्रकलामा सक्रिय भएर लागेका छन । बाबू हरिचन्द्र थापा र आमा सविता थापाको एक्लो छोरोका रुपमा जन्मिएका थापा सानै बाल्य अवस्थाबाट नै   चित्र कोर्न रुचि राख्थे । उनले अहिले ५   स्केच ,पातकला , चित्रकला , बालुवा  कला , स्टेन्सिल आर्ट आदि प्रकारको कला जानेको कुरा बताए । फुर्सदको समयलाई सदुपयोग गरि कडा मेहेनत गरि सफलतालाई पछ्याउँदै गरेको कुरा उनी भन्छन् । राजेशले अहिले सम्म  २ घण्टा देखि लिएर ७४ घण्टा सम्म लाग्ने १०० भन्दा बढी  चित्र बनाइसकेका छ्न । चित

    • प्रकाशित मितिः पुस २९, २०७८
    • ५४३ पटक पढिएको
  • धुलावारी माध्यमिक विद्यालयलाई किन्जल फाउण्डेसन नेपालको सहयोग

    बिर्तामोड / मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले किन्जल फाउण्डेसन नेपालमार्फत सहयोग गरेका हुन् ।विद्यार्थीले फाउण्डेसनमार्फत रु तीन लाख १६ हजार सहयोग गरेको  प्रधानाध्यापक महेन्द्र विलाश लुइँटेलले जानकारी दिए । छात्रवृत्ति वितरणका लागि फाउण्डेसनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १९८ पटक पढिएको
  • नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

    विराटनगर  / अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कजेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । आइतबार रिले अनशनका लागि पुगेका विद्यार्थीहरूलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरूले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र शुल्क नतिर्ने विद्यार्थीलाई गत पुष १४ गतेदेखि कक्षामा प्रवेश निशेध गरेको थियो । चिकित्सा शिक्षा आयोगले तोकेको एमबिबिएस तर्फको शुल्क भन्दा नोबेलले २० लाखसम्म बढी असुल गर्न खोजेको भन्दै विद्यार्थीहरूले नोबेल प्रशासन विरुद्ध दुई साता देखि नाराबाजी ग

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १९१ पटक पढिएको
  • शिक्षामन्त्री पौडेल आइसोलेसनमा

    काठमाडौँ  / स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पौडेल आइसोलेसनमा बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ । आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएको र आरटी–पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको छ ।यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १७९ पटक पढिएको
  • कोरोना संक्रमण बढेसँगै माघ १५ सम्म विद्यालय बन्द

    काठमाडौँ / शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको सचिवस्तरीय बैठकले कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीले वार्षिक बिदामा मिलान हुने गरी विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरू छलफलमा बसेका थिए ।बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खो

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १८९ पटक पढिएको
  • बढ्दै कोरोना संक्रमण : १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

    काठमाडौं  / नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् ।‘हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ’, उनले भने, ‘यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन श

    • प्रकाशित मितिः पुस २५, २०७८
    • १८० पटक पढिएको
  • कोरोना सङ्क्रमण बढेपछि तुलसीपुर उपमहानगरका सबै विद्यालय बन्द

    दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ । विद्यालयहरूमा कोरोना सङ्क्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृतले २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । कोरोनाको दर तीव्र रूपमा बढ्न थालेपछि सङ्क्रमणको चेन ब्रेक गर्नका लागि उपमहानगर भरिका सबै विद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस २३, २०७८
    • २१८ पटक पढिएको
  • नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी सडकमा

    विराटनगर  / नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार राजमार्ग बन्द गरेका छन् । मनोमानी शुल्क असुली फिर्ता हुनुपर्ने माग गर्दै कलेजका विद्यार्थी तथा अन्य विद्यार्थी सङ्गठनले कञ्चनबारी चौकमा सडक अवरुद्ध गरेका हुन् ।विद्यार्थीहरूले नोबेलको मनोमानी विरुद्ध विभिन्न नारासहितका प्लेकार्ड बोकेर सडकमा बसेका छन् । उनीहरूको आन्दोलनका कारण सवारी आवागमन अवरुद्ध बनेको छ ।नोबेल मेडिकल कलेजले नोबेलमा एमबीबीएस अध्ययनरत विद्यार्थीसँग विभिन्न शीर्षकमा अतिरिक्त शुल्क बुझाउन दवाव दिदैं आएको छ । अतिरिक्त शुल्क बुझाउन नमानेका विद्यार्थीलाई कक्षाकोठा प्रवेश

    • प्रकाशित मितिः पुस २३, २०७८
    • २१५ पटक पढिएको
  • लोकसेवाको नतिजा प्रकाशनको माग गर्दै परीक्षार्थीको प्रदर्शन

    काठमाडौँ / लोकसेवा आयोगले दुई वर्षदेखि शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरूले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा  प्रदर्शन गरेका हुन् । परीक्षा दिएकाे दुई वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरू मानसिक तनावमा परेको भन्दै उनीहरूले नतिजा प्रकाशन गर्न दबाब दिएका छन् ।लोक सेवा आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन । प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी दिएको अन्तरिम आदेशका क

    • प्रकाशित मितिः पुस २२, २०७८
    • २०१ पटक पढिएको
  • पूर्वउपकुलपतिहरू भन्छन् - त्रिविको शैक्षिक गुणस्तर खस्कियो

    काठमाडौं / त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किएको बताएका छन्। यसो हुनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको उनीहरूको आरोप थियो।त्रिवि एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा आयोजित तेस्रो वार्षिक साधारण सभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा.तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको दाबी गरेका थिए।उनीहरूले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशो

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १८९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.