स्वास्थ्य

    Showing 1-10 of 2,501 items.
  • सहमति कार्यान्वयनमा ढिलाइप्रति इन्टर्न चिकित्सक आक्रोशित, फेरि अनशनको चेतावनी

    काठमाडौं—  सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्। ‘एमबिबिएस/बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपाल’ ले सहमति भएको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयनतर्फ ठोस पहल नभएको भन्दै असन्तुष्टि जनाएको हो।मुभमेन्टका संयोजक डिल्ली हरिजनका अनुसार गत साउन २२ गते अनशनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट आवश्यक निर्णय हुनुपर्ने थियो। तर १६ दिन बितिसक्दा समेत त्यसतर्फ कुनै ठोस प्रगति नभएको उनको भनाइ छ।इन्टर्न चिकित्सकहरूको प्रमुख माग जीवन निर्वाह भत्ता वृद

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • 382 पटक पढिएको
  • सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको भीड, ओपीडी टिकट लिन घण्टौँ लाइन

    काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा बिहानैदेखि ओपीडी टिकट लिन आउने बिरामी र आफन्तको लामो भीड लाग्ने गरेको छ।अस्पतालमा बिहान करिब ५ बजेदेखि नै ओपीडी टिकट लिन बिरामीहरू लाइनमा बस्न पुग्ने गरेका छन्। टिकट लिनकै लागि घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीहरूको गुनासो छ।बिरामीको संख्या बढ्दै गए पनि टिकट व्यवस्थापन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन नसक्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ। विशेषगरी बिहानको समयमा अस्पताल परिसरमा बिरामी तथा आफन्तको भीड बाक्लो देखिने गरेको छ।ओपीडी सेवा लिन आउनेमध्ये कतिपय बिरामीले लामो समय लाइनमा बस्नुपर्दा उ

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 96 पटक पढिएको
  • भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

    चितवन। यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ । बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ । बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको छ । तीन त्यस्ता कार्यक्रम गरी सकिएको छ । उहाँले भन्नुभयो, “यहाँ आउने सेवाग्रा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 200 पटक पढिएको
  • काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    काभ्रेपलाञ्चोक। काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता जनाइएको छ ।  सो विषयमा संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखले यस्तो प्रतिबद्धता पनि जनाएका छन् । स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले काभ्रेपमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हालसम्म प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गर्दै यसबाट उच्च रक्तचापबाट उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा सहयोग पु

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 188 पटक पढिएको
  • नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    काठमाडौँ। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेकोे निःशुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको छ । ती शिविरमा कारागारका कर्मचारी, कैदीबन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिनुभयो । अस्पतालले नख्खुमा कारागारमा कैदीबन्दी, थुनुवा तथा कर्मचारीका लागि सञ्चालन गरेको शिविरमा ९०७ सेवाग्राहीको आँखा परीक्षण गरेको थियो । त्यहाँ आँखा

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 246 पटक पढिएको
  • पर्वत परियारलाई गाउँबाटै झिकाएर डा. सुनील शर्माले गराए निःशुल्क उपचार

    काठमाडौं / चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् ।उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पु¥याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत लिएर उदाहरण बनेका हुन् ।कालिकोटको खाँडाचक्र नगरपालिका–२ का पर्वत पाइल्सको समस्याबाट चार वर्षदेखि पीडित छन्। जिल्ला अस्पतालमा उपचार गराउँदा अवस्था गम्भीर रहेको र क्यान्सरको आशंकासमेत गरिएको भन्दै थप उपचारका लाग

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 135 पटक पढिएको
  • बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुरा। बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् । पर्याप्त जनशक्ति र औषधि उपकरणको अभावका बीच पनि जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।मुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि अस्पताल सञ्चालन गरेको हो । जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभर २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो ।जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण भएको १० शय्याको अस्पताल रु ११ करोड

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 202 पटक पढिएको
  • नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

    काठमाडौँ। विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ ।  लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ ।   स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए । पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 232 पटक पढिएको
  • मोबाइलबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

    दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपीडी’ टिकट लिन सक्ने भएका छन् । सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको हो । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्डमार्फत ‘लगइन’ गर्न सक्नेछन् । एपमा प्राप्त हुने ओटीपी कोड राखेर सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यो सेवा आजदेखि सञ्चालनमा ल्याइएको हो । प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले सरकारको सुशासन अभियानलाई साथ दिँदै सूचना प्रविधिको युगलाई व्यवहार

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 220 पटक पढिएको
  • प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

    भद्रपुर। झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ ।  अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् । अघिल्लो आव २०८१/८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए ।  त्यस्तै, आव २०८०/८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालको

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.