बिर्तामोड / आज देशभर थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार ९६८ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ११ हजार ५८२ जनाको पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।नेपालमा हालसम्म को
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त
बिर्तामोड / सामाजिक सेवामा सक्रिय रहँदै आएको भारतीय गोर्खा भूतपूर्व सैनिक संघले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।संघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा १०५ जनाले विभिन्न रोगको जाँच गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए ।स्वास्थ्य शिविरमा सङ्घमा आबद्ध मात्र नभई सर्वसाधारण सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको शिविरमा बालबालिका, वयस्क र ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।शिविरमा फिजिसियन, बालरोग, स्त्रीरोग लगायतका विशेषज्ञ चिकित्सकले जाँच गरेका थिए । शिविरमा सेवा लिएका बिरामीलाई
कपिलवस्तु / कपिलवस्तुमा झाडा पखालाका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा पाँच वर्षीय बालक राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका छन् । अहिले कृष्णनगर नगरपालिकामा झाडा पखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । वडाभरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता
चितवन / चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन्।उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतप
बिर्तामोड / आज देशभर थप १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १५ हजार
बिर्तामोड / प्रदेश एकमा आज थप १८६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ जनामा संक्रमण देखिएको हो ।झापाको विर्तामोडमा १५, कनकाईमा १३, दमक र भद्रपुरमा ८–८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्दिबारी र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढीगंगामा ३–३
काठमाडौं / नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए । उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्ब
काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन्। उनी स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । स्वास्थ्यलाभपछि अध्यक्ष नेपाल आज(सोमबार) घर फर्किएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।
बैतडी / जिल्ला अस्पताल बैतडीमा हाल दैनिकरूपमा ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन्। अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक÷दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। 'उनले भने पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको छ।' पछिल्लो समय दिनप्रतिदिन यहाँ ‘स्क्रबटाइफस’का बिरामी देखिन थालेपछि यस रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए।'अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छु, उनले भने, ' केही स्क्रबटाइफसका ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.