स्वास्थ्य

    Showing १,२५१-१,२६० of २,५०८ items.
  • बैतडीका बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा

    बैतडी / बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिएका छन्  । सबै स्थानीय तहमा खोप पठाइएको छ । गत महिना ३२ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो ।स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन ३२ हजा

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २७३ पटक पढिएको
  • करोडौं खर्चेर जडान गरिएको भेन्टिलेटरसहितको आइसियू प्रयोगमा छैन बेनी अस्पतालमा

    झापा/म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख रूपैयाँ खर्चेर दुई वटा भेन्टिलेटरसहित पाँच शैय्या क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो । ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्‍याउनुपर्ने हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २२५ पटक पढिएको
  • विदेशबाट फर्किएकाहरुमा कुष्ठरोगको समस्या

    बिर्तामोड / झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ ।जिल्लामा चालु आर्थिक वर्ष २०७८ र ०७९ को पुस मसान्तसम्म यस्ता पाँचमा कुष्ठरोग फेला परेका छ ।नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक र एक जना कुष्ठरोगी फेला परेको बताए ।उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ । यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ ।‘विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन् । यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ,’ उनले भने ।चाल

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २११ पटक पढिएको
  • गर्भवतीले महिलाले ध्यान दिनुपर्ने विषय

    -महिलाको पाठेघरमा सन्तानको भ्रूणको रूप रहेको अवस्थालाई गर्भावस्था भनिन्छ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । गर्भावस्थाको समय अति नै संवेदनशील हुन्छ । यसर्थ, यो वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ ।गर्भावस्थाका मुख्य लक्षण-समयमा महिनावारी नहुने । -थकाइ लाग्ने वा जिउ गल्ने ।-शरीरमा ज्वरो आएजस्तो लाग्ने ।-कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने ।-बारम्बार पिसाब लाग्ने ।-स्तन गानिएर आउने, ठूलो हुने ।-ढाड तल्लो भाग  दुख्ने ।-गर्भ रहेपछि हल्का रक्तश्राव हुने ।-टाउको दुख्ने ।-दिक्क लाग्ने वा तनाव हुने ।-बिहान उठ्नेबित्तिकै बिरामी हुने ।शारीरिक परिव

    • प्रकाशित मितिः माघ १६, २०७८
    • २२६ पटक पढिएको
  • डा. शर्माले सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

    बिर्तामोड / विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले झापाको विर्तामोड –१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा. शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मूल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् ।बिर्तामोडमा शनिवार एक कार्यक्रमकाबीचमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नवीन विमलीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । चाबी हस्तान्तरण गर्दै प्रबन्धक दाहालले डा. सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए ।कार्यक्रममा प्रदेश सभा स

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १८५ पटक पढिएको
  • ७७ जिल्लामै ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

    काठमाडौं  / सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ ।भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२

    • प्रकाशित मितिः माघ १५, २०७८
    • २११ पटक पढिएको
  • नारायणी अस्पतालमा उपचाररत थप दुई सङ्क्रमितको मृत्यु

    वीरगन्ज / वीरगञ्जमा शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत दुईजना सङ्क्रमितको शनिबार बिहान मृत्यु भएको हो। अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार बाराको कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन्। यस्तै नारायणी अस्पतालमै उपचारत पर्साको वीरगन्ज महानगरपालिका –३ प्र

    • प्रकाशित मितिः माघ १५, २०७८
    • २७६ पटक पढिएको
  • गुर्जो सेवन स्वास्थ्यका लागि हानिकारक !

    बिर्तामोड / योगगुरु रामदेव र आचार्या बालकृष्णको गुर्जो सम्बन्धी दावीलाई नेकपा माओवादी केन्द्रका एक उच्च तहका नेताले चुनौति दिँदै गुर्जो सेवन स्वास्थ्यको हितमा नरहेको बताएका छन् ।माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षामान पुनले अमृतबुटी , गुर्जलती र गुर्जो नामले चिनिने जडिबुटी सेवनका कारण आफ्नो स्वास्थ्यमा जटिल समस्या आएको बताएका हुन् ।कोरोना महामारीको समयमा सर्वाधिक खोजी र रोजाईमा परेको गुर्जो सेवनका कारण आफ्नो कलेजोमा समस्या पारेको उनले बताएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले गुर्जो सेवनका कारण आफू र आफ्ना केही साथीको स्वास्थ्यमा समस्या देखिएको दावी गरेका हुन् ।रोग प्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • ३०३ पटक पढिएको
  • कोरोना अपडेट : आज थप छ हजार आठ सय २७ जनामा संक्रमण पुष्टि, १० को मृत्यु

    झापा /  पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा पाँच हजार ४३२ जना डिस्चार्ज हुँदा १० जनाको मृत्यु भएको छ। अहिले देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन्।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १९५ पटक पढिएको
  • आज थप आठ हजार १७ जनामा संक्रमण पुष्टि, १५ को मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा देशभर थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  १५ हजार सात सय ३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा पाँच हजार २९२ जना कोरोना मुक्त भएका छन् । सोही अवधिमा १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।यसैगरी, मुलुकमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा पाँच ल

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.