स्वास्थ्य

    Showing 1,351-1,360 of 2,502 items.
  • पोलियो अभियानमा ३२ लाख रुपैयाँ सङ्कलन

    चितवन / रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा ३२ लाख २३ हजार रुपैयाँ आर्थिक सङ्कलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागी रोटरियनहरुले पोलियोमुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।सो अवसरमा डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्वडिष्ट्रिक्ट गभर्

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 177 पटक पढिएको
  • कोरोना अपडेट : आज थप २१९ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

    झापा / आज देशभर थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा ९ हजार ६७७ जनाको नमुना परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ भने ८ लाख १० हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् । जसमध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भन

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 163 पटक पढिएको
  • कोरोना अपडेट : आज थप १ सय ६७ जनामा संक्रमण पुष्टि

    झापा  / देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार चार सय ४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भइसकेका छन्। कोरोनाका कारण देशभर आज थप १ जनाको मृत्यु भएको छ भने हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 171 पटक पढिएको
  • दमक अस्पतालमा अक्सिजन प्लान्ट जडान

    दमक / झापाको दमक नगरपालिकास्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ ।अक्सिजन उत्पादनको परीक्षण सफल भएपछि निर्माण कम्पनीले अस्पताललाई शुक्रबार अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । अक्सिजन प्लान्ट निर्माणको काम डेढ वर्ष अघिदेखि सुरु भएको थियो । विश्व बैंकको कार्यक्रम ‘कोभिड –१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालको अध्यक्षसमेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । अधिकारीका अनुसार सो प्लान्टले प्रतिघण्टा ४० घनमिटर अक्सिजन उत्पादन गर्छ । अस्पतालमा अक्सिजन प्लान्ट

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 188 पटक पढिएको
  • २६० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय ४९ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार हाल मुलुकमा ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५ सय ८२ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।शुक्रबार ११ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ हजार ६० जनाको पी सी आर र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 182 पटक पढिएको
  • विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

    झापा /  बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ ।  सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि आजदेखि मोडर्ना खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन । नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 183 पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले गर्‍यो एचए नेपाललाई सेवाबाट बर्खास्त

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ असिस्टेन्ट पुष्कर नेपाललाई सरकारी सेवाबाट हटाएको छ । दक्षिणकाली स्वास्थ्य चौकीमा अधिकृत छैटौँ तहका नेपाललाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो ।मन्त्रालयले लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको गत २७ मङ्सिरमा प्राप्त परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०७३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड – ख ० को १ बमोजिम सेवाबाट हटाएको जनाएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 174 पटक पढिएको
  • ६ लाख ६४ हजार मात्रा फाइजर खोप नेपाल आयो

    काठमाडौँ / थप ६ लाख ६४ हजारभन्दा बढी खोप शुक्रबार नेपाल आएको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन । सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर – किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्षमाथिका दीर्घरो

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 148 पटक पढिएको
  • देशभर थप २ सय ३६ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७२ जना निको भएका छन्। मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्‍मा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४ सय ३३ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हु

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 160 पटक पढिएको
  • ९८ वर्षीय वृद्धमा ओमिक्रोन पुष्टि

    काठमाडौँ / नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगीता मिश्राले जानकारी दिएकी हुन् । प्रवक्ता मिश्राका अनुसार संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेका छन् ।  योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.