स्वास्थ्य

    Showing 1,271-1,280 of 2,152 items.
  • भेरोसेल लगाएकालाई एस्ट्राजेनेकाको खोप !

      झापा// झापाका एक स्वास्थ्यकर्मीको गम्भीर त्रुटीका कारण भेरोसेलको दोेस्रो डोजको भ्याक्सिन लगाउन गएका एक वृद्धलाई एस्ट्राजेनेकाको भ्याक्सिन लगाइएको छ। मेचीनगर–७ को खोप केन्द्रका स्वास्थ्यकर्मीले सोहि ठाउँका ६० बर्षीय लक्ष्मीप्रसाद कोइरालालाई उल्टो भ्याक्सिन लगाइदिएका हुन्। झापामा भदौ १५ गतेदेखि २२ गतेसम्म एस्ट्राजेनेकाको खोप अभियान चलिरहेको छ ।गत साउन १३ गते भेरोसेलको पहिलो डोज लगाएका कोइराला सोमबार दोस्रो डोज लिन खोप केन्द्रमा पुगेका थिए। कोइराला र उनकी श्रीमती भागिरथी कोइराला दुबैजना दोस्रो डोज लगाउन बाँकी थियो ।कोइरालाले खोप लगाईसकेपछि उनले श्रीमतीलाई पनि खोप लगाउन पठाउँदा स्वास्थ्यकर्

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 178 पटक पढिएको
  • देशभर आज थप एक हजार ८९७ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

    बिर्तामोड / आज देशभर थप १ हजार ८९७ जनामा कोरोना संक्रपण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ।गत २४ घण्टामा १ अजार ७४३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ। आज देशभर थप २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ। 

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 124 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ४३९ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । प्रदेश १ मा आज ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ म

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 145 पटक पढिएको
  • बीपी प्रतिष्ठान : भ्रष्टाचार विरोधी आन्दोलन दबाउन एमालेले थाल्यो सडक संघर्ष

    धरान / बेथिति र भ्रष्टाचारका विरुद्ध धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको विरुद्धमा नेकपा एमाले सहित साना दलले सडक संघर्ष थालेका छन् ।केही दिन अघि एमालेको धरान नगरकमिटिले विज्ञप्ति नै निकालेर आन्दोलन प्रति असहमति प्रकट गरेको थियो । सोमवार लिम्वुवान सहितका साना दलको व्यानरमा सडक संघर्ष नै सुरु भएको हो ।प्रतिष्ठानको भ्रष्टाचार र वेथितीलाई मुख्य माग बनाएर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सक , विद्यार्थी र कर्मचारीले प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गर्न सहितका माग राखी यतिबेला सेवा नै बन्द गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले प्रतिष्ठानका पदाधिकारीक

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 905 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ३२७ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४–४, तेह्रथुममा ३, उदयपुर र सङ्खुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रम

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 136 पटक पढिएको
  • आज देशभर थप एक हजार ५३४ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

    बिर्तामोड / आज देशभर थप एक हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर एक हजार ५३४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 112 पटक पढिएको
  • चर्कियो आन्दोलन : आजबाट बिपी प्रतिष्ठानमा सेवा अवरुद्ध

    धरान / बेथिति र भ्रष्टाचार विरुद्ध आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीले केही समयका लागि स्थगन गरेको  आन्दोलनलाई आज आइतवारबाट फेरि चर्काएका छन् ।आन्दोलनकारीले सरकारले गरेको सहमति विगतमा जसरी नै पालना नगरेको भन्दै आन्दोलनलाई थप कडा बनाएका हुन् । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्ससहितका स्वास्थ्यकर्मीले आजबाट ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प बनाएका छन् ।आन्दोलनकारीले सेवा ठप्प बनाएपछि प्रतिष्ठानमा उपचारका लागि आएका करिव २ हजार सेवाग्राही प्रभावित बनेका छन् । प्रदेश एक र दुईका विभिन्न ठाउँबाट उपचारका लागि

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 611 पटक पढिएको
  • बिपी प्रतिष्ठानमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछी स्थिति तनावग्रस्त

    धरान//धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछी स्थिति तनावग्रस्त भएको छ। स्थानिय ३९ वर्षीय फूलमाया राईको उपचारको क्रममा  मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्त आन्दोलित भएका हुन् । शनिबार बिहान धरानकै मेयर तिलक राईसहित बसेर मृतका आफन्त र अस्पताल प्रशासनबीच सम्झौताको प्रयास गरे  तापनि सम्भव हुन नसकेको बताइएको छ। शनिबार बिदाको दिन भएकाले थप वार्ता र छलफल हुन नसकेपछि एक प्रहरी अधिकारीले आइतबार बिहान ९ बजे अस्पताल प्रशासनसँग वार्ताको वातावरण तयार गरिने आश्वासन दिएका थिए। सो पश्चात आन्दोलन स्थगित भएको बताइएको छ। यता मृतकका

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 126 पटक पढिएको
  • आज थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

    बिर्तामोड /  आज देशभर थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७५३ पीसीआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ। कुल संक्रमितमध्ये ३१ हजार ८२६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार १९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ। उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 121 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप ३०५ जनामा मा संक्रमण पुष्टि, ४को मृत्यु

    बिर्तामोड  / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २–२ र कानेपोखरीमा १ जना, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहबीमा २, बराहक्षेत्र, रामधुनी  स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १३, बिर्तामोडमा ६, भद्रपुरमा

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 129 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा