स्वास्थ्य

    Showing 1,351-1,360 of 1,814 items.
  • के हुन्छ निदाउनु अघि मोबाइल चलाउँदा ?

    बिर्तामोड / के तपाइको सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छ भने यो बानी तत्काल परिवर्तन गर्न जरुरी छ।यदि ख्याल गर्नु भएको छैन भने विचार पुर्याउनुस्, सुत्नु अघि यस्ता डिजिटल प्रविधिको प्रयोग गर्दा शारीरिक र मानसिक दुवै हानी गर्छ। यसले निन्द्रा नलाग्ने र निदाइहाले पनि छोटो निन्द्रा पर्ने अनि बिहान उठ्दा शरिर गह्रौ बनाउने गर्छ।के हुन्छ मोबाइल चलाउँदा ?सुत्नु अघि टिभी, ट्याबलेट, मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभासको प्रयोग गर्दा शरिरको आन्तरिक घडी बिग्रन्छ। यो आन्तरिक घडीलाई सर्काडियन रिदम भनिन्छ। सूर्योदय र सुर्यास्तको समयमा शरिरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ, यही घडी अनुसार शरिरले बिभिन्न

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 362 पटक पढिएको
  • पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका

    काठमाडौँ / नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण शुरुआत गरिएको छ । पतञ्जलि युवा नेपाल समितिले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत जानकारी दिन शुरु गरेको हो । बेलुकी पाँच बजेदेखि छ बजेसम्म हुने यो कार्यक्रममा ५०० भन्दा बढी बालबालिका सो प्रबिधिमा आवद्ध हुने गरेको समितिका संयोजक लोकनाथ खनालले जानकारी दिए ।जुमबाट गरिने यो कार्यक्रममा प्रत्येक दिन योग आसन गराइन्छ । योगआसनपछि मन्त्रोच्चारणसहित प्रत्येक बार गरिने फरक फरक क

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 95 पटक पढिएको
  • आज देशभर ६ हजार ८५ जनामा संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

    काठमाडौं / आज देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र  ३ हजार १८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर एक लाख ४ हजार ७८९ जना  सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्।   

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 235 पटक पढिएको
  • बाँकेमा कोरोना संक्रमणबाट ५८७ जनाको मृत्यु

    बाँके / कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५  र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मङ्गलबार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ ।  ओलीका अनुसार मृतकमध्ये दुई÷दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक÷एक गरी सात जना छन्  ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 56 पटक पढिएको
  • औषधि अभावका कारण संक्रमितको उपचारमा समस्या

    सिमकोट / कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो । सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गरे । कोरोना सङ्क्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएर काम चलाएको उनले बताए । सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ । चेकजाँच पछि चिकित्सकले औषधिको सिफारिस गर्ने तर अस्पतालमा सो औषधि नपाएर बजा

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 60 पटक पढिएको
  • चीनद्वारा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री प्रदान

    रसुवा / कोभिड –१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 96 पटक पढिएको
  • अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन

    काठमाडौं / निमोनिया र फोक्सोको इन्फेक्सनका कारण अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन भएको छ । थापालाई तीन साता अगाडि कोरोना संक्रमण भएको थियो ।उनी कोरोना जितेर घर र्फकेका थिए । तर, निमोनिया र फोक्सोको इन्फेक्सनका कारण उनको मृत्यु भएको हो ।भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा थापा आर्थिक सल्लाहकार थिए । नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक थापाले अर्थ मन्त्रालयमा ६ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा योगदान गरेका छन् । दश वर्षअघि एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएका अर्थशास्त्री थापा नेपाल वायुसेवा निगमको अध्यक्षसमेत भएका थिए ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 50 पटक पढिएको
  • बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

    बाँके /  बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १र१ जना बाँके र कैलालीका छन् ।भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका –२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको छ ।यस्तै टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानग

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 60 पटक पढिएको
  • डब्ल्यूएचओद्वारा नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

    बिर्तामोड(एजेन्सी) विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको (बी.१.६१७.२) कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए ।(डब्ल्यूएचओ) ले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै–उच्चारण र गैर–कलंकित सङ्केत (नाम)हरू प्रयोग गर्न सिफारिस गरेको हो । डब्लुएचओले जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोध

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 122 पटक पढिएको
  • औषधि अभावसँगै डोल्पामा बिरामीको संख्यामा वृद्धि

    जाजरकोट / उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । सो कुरा जिल्ला

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 60 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा