स्वास्थ्य

    Showing १,१३१-१,१४० of २,५०८ items.
  • अब प्रत्येक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज

    झापा / सरकारले हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज स्थापनाको काम अघि बढाएको छ । चिकित्सा क्षेत्रमा जनशक्ति अभाव हुन नदिन र ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने योजना अनुसार मेडिकल कलेज स्थापनाको काम अघि बढाएको हो । २०८० सालसम्ममा हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने व्यवस्था चिकित्सा शिक्षा ऐन मै छ । शिक्षा मन्त्रालयले भने हरेक प्रदेशमा मेडिकल कलेज र प्रतिष्ठान गरि दुई–दुई वटा स्थापना गर्न लागेको हो । त्रिभुवन र काठमाडौं विश्वविद्यालयका २१ वटा मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको पढाइ हुन्छ । त्यसमध्ये महाराजगन्ज र सेनाको मेडिक

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • २२१ पटक पढिएको
  • अब कोसी अस्पतालमै बच्चाको क्यान्सरको उपचार

    विराटनगर / मोरङको विराटनगरस्थित कोसी अस्पतालले कान्ति बाल अस्पतालसँगको सहकार्यमा बच्चाको क्यान्सरको उपचार सेवा सुरु गरेको छ ।कान्ति बाल अस्पतालबाट बच्चाका क्यान्सर रोग विशेषज्ञ डा. विश्व गिरीसहितको टिम आएपछि अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गरेको हो ।क्यान्सरको उपचारको लागि कोसी अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीको नेतृत्वमा टिम रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए । क्यान्सर लागेका बिरामी बच्चालाई काठमाडौं लानुपर्ने भएकोमा अव त्यो झन्झटबाट मुक्त भएको मेडिकल सुपरिटेन्डेन्ट खरेलको भनाइ छ । खरेलका अनुसार अस्पतालमा मानव अङ्ग प्रत्यारोपण केन्द्रसँग सह

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १८५ पटक पढिएको
  • बीपी नेल बिक्री प्रकरण : छानबिन समितिका संयोजक डा. वस्तीद्धारा राजिनामा

    धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नेल बिक्री प्रकरणको छानबिन समितिका संयोजक तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. हरिहर वस्तीले पदबाट राजिनामा दिएका छन् । बीपी प्रतिष्ठानको छानबिनपश्चात् असन्तुष्टि जनाउँदै आएका डा. वस्तीले काउन्सिलको निर्णयप्रति असन्तुष्ट जनाउँदै पदबाट राजिनामा दिएका हुन् । शुक्रबार काउन्सिलका अध्यक्षमार्फत नेपाल सरकारलाई राजीनामा पत्र बुझाएको डा. वस्तीले जानकारी दिए । गत पुष २७ गते सिरहा कल्याणपुर नगरपालिका –११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामा कुन रड लगाउने भन्ने विषयमा डा. कलवारको समूहमा विवाद उत्पन्न भएको थियो । उक्त घटनाको

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • २०९ पटक पढिएको
  • भारतमा तीब्र रूपले बढ्दै कोरोना संक्रमण

    झापा / भारतमा  पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ७५ जना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारी अनुसार कोरोना सङ्क्रमणको गति तीब्र रूपले बढिरहेको छ ।मन्त्रालयका अनुसार शुक्रबार भारतमा चार जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको थियो ।योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ३० लाख नाघेको छ । सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १९२ पटक पढिएको
  • नेपालमै पहिलो पटक नोबेलमा शल्यक्रिया पछि निकालियो ‘ब्राकिएल प्लेक्सस् ट्युमर’

