धनगढी / कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरीका आँखामा खुशीका आँसु थिए । आफ्ना तर्फबाट अथक प्रयास गर्दागर्दै बिरामीलाई बचाउन नसकेका घटनाले रुवाएको ज्योतिको मन बिहीबार प्रफुल्लित मुद्रामा हुनुको कारण एकदमै नाजुक अवस्थामा अस्पताल भर्ना भएका घोडाघोडी नगरपालिका–६ का तुलाराम डगौरालाई आठ दिनमा अस्पतालबाट सञ्चो बनाएर पठाउँदाको हो । एक हप्ताअघि उपचारकै क्रममा सङ्क्रमितको मृत्यु हुँदा ज्यान बचाउन नपाउँदाको पीडाले चिन्तित ज्योतिले बिहीबार सङ्क्रमितलाई सञ्चो बनाएर पठाउँदा खुशीको सीमा नरहेको बताइन् । “जब कोही बिरामी, सहकर्मी वा कसैले
राँझा / नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सक लगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी माथि आक्रमण गरेका थिए । उक्त घटनाले अस्पतालमा काम गर्ने सुरक्षा व्यवस्था नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मी सन्त्रासमा रहेका छन् । स्वास्थ्यकर्मी अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् ।
विराटनगर / कोशी अञ्चल अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा विद्युत आपूर्ति अवरुद्ध हुँदा केन्द्रमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको छ ।बिहीबारको हावाहुरी र बर्षाका कारण विधुत अवरुद्ध भएपछि उपचारमा प्रयोग गरिएका मेडिकल उपकरणहरु नचल्दा केन्द्रमा उपचाररत छ कोरोना संक्रमितको मृत्यु भएको हो ।अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेकाले उनीहरुको मृत्यु भएको दावी गर्दै विधुत अवरुद्धका कारण मृत्यु भएको अस्विकार गरेको छ । विद्युत अवरुद्ध हुँदा उपचारमा आएको समस्याका कारण बिहीबार ३ जना र शुक्रबार बिहान ३ जना गरि केन्द्रमा ६ जना संक्रमितको मृत्यु भएको त्यहाँ कार
काठमाडौँ / संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ। बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ । अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सह
बिर्तामोड / रुसका अधिकारीहरूले जनावरहरूलाई कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको जनाएका छन् । गत मार्च महिनामा रुसले कोरोना भाइरस विरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो।देशका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन सुरु गरिएको पशुस्वास्थ्य सेवाको निगरानी गर्ने निकाय रोस्सेलखोज्नाद्जोरले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ।उक्त निकायका अनुसार कार्निभ्याक–कोभ खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाएका छन्।वैज्ञानिकहरूले हाल मानिसहरूमा उक्त रोग फैलाउन जनावरहरूले खास भूमिका खेलेको भन्ने कुनै प्रमाण नभेटिएको बताएका छन् । तर विश्वभरि विभिन्न प्रज
पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।सरकारले अक्सिजनको अभाव नरहेको दावी गरीरहेको समयमा देशकै ठुलो स्वास्थ्य प्रतिष्ठान मातहतको अस्पतालमा अक्सिजन अभावमा बिरामीको मृत्यु भएको विषय सार्वजनिक भएको हो । केहि दिन अघि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावका कारण विरामीको मृत्यु भएको विषय सार्वजनिक भएको थियो ।अस्पतालले विगत केहि दिन यता सुरु भएको अक्सिजन अभावका कारण सुत्केरी सहित ७ जनाको मृत्यु हुन गएको स्विकार गरेको छ । अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा। शरदचन्द्
बिर्तामोड / ईटहरीस्थित सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा ब्रोडकास्टिंग एशोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान कोरोना संक्रमणबाट निधन भएको छ ।उनी बिराटनगरको बिराट मेडिकल कलेजको कोभिड उपचार केन्द्रमा भेन्टिलेटरमा उपचाररत थिए । सुनसरीको ईटहरी उपमहानगरपालिका घर भएका ५० बर्षीय न्यौपानेको अहिले बिहान साढे ८ बजेतिर निधन भएको अस्पतालले जनाएको छ ।शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । उनको फोक्सोमा समस्या देखीएपछी कलकत्ताबाट औषधी ल्याएर बिहिबार उपचार थालिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । न्यौपाने ला
भक्तपुर / नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न लागि विभिन्न सहकारी संस्था, सङ्घसंस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा बिहीबार मात्र रु ७१ लाख ३१ हजार ९२७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा यही जेठ ५ देखि १३ गतेसम्ममा रु एक करोड ३४ लाख ६९ हजार ६२५ सहयोग प्राप्त भएको छ ।भक्तपुर नपाभित्रका सहकारी संस्थाबाट बिहीबार प्राप्त सहयोगमा सदिच्छा बचत तथा ऋण सहकारी संस्थाबाट रु ११ लाख ११ हजार १११, दियालो बचत तथा ऋण सहकारी संस
काठमाडौं / बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा बिहीबार २ सय ४५ नयाँ संक्रमित थपिएका हुन् ।बिहीबार काठमाडौँ जिल्लामा १ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ सय ६४ तथा भक्तपुरमा २ सय ६५ जना संक्रमित थपिएका छन् ।बुधबार काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा १ हजार १३९, ललितपुर २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका थिए ।
बिर्तामोड / देशभर आज थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार निको भएका ७ हजार २२६ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.