स्वास्थ्य

    Showing १,२६१-१,२७० of २,५०८ items.
  • १२ घण्टामा भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    बाँके / नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमणका कारण १२ घण्टामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका –६ का ७१ वर्षीय पुरुष र कालिकोट शुभकालिका –५ का १६ वर्षीय बालक रहेका छन् । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २०९ पटक पढिएको
  • २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • २५१ पटक पढिएको
  • दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

    झापा /अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमविन्दु दमक अस्पताल मानिन्छ । यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा खड्ग लिम्बूले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः माघ १२, २०७८
    • २०३ पटक पढिएको
  • कोरोनाका कारण बैतडीमा अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

    बैतडी  / कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् ।  जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् ।  चार  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए ।उनले भने, “एन्टीजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भ

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ३३१ पटक पढिएको
  • दमक अस्पतालको आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द

    बिर्तामोड / झापाको दमकस्थित दमक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेन्ट डा खड्ग लिम्बूले जानकारी दिएका छन । 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • ३३० पटक पढिएको
  • झापामा मास्क बैंक पुनः सञ्चालन

    बिर्तामोड / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो।बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए। उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो। कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो।बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आए

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १७५ पटक पढिएको
  • टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालनमा

    काठमाडौँ / शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः  हुने भएको छ ।काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्न सकिने अस्पतालका निर्देशक डा मनिषा रावलले जानकारी दिएका छन् ।आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ समेत रावलले बताएका छन् । अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण प

    • प्रकाशित मितिः माघ ११, २०७८
    • २२१ पटक पढिएको
  • १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

    काठमाडौं / कोभिड –१९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ ।कोभ्याक्स सुविधामार्फत सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • २४६ पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप १० हजार ३१९ जनामा कोरोना पुष्टि, चारको मृत्यु

    काठमाडौं /  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनाकाे कोरोना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । सोही अवधिमा निको हुनेको संख्या भने दुई हजार पाँच सय ४० जना रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ । 

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.