स्वास्थ्य

    Showing 1,251-1,260 of 2,152 items.
  • भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

    डोटी / जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट  विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या  बढेको स्वास्थ्यकर्मी बताउँछन् ।केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य संस्थाले जनाएका छन्  । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा  दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिएका छन् ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण जोशीले भने, “अस्पतालमा अन्य रोगभन्दा भाइर

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 291 पटक पढिएको
  • नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिर २४ र २५ मा

    काठमाडौँ  / नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताएका छन् ।  महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 124 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : ३६६ जनामा संक्रमण पुष्टि, पाँचको मृत्यु

    बिर्तामोड / प्रदेश १ मा आज थप ३६६ जनामा कोरोना संक्रमण भएको छ । ९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, सङ्खुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ४१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २०३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास म

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 107 पटक पढिएको
  • निपाह भाइरस रोगप्रति सचेत रहन मन्त्रालयको आग्रह

    काठमाडौँ /  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताएका छन् । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ । उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकर

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 187 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट थप २३७ जनामा संक्रमण पुष्टि, ५को मृत्यु

    बिर्तामोड / प्रदेश १ मा आज थप २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, सङ्खुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २६, बेलबारीमा ४, उर्लाबारीमा २, ग्रामथान र पथरीशनिश्चरे १–१, झापाको विर्तामोडमा ११, अर्जुनधारामा १०, मेचीनगर र कनकाईमा ९–९, दमकमा ८, शिवसताक्षीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकाम

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 124 पटक पढिएको
  • आज थप ९११ जनामा संक्रमण पुष्टि, १३को मृत्यु

    बिर्तामोड / आज देशभर थप ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार ८७८ जनाको पीसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ९४९ पुगेको छ।

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 123 पटक पढिएको
  • बीपी प्रतिष्ठान : नक्कली कागजातका भरमा उपकुलपतिमा नियुक्त

    धरान / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका समयमा भएका भ्रष्टाचार र अख्तियार दुरुपयोगका घटना श्रृङ्खलावद्ध रुपमा सार्वजनिक हुन थालेका छन् ।ओली प्रधानमन्त्री र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल रहेको समयमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गर्न नक्कली कागजातको साहारा लिएको खुलेको छ ।भानुभक्त ढकाललाई निर्वाचनमा सहयोग गरेका गिरीलाई नियुक्त गराउन प्राध्यापक रहेको भनेर झुटो कागजातको साहारा लिएको स्वास्थ्य मन्त्रालयले गरेको छानविनका क्रममा खुलेको हो ।नियुक्ति लगत्तै विवादमा तानिएका गिरीले नियुक्तिका लागि प्राध्यापक भन्दै

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 224 पटक पढिएको
  • आत्महत्या को सोच आएको छ ? ११६६मा फोन गर्नुहोस् !

    बिर्तामोड / मानिसमा आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या हो । आत्महत्या वा आत्महानीको सोच आइरहेका ब्यक्तिलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालले निशुल्क हेल्प लाइन नम्बर सन्चालन गरेको छ । यदि तपाइलाई मनमा गाह्रो महसुस भइरहेको छ, धेरै चिन्ता र तनाब सहन गाह्रो भएको छ र आफैँलाई चोट पुर्याउन वा दुख दिन मन लागेको छ  भने तपाइले हेल्प लाइन नम्बर ११६६मा फोन गर्न सक्नु हुनेछ । यस मार्फत तालिम प्राप्त मनोपरामर्शदाताले तपाईलाई त्यस्तै सोचबाट बाहिर निकाल्न मदत गर्ने उद्देश्यले हेल्प लाइन नम्बर सञ्चालनमा ल्याइएको हो । यस हेल्प लाइन नम्बरमा पूर्ण गोपनीयता हुने भएकाले आ

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 146 पटक पढिएको
  • भाइरल ज्वरोको समस्या बढ्दै

    सुदूरपश्चिम / कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण हुने त्रासका बीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताएका छन्।सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारार्थ आउने गरेको जानकारी दिए। ‘‘भाइरल ज्वरो होकी अन्य ब्यक्टिेरियलका बिरामी हुन भन्नेमा एकिन जानकारी हुन सक

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 122 पटक पढिएको
  • आज थप ९९४ जनामा संक्रमण पुष्टि, १२को मृत्यु

    बिर्तामोड / आज देशभर थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन्।  मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म निको हु

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 97 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा