स्वास्थ्य

    Showing 1,021-1,030 of 2,502 items.
  • आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

    काठमाडौँ / सरकारले आज र भोलि  देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।बालबालिकालाई स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको छ ।  भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 308 पटक पढिएको
  • तीब्र रूपले फैलँदै डेंगु , एकैदिन ११११ जनामा संक्रमण पुष्टि

    काठमाडौं / देशभरमा पछिल्लो २४ घण्टामा थप एक हजार १११ जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमितको संख्या ४० हजार २९ पुगेको हो । डेंगु सङ्क्रमणबाट हालसम्म ४८ जनाको मृत्यु भएको छ । विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । मन्त्रालयले डेँगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ ।  

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 221 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं / नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भएको १ हजार १६२ परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस अवधिमा ७ जना संक्रमणमुक्त हुँदा १९ हजार २४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । देशभर ६८८ जना सक्रिय संक्रमित हुँदा पछिल्लो २४ घण्टा कसैको पनि मृत्यु भएको छैन ।  

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 262 पटक पढिएको
  • चितवन मेडिकल कलेज तोडफोडमा संलग्न तीनजना पक्राउ

    झापा / चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नौजनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूमध्ये तीनजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका -१३ का धनबहादुर बिक, जीवन सुनार र विकास बहादुर दमाइ रहेका छन् । अस्पतालका तर्फबाट उनीहरूसहित नौजनाविरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उनले बताए । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीविरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिए ।  स्वास्थ्यकर्मी

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 187 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं  / पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ५१ हजार ७९७ पुगेको छ ।यो सँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४ जना क

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 159 पटक पढिएको
  • भारतमा एकै दिन ४ हजार ८५८ नयाँ कोरोना संक्रमित थपिए

    एजेन्सी / भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड ४५ लाख ४९ हजार ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ हजार ८५८ नयाँ कोरोना संक्रमित थपिएसँगै सङ्क्रमितको संख्या यति पुगेको हो । जसमध्ये सक्रिय सङ्क्रमितको संख्या ४८ हजार २७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ।योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ। पछिल्लो

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 185 पटक पढिएको
  • विश्‍व स्वास्थ्य संगठनको सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर

    काठमाडौं / विश्‍व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रुपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायब महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन् ।दशै तिहार छठ लगायतका ठूला पर्वहरूमा मादक पद

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 180 पटक पढिएको
  • दुवै मिर्गौला फेल भएका झापाका राजुलाई सहयोग गरिदिन परिवारको अपिल

    विराटनगर / झापा गौरादह -६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच गर्दा उनको दुबै मिर्गौला फेल भएको थाहा भयो । राजुकी आमा सीतादेवी खत्रीले भनिन्, ‘दुई वटै मिर्गौला एकै पटक फेल भएको रिपोर्ट आयो ।’ नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बूढीगंगा स्थित विराट टिचिङ अस्पतालमा राखिएको उनले बताइन् । त्यहाँबाट फेरी काठमाडौं स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 212 पटक पढिएको
  • डेंगु संक्रमण :२४ घण्टामा ५४० जना नयाँ संक्रमित फेला , २ को मृत्यु

    काठमाडौं / डेंगु सङ्क्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने ५४० जनामा डेंगु संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु सङ्क्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेँगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङ बाहेक सबै जिल्ला देखिएको डेँगुबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 250 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

    बिर्तामोड / लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले पालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न पालिकाले आजबाट यो अभियान सञ्चालन गरेको हो ।बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उमा उप्रेतीका अनुसार बुद्धशान्ति गाउँपालिका डेङ्गु जोखिमपूर्ण  क्षेत्र हो । उनले दिएको जानकारी अनुसार बुद्धशान्तिमा डेङ्गु  संक्रमण दिन प्रतिदिन बढिरहेको छ । बुद्धशान्ति गाउपालिका स्वास्थ्य शाखा र बुद्धशान्ति गाउपालिका -४ स्वास्थ्य एकाइको संयुक्त आयोजनामा सञ्चालन गरिएको अभियानमा पालिका भित्र रहेका जनप्रतिनिधि , क

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 381 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.