स्वास्थ्य

    Showing 1,151-1,160 of 2,151 items.
  • आज देशभर ७६० जनामा संक्रमण पुष्टि, ११ को मृत्यु

    बिर्तामोड / आज देशभर थप सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १६८ पीसीआर र ५ हजार ८६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ११ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १४१६८ जना होम आइसोलेसन र १ हजार १७२ जना संस्थागत आइसोलेसनमा छन्। २३६ जना क्वारेन्टाइन, ३१७ जना आइसीयू र ११३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 118 पटक पढिएको
  • मेची अस्पतालमा पनि सिटी स्क्यान सेवा

    बिर्तामोड / झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा आज (शनिबार) देखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले एक कार्यक्रमकाबीच अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट र सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । प्रदेश १ सरकारले गत आर्थिक वर्षमा मेची अस्पताललाई पाँच करोड १४ लाख ५७ हजार रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट अस्पतालमा सिटी स्क्यान मेसिन र अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए ।मेची अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामीले सिटी स्क्यान गर

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 285 पटक पढिएको
  • बीपी प्रतिष्ठानको संघर्ष समितिद्वारा स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापन पत्र

    बिर्तामोड / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई चारबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । लामो समयदेखि बीपी प्रतिष्ठानमा भएको भ्रष्टाचार र बेथितिको विषयमा चर्को विरोध गर्दै आएको संघर्ष समितिले आफूहरूले उठाएका मुद्दा सम्बोधन गर्न माग गर्दै स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएको हो । उनीहरूले स्वास्थ्यमन्त्रीसँग प्रतिष्ठानलाई दोहन गर्ने पदाधिकारीबाहेकका अन्य शिक्षक कर्मचारीहरूलाई पनि कारबाहीको दायराम

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 145 पटक पढिएको
  • थप ७६४ जनामा संक्रमण पुष्टि, १० को मृत्यु

    बिर्तामोड / आज देशभर थप ७६४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ६८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७६४जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४६६ जनाको पिअिसार परीक्षण गर्दा ७१४ र १ हजार २२२ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर १ हजार ३३ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ४६१ होम आइसोलेसनमा

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 102 पटक पढिएको
  • कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

    काठमाडौं / कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा  एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो। परिषद्ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिसिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टि

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 130 पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट : थप १६१ जनामा संक्रमण पुष्टि, ४को मृत्यु

    बिर्तामोड / आज प्रदेश एकमा थप १६१ जनामा कोरोना संक्रमण पुष्ट भएको छ । ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१, झापाको विर्तामोडमा ७

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 123 पटक पढिएको
  • सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

    काठमाडौँ / विश्वस्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ।विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो।विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन्। उनले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन्।उनले बाच्न पा

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 103 पटक पढिएको
  • असोज २४ देखि काठमाडौं महानगरले १८ वर्ष माथिकालाई खोप लगाउने

    काठमाडौँ / महानगरले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो।महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन्।कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 106 पटक पढिएको
  • बैतडीको स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीमाथि हातपात

    बैतडी / बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन्।कार्यालयमै रहेका बेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महस

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 123 पटक पढिएको
  • मुटु सुन्निने समस्या देखिएपछि डेनमार्क र स्विडेनमा मोडर्ना खोप लगाउन रोक

     एजेन्सी //डेनमार्क र स्विडेनमा  कोरोना विरुद्धको मोडर्ना खोप लगाउन रोक लगाइएको छ। दोस्रो डोज लगाएपछि मुटु सुन्निने समस्या देखिएकाले कम उमेरका युवायुवतीलाई खोप लगाउन रोक लगाइएको हो। खोप लगाएका युवायुवतीहरू मध्ये केहीमा मुटु सुन्निने जस्तो साइट इफेक्ट देखिएको भन्दै ती देशहरूले कम उमेर समूहलाई खोप लगाउन रोक लगाइएको बताइएको छ। खोपको दोस्रो मात्रा लगाएपछि त्यस्तो समस्या देखिएको तर समस्या ठूलो भने नभएको  भए तापनि स्वेडेनको स्वास्थ्य एजेन्सीले तत्कालका लागि २० वर्ष मुनिको समूहमा खोप अभियान रोक्ने बताएको छ। उता, डेनमार्कले पनि १८ वर्ष भन्दा मुनिको समूहलाई पूर्व सतर्कता नअपनाई खोप नदिने

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 123 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा