स्वास्थ्य

    Showing १,०७१-१,०८० of २,५०८ items.
  • कोरोना अपडेट : आज थप पाँच सय ५३ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / देशभर आज थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३७८९ नमूना परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०४० र एन्टिजेनबाट १७४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५१ र एन्टिजेनबाट १०२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४३३ जना कोरोना मुक्त भएका छन् भने हाल कोरोना सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ६५९ पुगेको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    • प्रकाशित मितिः साउन २२, २०७९
    • २४८ पटक पढिएको
  • कोरोना अपडेट : आज थप ६६० जनामा संक्रमण पुष्टि, एकको मृत्यु

    बिर्तामोड / नेपालमा आज थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४४४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित मध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका

    • प्रकाशित मितिः साउन २१, २०७९
    • १९४ पटक पढिएको
  • कोरोना अपडेट : नेपालमा एकै दिन ९१२ जनामा कोरोना पुष्टि, एकको मृत्यु

    बिर्तामोड / पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितहरूको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ३३ हजार ५५२५ पुगेको छ ।नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या पाँच हजार ७ सय नाघेको छ । त्यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७० पुगे

    • प्रकाशित मितिः साउन २०, २०७९
    • २७० पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण

    झापा / देशभरमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना

    • प्रकाशित मितिः साउन १९, २०७९
    • ३८१ पटक पढिएको
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य र मेसुमा यादव नियुक्त

    धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भवानी खापुङले कांग्रेसकी प्रभावशाली नेता तथा सांसद डा. डिला संग्रौलाका श्रीमान् सूर्य संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।  प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सहकुलपति समेत रहेका मन्त्री खापुङले उनलाई नियुक्त गरेको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि एक वर्षदेखि सो पद रिक्त थियो । प्रतिष्ठानको अस्पताल निर्देशक (मेसु) मा भने डा. जगतप्रसाद यादव नियुक्त भएका छन् ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • ३२८ पटक पढिएको
  • ‘धनाढ्य र बुद्धिजीवी व्यक्तिहरूबाटै स्तनपानमा हेलचेक्र्याइँ भयो’

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन्।  मंगलबार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे।  उनले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरू बस्ने बागमती प्रदेश र काठमाडौंमा ब

    • प्रकाशित मितिः साउन १७, २०७९
    • २१४ पटक पढिएको
  • मंकीपक्सबाट एक भारतीय युवकको मृत्यु

    झापा / भारतको दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार ती व्यक्तिको परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको थियो । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जको भनाइ छ ।मंकीपक्सका कारण मृत्यु हुने अफ्रिकाबाहेकका यी चौथो व्यक्ति हुन् । मंकीपक्सका कारण यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मृत्यु भएको थियो ।संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए

    • प्रकाशित मितिः साउन १७, २०७९
    • १९८ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण

    काठमाडौं / पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९  परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमित मध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।

    • प्रकाशित मितिः साउन १६, २०७९
    • २९२ पटक पढिएको
  • कोरोनाका कारण मृत्यु हुनेकाे संख्या बढ्दै : एक सातामा १२ जनाको मृत्यु

    बिर्तामोड / कोरोना भाइरस सङ्क्रमणका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दुई जना थपिएसँगै एक सातामै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।साउन लागेयता मात्र १४ जनाको ज्यान गएको छ । विज्ञहरूले आगामी केही साता संक्रमण र मृत्यु संख्या बढ्ने बताएका छन् । ज्यान गुमाएका १४ मध्ये १२ जना खोप नलगाएका हुन् । खोप लगाएका दुई जनामध्ये १ जनाले एक मात्रा लिएका र मधुमेह तथा उच्च रक्तचापले ग्रस्त थिए भने अर्का ७५ वर्षीय पुरुषले पूर्ण मात्रा खोप लगाए पनि क्यान्सर, दम, उच्च रक्तचापलगायत स्वास्थ्य समस्यामा थिए । ‘पछिल्लो समय खोप नलगाएकाहरूलाई अ

    • प्रकाशित मितिः साउन १५, २०७९
    • २५९ पटक पढिएको
  • आर्या न्यूरोमा ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया

    विराटनगर / विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा एक जनाविरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ ।मोरङको सुन्दरहरैचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोदकुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा . पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका छन् । १७ दिन अगाडि अर्थात २६ साउनमा टाउको दुखेपछि साह बेहोस भएका थिए । ‘१० मिनेट जति बेहोस भएपछि रगत नै बमिट पनि गर्नुभयो । हामीले आतिएर विराटनगरको विराट टिचिङ्ग हस्पिटलमा लिएर गयौं । त्यहाँ २४ घण्टा आइसिय

    • प्रकाशित मितिः साउन १३, २०७९
    • ६२८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.