स्वास्थ्य

    Showing १,०४१-१,०५० of २,५०८ items.
  • प्रादेशिक अस्पताल भद्रपुरलाई दुइ सय शय्याको बनाउने प्रदेश १ सरकारको निर्णय (भिडियाेसहित)

    झापा / प्रदेश १ मन्त्रिपरिषद्को बिहीबारको बैठकले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गरी २ सय शय्याको बनाउने निर्णय गरेको छ  ।प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा यस अस्पतालको स्तरोन्नतिको गर्ने निर्णय गरेको हो ।यस्तै बैठकमा भोजपुर जिल्ला अस्पतालको पनि स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय भएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको मिति २०७९ असोज ५ गतेको निर्णय प्रचलित कानूनसमेतको दायरा

    • प्रकाशित मितिः असोज ७, २०७९
    • २८९ पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो

    एजेन्सी  / पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरूमा डेङ्गुको ज्वरोले धेरै मानिस बिरामी परेका हुन् ।  सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । सिन्ध प्रान्तमा मात्र गएको २४ घन्टा तीन सय २३ जनालाई डेङ्गु संक्रमण पुष्टि भएको छ ।यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ ।कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र

    • प्रकाशित मितिः असोज ६, २०७९
    • २८५ पटक पढिएको
  • ७४ जनामा कोरोना संक्रमण पुष्टि

    झापा / नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।साथै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ भने पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन्।

    • प्रकाशित मितिः असोज ४, २०७९
    • २६६ पटक पढिएको
  • अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि जबर्जस्ती काठमाडौं लैजाने तयारी

    धनगढी  / चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइने भएको छ । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि सरकारले मंगलबार डा. केसीलाई काठमाडौँ ल्याउन लागेको हो ।  अस्पतालले सोमबार डा. केसीको शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम भएको, मांसपेशी सुक्दै गएको, पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको, पोषण तत्व र पानीको मात्रा कम भएर जटिलता बढ्दै गएको जनाएको छ । स्वास्थ्यमा जटिलता देखिएपछि गृह मन्त्रालयको पहलमा डा. केसीलाई काठमाडौं ल्याउन लागिएको हो । अहिले सेतीमा अस्पतालमा सुरक्षाकर्मी तैनाथ

    • प्रकाशित मितिः असोज ४, २०७९
    • ३१५ पटक पढिएको
  • डेङ्गी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

    काठमाडौँ / नेपालमा डेङ्गी सङ्क्रमणबाट  मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।काठमाडौँमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाडौँ  उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ७१ पुगेको छ । उपत्यकाबाहिर मकवानपु

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ३७६ पटक पढिएको
  • डा. केसीको स्वास्थ्य नाजुक, सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह (भिडियोसहित)

    कैलाली / कैलालीको धनगढीमा ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।सोमबार सेती अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको भन्दै अन्यत्र लैजान आग्रह समेत गरेको छ ।  अस्पतालले विशिष्टीकृत अस्पतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।अस्पतालले जारी गरेको विज्ञप्तिमा केसीलाई पेट दुख्ने, कमज

    • प्रकाशित मितिः असोज ३, २०७९
    • २२१ पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट थप एक जनाको मृत्यु

    चितवन / जापानिज इन्सेफ्लाइटिसका कारण  चितवनमा थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि पनि माडी नगरपालिका –१ चैनपुरकी ६० वर्षीया वृद्धाको इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको थियो । अन्य ८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ ।सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन्

    • प्रकाशित मितिः असोज ३, २०७९
    • ३०६ पटक पढिएको
  • पछिल्लो २४ घण्टमा थप ५९ जनामा कोरोना संक्रमण

    काठमाडौँ / पछिल्लो २४ घण्टमा देशभरमा  थप ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित थपिएका हुन् ।एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८३० जना सक्रिय संक्रमित छन् । १६१ जना संक्रमित निको समेत भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

    • प्रकाशित मितिः असोज २, २०७९
    • २७१ पटक पढिएको
  • नोबेल शिक्षण अस्पतालका सञ्चालक शर्माले गरिदिए मुटु रोगी चौधरीको निःशुल्क उपचार

    विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । बिपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिदिएको हो ।स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन । कालिचरणका छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुवई गएका छन्, विदेश जाँदा लागेको ऋ

    • प्रकाशित मितिः असोज २, २०७९
    • ३०७ पटक पढिएको
  • शुक्रबार देशभरमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं / शुक्रबार देशभरमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये १ हजार ९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रम

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २४४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.