काठमाडौँ / थप आठ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ । हालसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा आठ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप १२९
कैलाली / दोस्रो लहरको कोभिड –१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी –४ का ३५ वर्ष
बिर्तामोड / आज देशभर थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३ सय ५७ जनाको पिसिआर र ७ सय ४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट ८ हजार ५ सय ९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन् ।यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार १ सय ५३ जना संक्रमितको मृत्यु भएको छ।आज देशभर ८ हजार ८ सय ४८ जना संक्रमित निको भएका छन् । देशभर ८ सय ८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले ज
दमक / झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित सन्तोषको शुक्रबार राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी उपचारत थिए ।यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पा
बिर्तामोड / प्रदेश १ मा आज १ हज्जार ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुष सहित १५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१,
बिर्तामोड / आज देशभर थप ८ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ४०७ र एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्।यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।आज देशभर ७ हजार ८९० जना संक्रमित निको भएका छन्। देशभर ९१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पोखरा / कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्यस्वास्थ्यकर्मी आफै पनि सङ्क्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाइ नभ
भक्तपुर / सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि रु १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पतालका लागि रु दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई रु एक करोड ५५ लाख, जिरी अस्पताललाई रु ८० लाख, बाजुरा अस्पताललाई रु ७५ लाख तथा बझाङ अस्पतालका लागि रु एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ ।यसैगरी डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पताललाई रु ७५ लाख, खोटाङ अस्पताललाई रु ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि रु
कैलाली / कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आकस्मिक कक्षमा भर्ना भए । कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखिएपछि एक्सरे गरेर हेर्दा बिरामीको छाती र फोक्सोमा जटिलता देखियो । बिरामीलाई भर्ना गरेर उपचार थालियो तर कोरोना जाँच भएन । वैशाख १२ गते उस्तै स्वास्थ्य समस्या भएका बिरामी थपिए । त्यो क्रम बढ्यो र १६ गते एकको ज्यान गयो । उपचारलाई आउने बिरामीको सङ्ख्या र मृत्यु हुने क्रम बढ्यो । चिकित्सकहरु सजग भए । नागरिकमा त्रास बढ्यो । बिरामीले अस्पतालको कम्पाउण्ड भरियो । एकैदिन अस्पतालमा एउटै स्वास्थ्य समस्याका ६० बिरामी भर्न
काठमाडौँ / मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर नियन्त्रणमा सकारात्मक परिणाम देखिन थालेको जिकिर गरेका छन् । मुलुकमा निषेधाज्ञा शुरु भएको आज एक महिना पुरा हुँदै गर्दा निषेधको आदेश जारी गर्नुपर्ने आवश्यकता अझै बाँकी रहेको छ । तर सही कार्यान्वयनको पनि उत्तिकै जरुरी छ । देशमा गएको वैशाख महिनामा कोरोना सङ्क्रमणमा ठूलो उतारचढाव आयो । बीचमा अक्सिजन र त्यसको सिलिण्डर, भेन्टिलेटर, सघन उपचार कक्षको हाहाकार नै भयो
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.