स्वास्थ्य

    Showing 1,331-1,340 of 2,502 items.
  • अत्यधिक चिसो र शीतलहरका कारण एक वृद्धाको मृत्यु

    झापा / अत्यधिक चिसो र शीतलहरका कारण सिराहामा बुधबार साँझ एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका –१ निवासी ६५ वर्षीया पल्टी सदाको रहेकी छिन ।घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर –१ का वडाध्यक्ष राजाराम कामतीले बताए ।अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।चिसोका कारण निमोनिया, कोल्डडायरीया , दम, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्याका  बिरामी बढ्न थालेका छन् ।ग्रामीण क्षेत्रका वि

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 253 पटक पढिएको
  • चिसो बढेसँगै तराइका अस्पतालमा बिरामी वृद्धि

    रूपन्देही / तराइमा शीतलहर र चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या वृद्धि हुन थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामीहरू बढ्न थालेका छन् । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताएका हुन् । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकी लगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ ।रूपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सब

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 163 पटक पढिएको
  • अत्याधिक चिसोका कारण दुई जनाको मृत्यु

    झापा  / अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएका अवस्थामा चिसो र शीतलहरकै कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका –४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिएका छन ।यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन । 

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 180 पटक पढिएको
  • आजदेखि कोरोना विरुद्ध बुस्टर डोज

    बिर्तामोड / नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरूलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो ।राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम भएका, क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका, एचआइभी पीडित लगायतलाई बुस्टर खोप लगाइने छ ।यस्तै, चिनियाँ खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरूलाई पनि बुस्टर खोप लगाइने छ । लक्षित व्यक्तिहरूले पहिले खोप लगाएको कार्डसहित नजिकैको स्वास

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 203 पटक पढिएको
  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना

    एजेन्सी / भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । अहिले केजरीवाल घरमै आइसोलेसन बसेका छन् ।केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’देशमा कोरोना सङ्क्रमितको संख्या लगातार बढिरहेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४०९९ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ र संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ ।

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 198 पटक पढिएको
  • आर्या न्युरोमा बिरामीले पाए नयाँ जीवन

    झापा । पछिल्लो समय बिरामीका आफन्तहरूले अस्पताल र चिकित्सकहरूको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ ।तर, यस्तो पनि अस्पताल छ, जहाँ बिरामीका आफन्तले माया मरिसकेकोलाई पुनः जीवन दिएका छन् । पछिल्लो एक महिना दिनको अन्तरमा विराटनगर – ३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले दुईजना बिरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका – ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको ‘लक्ड – इन – सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको जटिल प्रकारको सफल उपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।  प्रेस

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 186 पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप ३२६ जनामा संक्रमण पुष्टि

    झापा / आज देशभर थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार सात सयको  पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ। कुल संक्रमित मध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ। उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ।

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 226 पटक पढिएको
  • कोरोना अपडेट : आज २१६ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

    झापा  / आज देशभर थप २१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ९६२ जनाको पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ। कुल संक्रमित मध्ये ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ। उक्त अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ। हा

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 166 पटक पढिएको
  • कोशी अस्पतालाई भेन्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्य सामाग्री प्रदान

    विराटनगर / लुथरन सामुदायिक कल्याण समाज रङ्गेलीले कोशी अस्पताललाई भेन्टिलेटर सहित ४२ लाख ७४ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री निशुल्क प्रदान गरेको छ ।स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रममा सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले  अस्पतालका सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्।कार्यक्रममा  रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानवीय कार्य उदाहरणीय रहेको बताएका छन् । यस अघि पनि जोखिममा रहेका मानिसहरूलाई उक्त गरेको मानवीय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यवाद समेत दिए ।&n

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 170 पटक पढिएको
  • गर्भवतीलाई पौष्टिक आहार उपहार

    काठमाडौं / बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् ।साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन् । “गर्भवती भएको जानकारी पाएपछि अण्डा, गेडागुडी र सरसफाइका सामग्री उपहार दिने गरिएको छ”, उनले भनिन्, “स्वास्थ्यकर्मी, मह

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 195 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.