स्वास्थ्य

    Showing 121-130 of 2,072 items.
  • निजामती दिवसमा मार्तडी बजारको फोहर संकलन गरियो

    बाजुरा— बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो ।मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो ।२२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्र

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 401 पटक पढिएको
  • ललितपुर महानगरले विकास समितिका दुई भवनमा डोजर चलायो

    ललितपुर— ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ ।महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए । ‘बुद्धिविकास मंगल र क्षयरोग निवारण संस्था ललितपुर जिल्ला कार्यसमितिका दुईवटा भवनहरू जुन ठाउँमा थिए, त्यो हाम्रो डीपीआर गरिएको कार्यक्षेत्रभित्र पर्दछ,’उनले भने, ‘त्यसैले यी भवनहरू हटाउनु आवश्यक भयो ।’उनका अनुसार यसअघि नै सोही क्षेत

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 314 पटक पढिएको
  • कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

    कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 245 पटक पढिएको
  • बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कार्तिकदेखि

    काठमाडौं— स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् ।मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो । सेवा निरन्तरताका ल

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 370 पटक पढिएको
  • भेरी अस्पतालमा मस्तिष्कघातको उपचारमा ठूलो राहत, महँगो 'अल्टेप्लेज' इन्जेक्सन अब निःशुल्क

    नेपालगन्ज— अबदेखि भेरी अस्पताल, नेपालगन्जमा मस्तिष्कघात भएका बिरामीहरूले महँगो ुअल्टेप्लेजु इन्जेक्सन निःशुल्क पाउने भएका छन्। यो इन्जेक्सन समयमै दिन सके बिरामीलाई प्यारालाइसिस हुनबाट बचाउन सकिने र उनीहरू धेरै हदसम्म सामान्य जीवनमा फर्किन सक्ने अस्पतालका प्रमुख फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए ।डा. पाण्डेले भने, “मस्तिष्कघातको संकेत देखिएपछि साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके यो इन्जेक्सन अत्यन्त प्रभावकारी हुन्छ।” उनले थपे, “समयमै उपचार हुन सके बिरामीको ज्यान मात्र हैन, जीवनशैली पनि जोगिन्छ।”८० हजार रुपैयाँ पर्ने यो औषधी सबैका लागि पहुँचमा नपुग्ने भएकाले भेर

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 314 पटक पढिएको
  • दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

    जनकपुर— महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो । मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्या

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 304 पटक पढिएको
  • आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

    काठमाडौं—  ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।  नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लीन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिनुभयो । हाल यस सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयो

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 480 पटक पढिएको
  • खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

    काठमाडौं— नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।ब्लु क्रसले विशेषज्ञ भेट, एक्स रे, एमआरआई, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इसीजी, इको, फिजियोथेरापी, रगत परीक्षण र कुनैपनि आकस्मिक दुर्घटनामा २० प्रतिशत छुट दिने छ । औषधि तथा फार्मेसी सेवा, भर्ना भइ उपचार गर्नु पर्ने अवस्था, अवस्था हेरी माइनर र मेजर अपरेसनमा पनि ब्लु क्रसले विशेष छुट दिने सम्झौता भएको भारोत्तोलन संघले जनाएको छ ।भारोत्तोलन संघले उपलब्ध गराएको योग्य सदस्य र खेलाडीको नामवली, भारोत्तोलन संघको आधिकारिक परिचय पत्र वा सिफारिस पत्रको अधारमा ब्लु क्रसले उपरोक्त सेवा प्रदान गर्न

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 437 पटक पढिएको
  • कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड

    बाजुरा— बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।विकट क्षेत्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आएको अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६ औं वार्षिकोत्सव तथा १३ औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको  स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 424 पटक पढिएको
  • सरकारी अस्पतालको एनआईसीयूमा मुसाको आतङ्क, दुई शिशु घाइते

    इन्दौर – भारतको मध्य प्रदेशस्थित इन्दौरको सबैभन्दा ठूलो सरकारी अस्पताल MYH को एनआईसीयू वार्डमा भर्ना भएका दुई नवजात शिशु मुसाले टोकेपछि अस्पताल प्रशासन आलोचनामा परेको छ।अस्पताल स्रोतका अनुसार केही दिनअघि जन्मिएका ती दुवै शिशु आइतबार र सोमबार क्रमशः मुसाको आक्रमणमा परेका हुन्। पहिलो दिन एक शिशुको हात टोकेर घाइते बनाइएको थियो भने भोलिपल्ट अर्को शिशु पनि त्यस्तै घटनामा परेपछि दुबैको उपचार भइरहेको छ।घटना सार्वजनिक भएपछि अस्पतालले आकस्मिक रूपमा मुसा नियन्त्रण अभियान सुरू गरेको छ। यद्यपि, यसअघि पनि अस्पतालमा मुसा र सरसफाइसम्बन्धी गुनासा उठ्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 548 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा