स्वास्थ्य

    Showing 1,411-1,420 of 2,502 items.
  • कपिलवस्तुमा हैजाबाट थप एकको मृत्यु

    कपिलवस्तु  / कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका –६ महुवाका १३ वर्षीया बालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा यादवको मृत्यु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।  अहिले सम्म हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुमा गत असोज १८ गते देखिएको हैजा फैलिएको थियो । बुद्धभूमि –७ मानपुरमा असोजको पहिलो साता साढे दुई वर्षकी बालिकाको झाडापखालाको कारण ज्यान गएको थियो ।बुद्धभूमिका –५ र मायादेवीको –७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 166 पटक पढिएको
  • कोशीमा हामफालेर स्वास्थ्यकर्मीले गरे आत्महत्या

    दमक  / शनिबार कोशी नदीमा हाम फालेर एक स्वास्थ्यकर्मीले आत्महत्या गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत झापाको दमक नगरपालिका –६ का सुवास नेपालले शनिबार सप्तकोसी ब्यारेजको ५२ ढोकाबाट हाम फालेका थिए । हामफालेको ठाउँदेखि केही पर उनको शव बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनले आत्महत्या गर्नकाे कारण भने नखुलेकाे काफ्लेले बताए । 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 387 पटक पढिएको
  • कोरोना अपडेट : २१३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    झापा / आज देशभर आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २० हजार ७२४ जना पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार १५६ जना सक्रिय संक्रमित छन्। उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७८ जना आइसीयू र ३० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 155 पटक पढिएको
  • नयाँ भेरिएन्ट ओमाइक्रोनको संक्रमण फैलिन नदिन नेपालले थाल्यो पूर्व तयारी

    काठमाडौँ / दक्षिणदक्षिण अफ्रिका सहितको अन्य मूलुकहरुमा कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै नेपालले पनि रोकथामको पूर्वतयारी थालेको छ । दक्षिक अफ्रिकामा पहिलोपटक पुष्टि भएको कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोनको संक्रमण नेपालसँग सीधा उडान भएको हङकङमा पनि पुष्टि भएपछि नेपालले पूर्वतयारी थालेको हो । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने बताएका छन् ।मन्त्री आलेले भने, – ‘धेरै देशहरूले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएको स्थिती छ । यो परिस्थितिमा

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 187 पटक पढिएको
  • विश्वमा कोराेनाबाट ५२ लाख भन्दा बढीको मृत्यु

    काठमाडौँ / विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर झण्डै साढे ६ हजार जनाको मृत्यु भएको छ । पछिल्लो पटक सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनमा ६०८, पोल्याण्डमा ४२१, जर्मनीमा ३७४, ब्रजिलमा ३०३ र अमेरिकामा २९८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो।यो अवधिमा विश्वभर साढे ५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। युरोपेली देशहरुमा मात्रै चार लाखभन्दा बढी संक्रमित थपिएका छन्। जर्मनीमा ७२ हजार, बेलायतमा ५० हजार, रसियामा ३४ हजार ६००, फ्रान्समा ३४ हजार ४००, चेक रिपब्लिकमा २७ हजार ७०० र पोल्याण्डमा

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 150 पटक पढिएको
  • भेरी अस्पतालमा २ संक्रमितको मृत्यु

    बुटवल / भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाँकेका हुन् ।कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 147 पटक पढिएको
  • कोरोना अपडेट : आज थप २४२ जनामा सङ्क्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप २४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । सात हजार ८२९ जनामा आरटीपीसीआर परीक्षण गर्दा २४२ र  दुई हजार ६१७ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।यसैगरी देशभर हालसम्म सात हजार २८७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५३ जनाले कोरोना विर

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 159 पटक पढिएको
  • गोल्डेन अस्पतालमा बन्धक बनाइएका बिरामीद्वारा आत्महत्याको प्रयास

    मोरङ / विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालको खर्च तिर्न नसकेर आत्महत्याको प्रयास गरेका छन् । अस्पतालको पैसा तिर्न नसकेर बन्ध बनाइएका मोरङको धनपालनाथ गाउँपालिका –१ का शिवकुमार मण्डलले आज शुक्रबार बिहान आत्महत्याको प्रयास गरेका हुन् । छारे रोगबाट पीडित ३५ वर्षीय मण्डललाई मंसिर ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि अस्पतालले उनलाई मंसिर ७ गते डिस्चार्ज गरेको थियो।मण्डलको उपचारका लगी ३६ हजार रुपैयाँ खर्च लागेको थियो । तर, मण्डलका परिवारले १७ हजार रुपैयाँ मात्र अस्पताललाई बुझाएको थियो । मण्डलको परिवारले बाँकी १९ हजार बुझाउन नसक्दा अस्पतालले मण्डललाई

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 182 पटक पढिएको
  • देशभर थप ३०८ जनामा संक्रमण पुष्टि, ३को मृत्यु

    बिर्तामोड  / आज देशभर थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १०४ पीसीआर र एक हजार ८०५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २० हजार २८५  पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ४२० पुगेको छ। उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ। &

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 148 पटक पढिएको
  • नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ५१३ को मृत्यु

    झापा / देशभर अहिलेसम्म ११ हजार पाँच सय १३ जना सङ्क्रमितको मृत्यु भएको छ । आज मात्रै चार सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज देशभर तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ पुगेको छ। 

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.