स्वास्थ्य

    Showing १,५२१-१,५३० of २,५०८ items.
  • उपचाररत बालिकाको ज्यान गएपछि आफन्तद्वारा अस्पताल तोडफोड

    पाँचथर / जिल्ला अस्पताल पाँचथरमा उपचाररत बालको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । ज्वरो आएपछि अस्पतालमा भर्न भएकी बालिकालाई सुई लगाउने बितिक्कै ज्यान गएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । फालेलुङ गाउँपालिका –८ घर भई हाल फिदिम २ मा बसोबास गर्दै आएकी साढे तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङलाई ज्वरो आएपछि केही दिन अघि अस्पतालमा भर्ना गराइएको थियो । उपचारको क्रममा सुई लगाउने बितिक्कै बालिकाको ज्यान गएपछि अस्पतालको लापरवाहीले गर्दा बालिकाको ज्यान गएको भन्दै बुधबार बिहानै देखि प्रदर्शन गरेका आफन्तले बेलुका ८ बजे अस्पताल तोडफोड गरेका हुन् । बालिकाको शव समेत

    • प्रकाशित मितिः असोज २१, २०७८
    • २४० पटक पढिएको
  • २४ घण्टा १०४३ जनामा कोरोना संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ।देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २१९ संक्रमित छन् भने  ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्व

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १२० पटक पढिएको
  • पहिलोपटक तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै नेपालमा

    गलेश्वर / नेपालमा पहिलो पटक तातो पानीबाट उपचार गर्ने अस्पताल निर्माण हुने भएको छ । म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा अस्पताल निर्माण हुने भएको हो । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका –४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । शाक्यका अनुसार तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयो

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १७० पटक पढिएको
  • ‘रेबिजमुक्त काभ्रे’को प्रतिबद्धता

    काभ्रेपलाञ्चोक / एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट जिल्लामा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन्। कुकुरको टोकाइबाट हुने रेबिजबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।पशु सेवा विभागका महानिर्देशक दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रेबिजमुक्त जिल्ला बनाउन स्थानीय जनप्रतिनिधिलाई प्रेरित गरेका थिए। प्रतिबद्धतापत्रमा रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत, साधन, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १६९ पटक पढिएको
  • भारतसँग खरिद गरेको १० लाख डोज खोप शनिबारसम्म आइपुग्ने

    काठमाडौं / गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ।भारतको सेरम इन्स्टिच्युटसँग गत फागुन ५ गते २० लाख डोज खोप खरिदका लागि रकम पठाएको मध्ये १० लाख डोज खोप मात्र नेपाल आइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप लगभग शनिबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘कुन बार भन्ने अझै तय भइसकेको छैन तर शनिबारसम्म खोप आइपुग्ने कुरा भएको छ,’ व्यवस्थापन महाशाखा स्रोतले भन्यो।भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने २० लाख डोज सरकारले खरिद गरेको थियो।

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १८७ पटक पढिएको
  • बेड अभावमा अस्पताल बाहिरै झाडापखालाका बिरामी

    कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा झाडापखालाका बिरामीलाई बाहिरै राखेर उपचार गरिँदै छ । शिवराज अस्पतालमा बेडको अभाव भएपछि  झाडापखालाका बिरामीलाई अस्पताल परिसरमा राखेर उपचार गरिएको हो । शिवराज अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताएका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १५६ पटक पढिएको
  • राज्यमन्त्री श्रेष्ठ एकै दिन तीन अस्पताल पुगेपछि...

    काठमाडौँ  / सोमबार भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको मन चस्स भयो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड(१९ का कारण बढ्दो बिरामी थेग्न बनाइएको अस्थायी संरचनादेखि रेक्टोफिटिङ हुँदै गरेको आकस्मिक कक्ष, नयाँ बन्दै गरेको भवन, कोभिड ब्लक, नयाँ आइसियुदेखि अस्पतालको समग्र अवस्थाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। अस्पतालले कोभिड महामारीमा गरेको

    • प्रकाशित मितिः असोज १९, २०७८
    • १६८ पटक पढिएको
  • आज देशभर थप ९६८ जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

    बिर्तामोड / आज देशभर थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार ९६८ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ११ हजार ५८२ जनाको पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।नेपालमा हालसम्म को

    • प्रकाशित मितिः असोज १९, २०७८
    • १५४ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप १९२ जनामा संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज १८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०३ महिला र ७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त

    • प्रकाशित मितिः असोज १९, २०७८
    • १७४ पटक पढिएको
  • भारतीय गोर्खा भूतपूर्व सैनिकद्वारा स्वास्थ्य शिविर, १०५ जनाले गरे स्वास्थ्य परीक्षण

    बिर्तामोड / सामाजिक सेवामा सक्रिय रहँदै आएको भारतीय गोर्खा भूतपूर्व सैनिक संघले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।संघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा १०५ जनाले विभिन्न रोगको जाँच गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए ।स्वास्थ्य शिविरमा सङ्घमा आबद्ध मात्र नभई सर्वसाधारण सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको शिविरमा बालबालिका, वयस्क र ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।शिविरमा फिजिसियन, बालरोग, स्त्रीरोग लगायतका विशेषज्ञ चिकित्सकले जाँच गरेका थिए । शिविरमा सेवा लिएका बिरामीलाई

    • प्रकाशित मितिः असोज १९, २०७८
    • १७४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.