बाजुरा । बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।घाँस काट्न गएका बेला भीरबाट लगेर उनी गम्भीर घाईते भएकी स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएकी भण्डारीको कोल्टी आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए ।टाउँको सहित शरिरका विभिन्न भागहरुमा गम्भीर चोट लागेकोले कोल्टीमा उपचार सम्भव नभएकाले तारा एयरको हवाई जहाजमा नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्ति बाहिर काम गएर काम गर्नुपरेको बताएकी हुन् । उनले भनिन्, ‘अहिले भएको रणनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज र समान पहुँच, दोस्रोमा साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुरा छ । मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान भएको मानिस पहिलाको तुलनामा बढेका छन् । केही नभएपनि वर्षमा १०, १२ जना मनोचिकित्स
काठमाडौं— सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया लगातार दोस्रोपटक पनि रोकिएको छ। सिफारिस समितिले दुई चरणमा सूचना जारी गरे पनि एक जनाले पनि दरखास्त नदिएको विश्वविद्यालयले जनाएको छ।समितिले पहिलोपटक कात्तिक १६ देखि ३० गतेसम्म आवेदन मागेको थियो। इच्छुक नआएपछि पुनः समय थप गर्दै मंसिर ५ गते सम्मको म्यादमा पनि कुनै निवेदन परेको छैन।यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले खुला आह्वान गर्दै स्वास्थ्य क्षेत्रमा प्राध्यापक तहसम्म काम गरेको, विद्यावारिधी प्राप्त तथा योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आग्रह गरेका छन्। “दुई पटकको विज्ञापनमा पनि
जनकपुर— जनकपुरधाममा महिला/मानव अधिकार रक्षकहरुले महिला हत्या/हिंसा विरुद्ध र्याली निकालेका छन् ।शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त ¥याली निकालेका हुन ।कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथी समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानविन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् । महिलामाथि हुने हत्या/हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस,
सप्तरी— सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर प्राङ्गणमा आयोजित एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सोसल लाइफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको शिविरमा ४५७ महिला र ३०० पुरुष गरी कुल ७५७ जनाले आँखा परीक्षण गराएका नगरप्रमुख विरेन्द्र माझीले जानकारी दिए।शिविरमा १५० देखि २०० जनासम्म सेवा दिने लक्ष्य राखिए पनि अपेक्षाभन्दा धेरै बढी नागरिक उपस्थित भएपछि साँझसम्म ७५७ जनाले सेवा लिन सफल भएका थिए। तीमध्ये ११३ जनामा मोतियाविन्दु देखा परेको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख माझीले बताए।शिविरमा चौ
काठमाडौं— ‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।खाद्य तथा कृषि सङ्गठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो । बढिरहेको आधुनिकीकरणको प्रभावले समाजमा आइरहेको सकारात्मक एवं नकारात्मक परिवर्तनहरू कति देख्न सक्ने हुन्छन् भने कति देख्न नसक्ने खालका हुन्छन् । त्यसमा माटो पनि पर्छ, माटोमा आएको परिवर्तन, माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ । त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउ
काठमाडौं— आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सबै सदस्यराष्ट्रमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।‘हरेक योगदानको महत्व छ’ भन्ने २०२५ को नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछ । चाहे केही घण्टा सहयोग होस् व
भोजपुर— टेम्केमैयुङ गाउँपालिका–७, कोटमा निर्माणाधीन १५ शैय्याको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण पाँच वर्षदेखि अधुरै छ। काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि स्थानीय बासिन्दा निराश भएका छन्।विसं २०७८ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभी ले जिम्मा लिएको परियोजना २०८० असारमै सकिनुपर्ने थियो। तर सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि करिब १० प्रतिशत मात्र काम भएको गाउँपालिकाले जनाएको छ। निर्माण व्यवसायी विवेश कार्की लामो समयदेखि सम्पर्कमा छैनन्।अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक रु १० करोड १३ लाख ८३ हजार रहेको छ। हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी बुझेक
काठमाडौं— कन्सल्टेन्सी तथा निजी व्यावसायिक संस्थाहरूले चिकित्सकको नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गरी व्यापारिक प्रचार–प्रसार बढाएका घटनापछि नेपाल मेडिकल काउन्सिलले कडा चेतावनी दिएकोे छ । काउन्सिलका रजिस्ट्रार डा.सतिशकुमार देवद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य कानुन विपरीतमात्र नभई व्यावसायिक आचारसंहिताविरुद्ध रहेको उल्लेख गरिएको छ ।काउन्सिलले चिकित्सकले कुनै पनि कन्सल्टेन्सी, क्यारेयर–गाइड सेवा, शैक्षिक एजेन्सी वा निजी व्यापारिक संस्थाको बोर्ड, पोस्टर, ब्यानर, डिजिटल साइनबोर्ड तथा ब्रान्डेड सामग्रीमा आफ्नो नाम, फोटो वा डिग्री राखेर प्रमोसन गर्न नपाइने स्पष्ट पारेको छ । ‘कोड अफ इथिक्स एन्ड प
एजेन्सी— भारत गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र छ । शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन् । नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन् । चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरू पार गरेका छन्। कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो ।तर मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसल
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.