काठमाडौँ / कोभिड–१९ का बिरामीको उपचार गर्दै बिरामीको भरोसाको केन्द्र बन्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शय्या सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरुले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिंदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको बताइएको छ । अस्पतालले कोभिडका बिरामीका लागि ८० शय्या छुट्याए पनि अहिले ५० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २०० सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुश्किल परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा.सुमित्रा गौतमले बताए । भेन्टिलेटरमा रहेका बिरामीलाई तीब्र गतिमा अक्सिजन
काठमाण्डौँ / पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै एक लाख २० हजारको हाराहारीमा कोरोना सङ्क्रमित फेला परिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल चार लाख ८८ हजार ६४५ जना कोरोना पोजेटिभ देखिएका छन् । यो बिहीबारसम्मको तथ्याङ्क हो । यस्तै, तीन लाख ६६ हजार ९४६ जना निको भएका छन् । ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ८४७ छ । कोरोनाको दोस्रो लहर अघिल्लोभन्दा निक्कै सङ्क्रामक रहेको जनस्वास्थ्यकर्मीहरुको भनाइ छ । सङ्क्रमणको चक्र तोड्न सरकारले निषेधाज्ञा ला
राँझा / बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार मृत्यु हुने १२ जनामध्येमा सात बाँकेका रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ३ का ६७ वर्षीय पुरुष, खजुरा
जाजरकोट / गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए । “ गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भने ।त्यस्तै नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोट लगायत गाउँमा पनि ज्वरोका बिरामीको सङ्ख्या बढिरहेको छ । गाउँभरि शङ्कास्पद बिरामी बढे पनि परीक्षण र उपचार हुन नसकेको हल्चौरका हरिबहादुर खत्रीले बताए । “अधिकांशलाई कोरोना भएको आशङ्का छ,
रोल्पा / कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो ।माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध थिए । कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिश गरिएको थियो । बे
डोटी / सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो । यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ सङ्क्रमित निको भएका छन् । यसैगरी कोरोना सङ्क्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्च
बिर्तामोड / प्रदेश १ मा आज थप ६ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ७५ महिलार १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीय तह नखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा
बिर्तामोड / आज देशभर ८ हजार ३ सय ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ।आज देशभर ६ हजार ५४३ जना संक्रमित निको भएका छन्। देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दमौली / सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच/पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो । दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताए । पुरनडिही अस्पतालका डा सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो ।
काठमाडौं / चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर र १० थान कन
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.