स्वास्थ्य

    Showing १,०११-१,०२० of २,५०८ items.
  • दादुराको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    झापा / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेला विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेला विरुद्धको खोप नलगाएकाहरू मा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बाल

    • प्रकाशित मितिः पुस २७, २०७९
    • ३५७ पटक पढिएको
  • कोरोना जोखिम: वीरगञ्ज नाकामा उच्च सतर्कता

     पर्सा / भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो । कोरोना भाइरसको सङ्क्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाह थालिएको छ  । हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राज

    • प्रकाशित मितिः पुस १५, २०७९
    • २१४ पटक पढिएको
  • स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

    काठमाडौँ  / स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए । प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस गरिएको (रेफरल) अस्पतालमा उपचार गर्दा १० प्र

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ३५७ पटक पढिएको
  • विवाहको भोज खाँदा ८० जना भन्दा बढी बिरामी

    पाल्पा  / विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका –१ चिर्तङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन् । मंसिर १७ गते शनिबार चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरू बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जानकारी दिए । घोरबन्दा गाउँका ताराबहादुर गाहा, रिखीराम गाहा, दलबहादुर गाहा, गुनबहादुर गाहालगायत दर्जन बढी परिवारका सबै बिरामीलाई सोमबार जाँच गरिएको स्वास्थ्यचौकी प्रमुख बस्यालले बताए ।बिरामी भएकाहर

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • २३० पटक पढिएको
  • झापामा बढ्दै एचआइभी एड्स सङ्क्रमित, पछिल्लो चार महिनामा ३७ जनामा संक्रमण

    बिर्तामोड / झापामा पछिल्लो चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । गत साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन् । गत वर्ष ३० जनामा एचआइभी एड्स सङ्क्रमण भएको थियो । जिल्लामा हाल छ सय ३६ एचआइभी सङ्क्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् । दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुर अन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १९८ पटक पढिएको
  • कोरोना बीमाको भुक्तानी आजदेखि सुरु

    झापा / निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी गर्ने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार बीमा कम्पनीहरूले आजदेखि भुक्तानी दिने भएका हुन् ।बीमा कम्पनीहरूको छाता सङ्गठन बिमक सङ्घले पनि कोरोना बीमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरेको छ । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक सङ्घले जनाएको छ ।सङ्घका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले निकासा गरेको र बीमा प्राधिकरणसहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • १९७ पटक पढिएको
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिन ओपीडी सेवा बन्द

    झापा / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदै छ ।  सरकारले उक्त दिन  सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द हुने भएको हो ।प्रतिष्‍ठानका अनुसार अस्पताल तर्फको  अन्तरंग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरङ्ग सेवा (ओपीडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने छ । 

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • २३९ पटक पढिएको
  • डेङ्गु र निमोनियाबाट पीडित ९ महिने बच्चाको उपचार डा. शर्माले निशुल्क गरिदिने

    मोरङ / मोरङ क्षेत्र नम्बर -३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल शर्माले डेङ्गु र निमोनियाबाट पीडित ९ महिने  बच्चाको उपचार निशुल्क गरिदिने भएका छन् । मोरङको उर्लाबारी निवासी कलाकार तथा प्राविधिक श्याम गिरिको ९ महिनाका छोरा शुभम् गिरि उपचार नोबल अस्पताल विराटनगरमा शतप्रतिशत छुट गरिदिने भएका हुन् ।नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आव्हानमा उक्त छुट भएको हो । डेङ्गु र निमोनिया लागेर उर्लाबारीको अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरको नोबल अस्पतालमा भर्ना गरिएको थियो । आर्थिक अवस्था कमजोरी भएका कारण उपचारमा खर्च अभावले बिरामीको परिवार आर्थिक सहयोगको अपेक्षामा थियो । बिरामीको अवस्था स

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २५५ पटक पढिएको
  • यस्ता छन् खाली पेटमा लसुन खानुका फाइदा

    काठमाडौं / मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुप्पो एकाबिहानै खाँदा धेरैथरि रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ । तपाईं मुसा तथा फंगल सङ्क्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ ।लसुनका अन्य पनि धेरै फाइदा छन् ।  1 लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । 2 लसुनले पेनकि

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • ३१९ पटक पढिएको
  • पोलियोविरुद्धको खोप तालिका परिवर्तन

    काठमाडौं / सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिइने पोलियोविरुद्धको एफआईपीभी खोपको तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पोलियोविरुद्धको एफआईपीभी खोपको तालिका परिवर्तन गरिएको जानकारी दिएको हो । साथै मन्त्रालयले अब सोही तालिका अनुसार लगाउन अनुरोध गरेको छ ।परिवर्तित तालिकाअनुसार एक वर्षमुनिका बालबालिकालाई यसअघि ६ र १४ हप्तामा गरी दुई मात्रा दिइँदै आएकामा अब १४ हप्ता र नौ महिनामा गरी दुई मात्रा दिइनेछ । यस्तै, एक वर्षसम्मका खोप लगाउन छुटेका बालबालिकालाई यसअघि पाँच वर्षभित्र आठ हप्ताको फरकमा दुई मात्रा दिइँदै आएकामा अब चार महिनाको फरकमा दुई मात्रा दिइने मन्त्रालयले

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • १९१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.