स्वास्थ्य

    Showing 1,341-1,350 of 2,399 items.
  • बीपी प्रतिष्ठानको छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    धरान / बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानविन टोलीले स्थलगत अध्ययन गरी तयार पारेको उक्त प्रतिवेदन प्रधानमन्त्री देउवालाई आज (शुक्रबार) बुझाएका हुन् ।प्रतिवेदनमा अनियमितताको आरोप लागेका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरण अनुसारको काम नगरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छानविन समितिका एक पदाधिकारीले जानकारी दिए ।उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरु खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 179 पटक पढिएको
  • आज देशभर ३१७ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

    झापा / आज देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ५३५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ। उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 146 पटक पढिएको
  • वायु प्रदुषणले हृदय रोगको खतरा

    एजेन्सी \ अहिलेसम्म भएका विभिन्न अनुसन्धानले वायु प्रदुषणले हृदयरोगको खतरा बढाउने पत्ता लगाएको छ । अमेरिकामा भर्खरै गरिएको एक अनुसन्धानले मिर्गौला रोगी र उच्च रक्तचापका बिरामीहरूको मुटु वायु प्रदुषणका कारण कमजोर हुने पत्ता लगाएको छ । भर्खरै अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी किड्नी विक –२०२१ मा वायु प्रदुषणले मुटु कमजोर गराउने दावी गरिएको हो । जसमा वायु प्रदुषणको सीधा असर मुटुमा पर्ने जानकारी दिइएको छ । अनुसन्धानकर्ताका अनुसार उच्च रक्तचापको समस्याबाट गुज्रिरहेका मिर्गौला रोगीहरूलाई ग्लेसिटीन –३ को स्तर बढी भएको पाइयो । यसको सीधा सम्बन्ध वायु प्रदुषणसँग छ । यसले मुटुको भित्रसम्म पुगेर कमज

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 139 पटक पढिएको
  • देशभर थप ५३३ जनामा संक्रमण पुष्टि , १को मृत्यु

    बिर्तामोड / आज देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ६१२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४८४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ। हाल ११० जना क्वारेन्टा

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 155 पटक पढिएको
  • कृष्णनगरमा अझै आएन झाडापखाला नियन्त्रणमा

    कपिलवस्तु  / कपिलवस्तुको कृष्णनगरमा झाडापखाला नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको तयारी गर्ने भएको छ । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै नियन्त्रणमा नआएपछि स्वास्थ्य कार्यालयले बिरामीहरूको लागि खोपको तयारी गर्ने भएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताएका छन् । साँढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले जानकारी दिए ।पाण्डेका अनुसार पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पाउने

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 153 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज ५७ जनामा संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र १८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 159 पटक पढिएको
  • आज देशभर थप ३९० जनामा संक्रमण पुष्टि, पाँचको मृत्यु

    बिर्तामोड / आज देशभर थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गरिएको थियो।उक्त अवधिमा कोरोना सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४२५ जना सङ्क्रमितले कोरोना भाइरसलाई जितेका छन्।

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 159 पटक पढिएको
  • चीनद्वारा नेपाली सेनालाई ३ लाख डोज खोप सहयोग

    बिर्तामोड / चीनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोना विरुद्धको तीन लाख डोज खोप दिएको छ । चिनीयाँ जनमुक्ति सेनाले नेपाली सेनालाई दिएको सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई आज हस्तान्तरण गरेकी छिन् ।चिनियाँ जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।नेपाली सेनाले यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुत हुने बताएको छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 148 पटक पढिएको
  • कोरोना अपडेट : आज थप १४३ जनामा संक्रमण पुष्टि, ९ को मृत्यु

    बिर्तामोड / आज देशभर थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर दुई हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा ५६३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भइसकेका छन् ।९ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४४८ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ७१३ जना छन् ।आईसीयूमा १९७ र भेन्टीलेटरमा ४९ उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार १२४, संस्थागत आईसोलेशनमा ५८९ र क्वारेन्टिनमा ११२ जना छन् ।

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 172 पटक पढिएको
  • देशभर थप ४४७ जनामा संक्रमण पुष्टि, ७को मृत्यु

    बिर्तामोड / आज देशभर थप ४४७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५७७ पीसीआर र ३ हजार ३३६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८२८ जना पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार १२३ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४३९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ। उक्त अवधिमा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ। हाल १२१ जना क्वारेन्टा

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 164 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.