    विराटनगर / नोबेल शिक्षण अस्पताल विराटनगरले एक महिलाको शल्यक्रिया गरेर दुर्लभ तथा जटिल ट्युमर सफलतापूर्वक निकालेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ की ३४ वर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातीसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्युमर’ शल्यक्रिया गरेर सफलतापूर्वक निकालेको हो । यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्युमर नेपालमै पहिलो पटक सफलतापूर्वक निकालिएको शल्यचिकित्सक बताउँछन्‌ । अस्पतालका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक ट्युमर निकालेको हो । नोबेलको हाडजोर्नी विभागका डा.रञ्जिव झा, न

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • २१७ पटक पढिएको
  • भारतमा फेरि बढ्यो कोरोना संक्रमण : २९ जिल्लामा संक्रमण नियन्त्रण भन्दा बाहिर

    एजेन्सी / छिमेकी मुलुक भारतमा कोरोना  संक्रमण फेरि बढेको छ । विशेषगरि दिल्ली, गुरुग्राम र मुम्बई लगायत शहरमा कोरोना सङ्क्रमितको संख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका जम्मा ७ सय ३४ जिल्लामध्ये २९ जिल्लामा संक्रमण दर ५ प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यी जिल्लामा संक्रमण नियन्त्रण बाहिर रहेको छ ।भारतको राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा थप दुई सय ९९ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो समयमा दिल्लीमा कोरोना संक्रमण दर शून्य दशमलव पाँच प्रतिशतबाट बढेर दुई दशमलव ७० प्रतिशत पुगेको छ । यो सँगै कोरोनाको चौथो लहरको खतरा बढेको चेतावनी विज्ञहरूले दिएका

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • २१० पटक पढिएको
  • बीपी प्रतिष्ठानमा अध्ययनरत एक भारतीय विद्यार्थी मानव अङ्गसहित पक्राउ

    विराटनगर / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थीलाई मानव अंगसहति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा रहेका छन् । विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले सिन्हालाई रिक्सामा भारततर्फ जाँदै गर्दा पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार सिन्हाका साथबाट मानिसको टाउको,  खुट

    • प्रकाशित मितिः चैत २९, २०७८
    • ४४१ पटक पढिएको
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुग्यो

    बिर्तामोड / आज देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ।  पछिल्लो २४ घण्टामा ४४ जना निको भएका छन्। हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

    • प्रकाशित मितिः चैत २६, २०७८
    • २५३ पटक पढिएको
  • आजबाट टाइफाइड विरुद्धको खोप अभियान

    बिर्तामोड / सरकारले देशव्यापी रुपमा टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट शुरु गरेको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइने स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको जनाएको छ ।आज देखि सुरु भएको खोप अभियान आगामी वैशाख १८ गतेसम्म संचालन हुनेछ । केही जिल्लामा भने यसअघि नै खोप लगाउन सुरु गरिसकिएको छ ।ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान शुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलो पट

    • प्रकाशित मितिः चैत २५, २०७८
    • २३० पटक पढिएको
  • फेरि खतराको संकेत : भारतमा कोरोनाको नयाँ प्रजाती

    एजेन्सी / भारतको मुम्बइमा एक्स–ई नामको कोरोनाको अर्को भेरियन्ट पुष्टि भएको छ । मुम्बइका स्वास्थ्य अधिकारीहरुले एक्स–ई भेरियन्ट फेला परेको बताएका हुन । उनीहरुले कप्पा नामको अर्को भेरियन्ट पनि फेला परेको बताएका छन् ।मुम्बइ कोरोना टाक्सफोर्सका डा. शशांक जोशीले नयाँ भेरियन्ट पुष्टि हुँदैमा आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । एक जना विदेशी महिलामा उक्त संक्रमण पुष्टि भएको तर उनी पूर्णतः निको भएर आफ्नो देश फर्किएको डा। जोशीको भनाइ छ ।परीक्षणका क्रममा गत महिना युरोपेली देशहरु र चीनमा तीब्र गतिमा फैलिएको कप्पा भेरियन्ट पनि फेला परेको मुम्बइका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एक्स–ई भेरियन्

    • प्रकाशित मितिः चैत २४, २०७८
    • ३९० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.