स्वास्थ्य

    Showing १,२२१-१,२३० of २,५०८ items.
  •  के हो बालरोग ?

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १५८ पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप १ हजार १ सय २८ जनामा संक्रमण पुष्टि, १४ को मृत्यु

    बिर्तामोड  / आज देशभर थप  १ हजार १ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै, आज २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३२ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ८९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • १९५ पटक पढिएको
  • कोरोना अपडेट : आज थप एक हजार १३ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको संख्या नौ लाख ३० हजार ६०७ जना छन् ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २६७ पटक पढिएको
  • ओमिक्रोन अन्तिम भेरिएन्ट नभएको डब्ल्युएचओको भनाई

    एजेन्सी  / विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ ।डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले ओमिक्रोनका ४ फरक–फरक भेरियन्ट पत्ता लागेको भन्दै यो भेरियन्ट कोभिडको वाइल्ड कार्ड भएको बताएका छन् । केही राष्ट्रहरुमा ओमिक्रोनको संक्रमण दर कम हुँदै गएको भएपनि लापरवाहीले पुनः नयाँ भेरिन्ट विकास नहोला भन्न नसकिने उनको भनाइ रहेको छ ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २२२ पटक पढिएको
  • शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्यमन्त्री अस्पतालमा

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।सो अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • ३५६ पटक पढिएको
  • नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

    चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्य

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २०९ पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप २४०१ जनामा संक्रमण पुष्टि, १४को मृत्यु

     बिर्तामोड / आज देशभर थप २हजार ४सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् । मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।  पछिल्लो २४ घण्टामा ७हजार ७सय ७७ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयल

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १८४ पटक पढिएको
  • केही दिनमा सबै नागरिकलाई बुस्टर डोज दिइने : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौं / स्वास्थ्यमन्त्री विरोध खतिवडाले सवै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिइने बताएका छन् । बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्तीमा काम गर्नेलाई दिइएरहेको बुस्टर डोज केहि दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् ।मन्त्री खतिवडाले विद्यार्थीका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने बताएका छन् । त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने जानकारी समेत दिएका छन्।विपन्न बर्गका लागि स्वास्थ्य उपचार निश

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १९६ पटक पढिएको
  • थप १ हजार ९५७ संक्रमित ,११ जनाको मृत्यु

    काठमाडौँ / पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ वटा नमुना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।मन्त्रालयका अनुसार ८ हजार ५८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण देखिएको हो ।यो सँगै देशभर सक्रिय सङ्क्रमितको ३६ हजार १८१ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १६८ पटक पढिएको
  • नगरपालिकाकाद्वारा ६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

    झापा / काभ्रेपलाञ्चोक पनौती नगरपालिकामा ६ सय विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनैपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ । नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए। उनका अनुसार उक्त बीमा कार्यक्रमबाट करिब तीन हजार नागरिक लाभान्वित हुनेछन् । वडा कार्यालयले विपन्न

    • प्रकाशित मितिः माघ २५, २०७८
    • ३५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.