स्वास्थ्य

    Showing १,३६१-१,३७० of २,५०८ items.
  • २६० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय ४९ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार हाल मुलुकमा ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५ सय ८२ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।शुक्रबार ११ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ हजार ६० जनाको पी सी आर र ३ हजार ८ सय ३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १८६ पटक पढिएको
  • विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

    झापा /  बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ ।  सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि आजदेखि मोडर्ना खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन । नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १८७ पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले गर्‍यो एचए नेपाललाई सेवाबाट बर्खास्त

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ असिस्टेन्ट पुष्कर नेपाललाई सरकारी सेवाबाट हटाएको छ । दक्षिणकाली स्वास्थ्य चौकीमा अधिकृत छैटौँ तहका नेपाललाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो ।मन्त्रालयले लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको गत २७ मङ्सिरमा प्राप्त परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०७३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड – ख ० को १ बमोजिम सेवाबाट हटाएको जनाएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १७८ पटक पढिएको
  • ६ लाख ६४ हजार मात्रा फाइजर खोप नेपाल आयो

    काठमाडौँ / थप ६ लाख ६४ हजारभन्दा बढी खोप शुक्रबार नेपाल आएको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन । सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर – किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपका १ लाख ६२० मात्रा कार्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । सुरुमा उक्त खोप यस अघि खोप लगाउन छुटेका १२ वर्षमाथिका दीर्घरो

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १५१ पटक पढिएको
  • देशभर थप २ सय ३६ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ सय १७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७२ जना निको भएका छन्। मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्‍मा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४ सय ३३ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हु

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १६४ पटक पढिएको
  • ९८ वर्षीय वृद्धमा ओमिक्रोन पुष्टि

    काठमाडौँ / नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगीता मिश्राले जानकारी दिएकी हुन् । प्रवक्ता मिश्राका अनुसार संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेका छन् ।  योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १८० पटक पढिएको
  • प्रदेश एकमा थप १४ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश एकमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ४०९ जनाको पीसीआर परीक्षण गरीएकोमा १३ र ८० जनाको एन्टिजेन परीक्षण  गरीएकोमा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ  । मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९१ रहेको सामाजिक

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १४९ पटक पढिएको
  • देशभर थप २सय ५२ जनामा संक्रमण पुष्टि, तीनको मृत्यु

    बिर्तामोड / आज देशभर थप २५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  १२ हजार ४सय७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।त्यस्तै, चार हजार ६सय १६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।पछिल्लो २४ घण्टामा २सय ३२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १५८ पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप २२० जनामा संक्रमण पुष्टि

    झापा / आज देशभर थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ७२५ जनाको पीसीआर परीक्षणमा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने, योसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ जना पुगेको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ।अतिक्रमितमध्ये

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १६० पटक पढिएको
  • जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता

    काठमाडौं / मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो। एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए। उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो। यस्तै, सोमबार नै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १४९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.