स्वास्थ्य

    Showing १,१०१-१,११० of २,५०८ items.
  • देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

    झापा / पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये २७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसन र ३ जना आईसीयूमा छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २० हजार १६७ पुगेको छ ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • २३४ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना संक्रमित भेटिए

     झापा / पछिल्लो २४ घण्टामा देशभर ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय २५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २ हजार ९ सय ३३ जनाले खोप लगाएका छन्।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४२ रहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०७९
    • ३४५ पटक पढिएको
  • मंकीपक्सको आशंका गरिएका बिरामीमा कुष्ठ पुष्टि

    काठमाडौं / मंकीपक्सको आशङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएका युवकमा कुष्ठरोग भएको पाइएको छ । अस्पतालले गरेको प्रयोगशाला परीक्षणमा ती युवकलाई मंकीपक्सको नभई कुष्ठरोग भएको पत्ता लागेको हो।मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक दुबईबाट नेपाल आएका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले उनलाई मंकीपक्सको आशङ्कामा सिधै टेकु अस्पताल रिफर गरेका थिए।अस्पताल स्रोतका अनुसार सुरुमा मंकीपक्सको आशङ्कामा भर्ना गरिएपनि परीक्षणबाट कुष्ठरोग भएको पुष्टि भएको हो।

    • प्रकाशित मितिः असार ३, २०७९
    • २०२ पटक पढिएको
  • बालबालिकाको लागि २२ लाख खोप आइतबार आउने

    काठमाडौँ / पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ । खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो । परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरि

    • प्रकाशित मितिः असार २, २०७९
    • ३२९ पटक पढिएको
  • डा.शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार

    विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक  डा. सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा. शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराइरहेका हुन् ।डाक्टरसहितको टोली एम्बुलेन्समा जाने र गाउँका बिरामीको खोजीखोजी उपचार गर्ने गरिएकाले एम्बुलेन्स क्याम्प नाम दिइएको हो । हरेक दिन दुई टोली डाक्टरहरू टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरूको उपचार गर्ने गरेका छन् । भिडियो

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • २०४ पटक पढिएको
  • बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज

    झापा / देशभरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । पूर्ण खोप लगाएको तीन महिना नाघेका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई बुस्टर डोज  लगाउन लागिएको हो। यो उमेर समुहका ३४ लाख बालबालिका छन्।  ती मध्ये पूर्ण खोप लगाएका बालबालिकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। यसैगरी, स्वास्थ्य मन्त्रालयले ९ असारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने जनाएको छ ।देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिने तयारी छ । अभियान अन्तर्ग

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • २९८ पटक पढिएको
  • रगतको मूल्य बढ्यो, प्रतियुनिट कति ?

    झापा / सरकारले रगतको मूल्य पहिलेको भन्दा दोब्बरले बढाएको छ । स्वस्थ व्यक्तिले सेवा भावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउनका लागि दान दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने आवाज उठाइरहेको बेला सरकारले रगतको मूल्य बढाएको हो।सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपै

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ३१५ पटक पढिएको
  • स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा असार २२ देखि २४ सम्म

    काठमाडौँ  / नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा असार २२, २३ र २४ गते हुने भएको छ । परिषदले सूचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असारको २२ देखि २४ गतेसम्म गर्ने निर्णय भएको जनाएको हो। उक्त परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने भनिएको छ। यस्तै, प्रवेश तालिका र प्रवेशपत्रका लागि परिषद्को आधिकारिक वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ।

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • १९० पटक पढिएको
  • नवजात शिशुको मृत्यु भएपछि कोशी अस्पताल तनावग्रस्त

    विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।मोरङको बेलबारी –७ बाहुनी घर भएकी २४ वर्षीया स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल आज बिहानदेखि तनावग्रस्त बनेको हो ।श्रीमान दिपेन्द्र श्रेष्ठका अनुसार शुक्रबार राती ८ बजे नर्मल डेलिभरीबाट स्वितमाले छोरीलाई जन्म दिएकी थिइन् ।  शिशुले दिशा मुखमा परेको भन्दै उपचार गर्न लगिएकोमा राती ११ बजे मृत्यु भएको खबर आएको दिपेन्द्रले बताए । तर, बिहान डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको ‘स्टील बन्थ’ भनेर लेखेको पाइएको दिपेन्द्रले बताए । यस विषय बुझ्न खोज्दा आफूहरूलाई चिकित्सकसँग अ

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • १९७ पटक पढिएको
  • सुर्तिजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक २७ हजारको मृत्यु

    काठमाडौं / राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तिजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको बताएका छन् । शर्माले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताएका हुन् । सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • १८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.