शिक्षा

    Showing ९७१-९८० of १,००९ items.
  • जनता सचेत हुनुपर्छः शिक्षामन्त्री

    चितवन /  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आएका श्रेष्ठले  भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन् । उनले भने “आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।” उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट  विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारेका छन् । उनले भने “विधि र प्रक्रिया पु¥याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।”

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • २०५ पटक पढिएको
  • एसईई र १२ कक्षाको परीक्षा जेठमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    काठमाडौं / बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ ।मन्त्रिपरिषद्को सोमवारको बैठकले कोरोना संक्रमणका कारण आगामी वैशाखभर मुख्य शहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन शुरू गरिहाल्नुपर्ने बताए । कतिपय विद्या

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • २११ पटक पढिएको
  • फेरि बाहिरियो पूर्वाञ्चल विश्वविद्यालयबाट प्रश्नपत्र

    विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयमा जारी परिक्षामा एक विषयको प्रश्नपत्र परिक्षा अघि नै सार्वजनिक भएको छ । केहि दिन अघि इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा अघि नै बाहिरिएको थियो। सो विषयमा प्रहरीले कही लाई पक्राउ गरी अनुशन्धान गरिरहेको समयमा फेरि इन्जिनियरिङ संकायकै दोस्रो सेमिस्टरको हाइड्रोलिक विषयकोे पनि प्रश्नपत्र सार्वजनिक भएको बताईएको छ । विश्वविध्यालयको गोप्य शाखाका कर्मचारीकै संलग्नतामा प्रश्नपत्र सार्वजनिक भएको आशंकामा प्रहरीले अनुशन्धान गरिरहेको विश्वविध्यालय स्रोतले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • ३०२ पटक पढिएको
  • विद्यालयलाई जुट्यो ५० लाख सहयोग

    गलकोट / गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग ९कोषवृद्धि०’ अभियानमार्फत रु ५० लाख सङ्कलन भएको छ । अभियानमा हालसम्म ३०० भन्दा बढी दाता जोडिएको विद्यालयले जनाएको छ ।विद्यालयको शैक्षिक÷भौतिक सुधारका लागि आर्थिक स्थिति मजबुत बनाउन गत वर्षदेखि सहयोग अभियान चलाइएको थियो । देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमीलगायतले आर्थिक सहयोग गरेको अभियानका संयोजक राज थापाले बताएका छन् ।संयोजक थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले संयुक्तरुपमा रु आठ लाख प्रदान गरी अभियानको शुभारम्भ गरेका थ

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १७३ पटक पढिएको
  • अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

    काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास भइनसकेको बताएका छन् । सूचना प्रविधिमार्फत विकृति फैल्याउनेलाई कसरी रोक्ने भन्ने विषयमा चुनौती देखिएको उनको भनाइ थियो ।सूचना प्रविधि क्षेत्र नीति, नियमको बन्धक भएको उल्लेख गर्दै उनले प्रयोगकर

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १७३ पटक पढिएको
  • कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

    चितवन (रासस) पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताएका छन् । कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले मानव स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भएकाले भीडभाडमा बच्चालाई पठाउनु जोखिम भएको बताएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै जिल्लाका संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य रोबी केयुले एउटा कक्षामा तीन÷चार जना विद्यार्थी कम आएको बताएका

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • १७१ पटक पढिएको
  • कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

    नेपालगञ्ज / कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिएका छन् ।नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • १६५ पटक पढिएको
  • शैक्षिक सुधारमा योगदान पुर्यायाउने अभिभावकको सम्मान

    काभ्रेपलाञ्चोक /  सामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ विद्यालयका ६५ अभिभावक तथा बेचानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित चार विद्यालका पाँच अभिभावकलाई सम्मान गरिएको छ । विद्यालयको शैक्षिक क्रियाकलाप, आफ्ना बालबालिकाको शिक्षा सुधार्ने उद्देश्यले समयसमयमा विद्यालयको निरन्तर अनुगमन–भ्रमण गर्नेमध्ये उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको नाङ्साल एशोसिएशन धुलिखेलले अध्यक्ष दिनेश लामाले बताएका छन् । अध्यक्ष लामाले आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा निरन्तर

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • १६५ पटक पढिएको
  • ‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित

    ललितपुर / वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई विहिबार प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको आयोजनामा भएको सो कार्यक्रममा शताब्दी पुरुष जोशीले बस्न्यातले समाज सेवाका लागि सबैलाई जागृत बनाएको बताए । कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गरेका छन् । हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले यस पटकला

    • प्रकाशित मितिः चैत २८, २०७७
    • १५५ पटक पढिएको
  • शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं  / विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थयले शिक्षा मन्त्रालयलाई शैक्षिक संस्थाको विषयमा पत्राचार नै गरिसकेको छ ।स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । १६ प्रतिशत बालबालिकामा कोरोना देखिएकाले विद्यालय खोल्न जोखिम रहेको स्वास्थ्य मन्त्रालयले भनेको छ ।स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् । शिक्षा मन्त्रालयले भ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • १६८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.