स्वास्थ्य

    Showing १,२७१-१,२८० of २,५०८ items.
  • ६० स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवा रोकियो

    काठमाडौँ / शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जारी खोप कार्यक्रम स्थगित गरिएको छ । सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।थप स्वास्थ्यकर्मी संक्रमित नहोऊन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ उनले भने ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • २४० पटक पढिएको
  • उपचारपछि स्वदेश फर्किदै वर्षमान पुन

    झापा / उपचारका लागि चिन गएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचार सकेर आज स्वदेश फर्कने भएका छन् ।वर्षमान सहित पूर्व सभामुखसमेत रहेकी वर्षमानकी पत्नी ओनसरी घर्ती पनि आज अपरान्ह चार्टर विमान मार्फत सँगै नेपाल आउने भएकी छिन् । वंशाणुगत जन्डिसका बिरामी वर्षमानको उपचार चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गरिएको थियो।जावलाखेलस्थित सुमेरु अस्पतालमा वर्षमानको उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।बैङ्ककस्थित समितिभेज अस्पतालमा समेत स्वास्थ्यमा सुधार नआएपछि मंसिर १० गते उनी चीन गएका थिए ।बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६९ पटक पढिएको
  • धनगढीमा एक कोरोना सङ्क्रमितको मृत्यु

    झापा / धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको सोमबार बिहान मृत्यु भएको छ ।प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।माघ ६ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका उक्त व्यक्तिको आइसीयुमै राखेर उपचार भइरहेको थियो । 

    • प्रकाशित मितिः माघ १०, २०७८
    • २२९ पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि ४ जनाको मृत्यु

    काठमाडौं  / पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ७७ हजार ४० सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • २४३ पटक पढिएको
  • खोप लगाएको केही समय पछि नै एकजनाको मृत्यु भएपछि

    झापा /  कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका –४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो ।वडाध्यक्ष भिखराम चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युको कारण भने खुल्न नसकेको उनले बताए । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • २०० पटक पढिएको
  • काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी सङ्गठनले गर्यो तालाबन्दी

    काठमाडौँ / विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा ८ विद्यार्थी सङ्गठनले आइतबार तालाबन्दी गरेका छन् ।नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी नेत्रविक्रम चन्द्र र मोहन वैद्य अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थी मंसिर १९ गतेदेखि अतिरिक्त शुल्कको विरोधमा आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठन सहित एमाले निकट अनेरास्ववियुले पनि ऐक्यवद्धता जनाउँदै आएको छ

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १७८ पटक पढिएको
  • भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    भरतपुर  / भरतपुर अस्पतालमा कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आज (आइतबार) देखि लागू हुनेगरि जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चित समयका लागि बन्द गरेको जनाएको हो ।अस्पतालका सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारी ठूलो सङ्ख्यामा कोरोना संक्रमित भई आइसोलेसनमा रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेकका अरु सेवा स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १७३ पटक पढिएको
  • कोरोना संक्रमण तिब्र गतिमा फैलिए पछि न्युजिल्याण्डकी प्रधानमन्त्रीले रोकिन् आफ्नो बिबाह

    एजेन्सी / न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले कोभिड महामारीका कारण आफ्नो विवाह स्थगित गरेकी छन् । समाचार संस्था रोयटर्सका अनुसार कोभिड नियन्त्रणका लागि देशमा लागू प्रतिबन्धहरूमा थप कडाई गर्दै ४२ वर्षीया जसिन्डाले आजका लागि तय विवाह रोकेकी हुन् ।   कडा प्रतिबन्धहरूको घोषणा गर्दै उनले भनिन्, ‘अहिलेका लागि मैले आफ्नो विवाह सारेकी छु । र, कोरोनाको अमिक्रोन भेरियन्टको संक्रमणबाट बच्न म सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्छु ।’ न्युजिल्याण्डमा लागू नयाँ नियमअनुसार विवाहजस्ता समारोहमा कोरोनाविरुद्धको सबै डोज भ्याक्सिन लगाएका व्यक्तिहरूलाई मात्र सहभागी हुन अनुमति छ । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १५७ पटक पढिएको
  • चीन सरकारले दियो नेपाललाई २० लाख सिरिञ्ज

    काठमाडौँ / चीन सरकारले नेपाललाई २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । अनुदानमा उक्त सिरिञ्ज चीनले उपलब्ध गराएको हो ।उक्त परिमाणको सिरिञ्ज शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले २० लाख सिरिञ्ज उपलब्ध गराएको हो । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • २५२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.