शिक्षा

    Showing ८५१-८६० of १,००९ items.
  • जेठो संस्कृत विद्यालय प्रति राष्ट्रपतिको चासोले

    महोत्तरी / राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीको मटिहानी नगरपालिका –७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिसरमै पुगेर अवलोकन गरेपछि विद्यालय परिवार उत्साहित भएका छन् । देशकै जेठो मानिने राजकीय संस्कृत माध्यमिक परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाएपछि उक्त विद्यालयका शिक्षक, विद्यार्थी र मटिहानी वासी उत्साहित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार विद्यालयको अवलोकन गर्दै विद्यालयका गतिविधिबारे जानकारी लिएकी थिइन् ।     “राष्ट्रपति भण्डारीले विद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे चासो देखाउनुभयो”, विद्यालयका प्रधानाध

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • २०३ पटक पढिएको
  • नेपालमा पहिलोपटक सन्थाली वर्णमाला सार्वजनिक

    बिर्तामोड / पूर्वी तराई भागमा बसोवास गर्दै आएका अत्यन्त लोपोन्मुख सन्थाली भाषाको सन्थाली वर्णमालाको लोकापर्ण गरिएको छ । आदर्श बहुमुखी क्याम्पसमा विविएस तेस्रो वर्षका विद्यार्थी शिवु मुर्मुद्वारा लिखित सन्थाली वर्णमाला (ओल चिकी)को पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विशेष कार्यक्रमकाबीच बिर्तामोडमा विमोचन गरेका हुन् । पाँच वर्षको खोज अनुसन्धानपछि मुर्मुले प्रकाशनमा ल्याएको वर्णमालाको पुस्तक विमोचन गर्दै पूर्वमन्त्री पोखरेलले राज्यले हरेक लोपोन्मुख भाषा, लिपि र संस्कृतिको संरक्षणमा ध्यान दिनु जरुरी भएको बताए । साथै, उनले राष्ट्रिय जनगणना चलिरहेको बेला धेरै यस्ता भाषी र जातिहरु

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • ६६५ पटक पढिएको
  • शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता

    काठमाडौँ / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज स्वदेश फर्किएका छन् ।  गत १० तारिखमा युनेस्कोको ४१ औँ महासभामा भाग लिन फ्रान्स गएका मन्त्री पौडेल आज (विहीबार) स्वदेश फर्किएका हुन् । उनले फ्रान्सको राजधानी पेरिसमा आयोजित कार्यक्रममा सहभागी जनाएका थिए । 

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १८२ पटक पढिएको
  • लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ खुलायो ठूलो सङ्ख्यामा भर्ना

     काठमाडौं  / लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औं तहमा विज्ञापन खुलाएको हो ।लोक सेवाले खुला, समावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलजिस्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १९० पटक पढिएको
  • विद्यालय खोल्न महानगरको निर्देशन

    विराटनगर  / विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विद्यालय खोल्न महानगरभित्रका सबै शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले निर्णय गरेर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको हो ।महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार कोभिड –१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव श्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट सञ्चालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए ।अधिकृत भट्टराईले हस्ताक्षर गरेक

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १९३ पटक पढिएको
  • पदाधिकारी विहीन बन्यो खुला विश्वविद्यालय

    बिर्तामोड / नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारी विहीन बनेको छ । तत्कालीन उपकुलपति प्राध्यापक डा. लेखनाथ शर्मा र तत्कालीन रजिस्ट्रार सहप्राध्यापक कमल ढकालको कार्यकाल पूरा भएपछि खुला विश्वविद्यालय पदाधिकारी विहीन बनेको हो।पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा.डा. इन्द्रबहादुर कार्कीले बताए ।विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा.डा. इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। उनले भने, ‘नीतिगत कामहरु सबै प्रभावित छ । लामो समयसम्म पदाधिकारी नियुक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ ।’पदाधिकारी तथा डी

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • २१८ पटक पढिएको
  • शिक्षण संस्थामा एमबिबिएस अध्ययनरत छात्र दुई महिनादेखि बेपत्ता

    काठमाडौँ / काठमाडौंको सानोभर्‍याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका –२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन ।काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरु गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए । ‘कलेजबाट निस्केर गएको भन्ने छ, हामी खोज्दै छौँ, कारण पत्ता लागिसकेको छैन’, बस्नेतले भने।उनका

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • २३२ पटक पढिएको
  • काठमाडौं विश्वविद्यालयलाई ३० करोड सहयोग

    बिर्तामोड / काठमाडौं विश्वविद्यालयलाई नर्वे सरकारले ३० करोड ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको इनर्जाइज नेपालका असिष्टेष्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले जानकारी दिए । यो सहयोग राशितसहित ‘इनर्जाइज नेपाल’ को कार्यक्रम अवधि ३९ महिनालाई थप गरिएको छ । यस कार्यक्रमअन्तर्गत १२ वटा प्रतिस्पर्धी अनुसन्धानमूलक आयोजना र १० वटा नयाँ व्यावसायिक योजनालाई खर्च हुने सन्जेलले बताए ।यसबाहेक १५ वटा विद्यावारिधि र ३० वटा एमएस्सी रिसर्चमा खर्च हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • २१६ पटक पढिएको
  • पढाइप्रति बालबालिकाको रुचिमा कमी

    पाल्पा / कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको किताबमा केन्द्रीत भई अध्ययन गर्नमा रुचीमा भने कमी भएको पाइएको छ ।न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताए । कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १८५ पटक पढिएको
  • शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

    काठमाडौँ  / सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए ।आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १७१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.