स्वास्थ्य

    Showing १,७११-१,७२० of २,५०८ items.
  • घर–घरमा पुगेर ‘ज्येष्ठ नागरिक’लाई कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले  ‘ज्येष्ठ नागरिक’ लाई घर –घरमा पुगेर कोभिड –१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ ।न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए । न्यायाधिश ढुंगानाको इजलासले खोप केन्द्रमा जान नसक्ने ज्येष्ठ नागरिक,  हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश गरेको हो ।

    • प्रकाशित मितिः साउन २९, २०७८
    • १५५ पटक पढिएको
  • लुम्बिनी प्रदेशमा बिरामीलाई थप सुविधा

    बुटवल / लुम्बिनी प्रदेश सरकारको पहिलो बैठकले मृगौला, क्यान्सर र मुटु रोगका बिरामीलाई गर्दै आएको आर्थिक सहयोगमा वृद्धि गर्ने निर्णय गरेको छ । यसअघि उपचारका लागि प्रदेश सरकारले एक लाख दिँदै आएकोमा त्यसलाई वृद्धि गरी २ लाख बनाउने निर्णय गरेको हो ।मुख्यमन्त्री  कुल प्रसाद केसी सोनामको अध्यक्षतामा बसेको पहिलो बैठकले कोरोना नियन्त्रणका लागि परिक्षण, उपचार , उद्धार र खोप कार्यक्रमलाई तिव्रता दिने पनि निर्णय गरेको छ ।बैठकले कोरोना संक्रमितका लागि हटलाइन र एम्बुलेन्सको व्यवस्था मिलाउने र मातृ शिशु मृत्युदर कम गर्न पोर्टेबल अल्ट्रासाउन्ड मेसिन सहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय समेत गर

    • प्रकाशित मितिः साउन २९, २०७८
    • ११५ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप ९६९ मा संक्रमण पुष्टि

    बिर्तामोड / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९७ र १ हजार ५ सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेश १ मा आज ७ सय १० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ४७ महिला र ३ सय ६३ पुरुष रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन २८, २०७८
    • १४५ पटक पढिएको
  • थप तीन हजार ४८१ जनामा संक्रमण पुष्टि, ३० को मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा तीन हजार चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार छ सय ५६ जनाको कोरोनाको परीक्षण गर्दा ३ हजार चार सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।देशभर पछिल्लो २४ घण्टामा ३० जना सङ्क्रमितको मृत्यु भएको छ। देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा रहेका छन्।

    • प्रकाशित मितिः साउन २८, २०७८
    • १५९ पटक पढिएको
  • सुनसरीको दुहबीमा पनि नर्भिक हस्पिटल

    इटहरी / काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र वसन्त चौधरी फाउण्डेसनले सुनसरीको दुहबीमा रहेको लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने भएको छ । हस्पिटल र फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी ३ वर्षदेखि बन्द रहेको  अस्पताल सञ्चालनमा ल्याउने भएका हुन् ।  १५ शैया क्षमताको अस्पताललाई स्तरोन्नति गरी ५० शैया बनाएर सञ्चालनमा ल्याउन तयारी थालिएको नर्भिक अस्पतालले जानकारी गराएको छ । नयाँ प्रविधि , थप उपकरण अनि दक्ष जनशक्ति प्रयोग गरी अस्पताललाई सञ्चालनमा ल्याउने नर्भिकले जनाएको छ । दुहबी सहित आसपासको क्षे

    • प्रकाशित मितिः साउन २८, २०७८
    • २०८ पटक पढिएको
  • वीपी प्रतिष्ठानमा अख्तियारको छापा , महत्वपूर्ण कागजात जफत

    धरान / बेथिति र भ्रष्टाचारका कारण बदनाम बनेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।भ्रष्टाचार र बेथितिका विषयमा प्रतिष्ठानमा आन्दोलन जारी रहेकै समयमा अख्तियारको टोलीले छापा मारेको हो । आयोगको केन्द्रीय कार्यालय काठमाण्डौ र इटहरी स्थित कार्यालयको टोलीले प्रतिष्ठानमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । प्रहरी उपरीक्षक टेकबहादुर तामाङ नेतृत्वको टोलीले भ्रष्टाचारका विषय जोडिएका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । भ्रष्टाचारको आशंका भएका कामसँग सम्बन्धित कागजात र दस्तावेज नियन्

    • प्रकाशित मितिः साउन २८, २०७८
    • ३२८ पटक पढिएको
  • युएसबी कण्डम:कसरी काम गर्छ यसले ?

    एजेन्सी। युएसबी कण्डमः झ्वाट्ट सुन्दा परिवजार नियोजनको साधन होकि जस्तो लाग्छ। तर यो परिवार नियोजनको साधन होइन।यो एक किसिमको प्रोटेक्सन हो जसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा खतरनाक संक्रमणबाट बचाउने काम गर्छ। आज भोलि हामी स्मार्ट मोवाइल बिनाको जीवन सम्भवतः परिकल्पना नगर्दा पनि हुन्छ अब हरेकसँग एक वा एकभन्दा बढी स्मार्ट फोन छ। उसैपनि ब्यस्त दिनचर्यामा स्मार्ट फोनको सुविधाले तपाईँ हाम्रो दैनिकीलाई धेरै सहज बनाएको छ। तर जति सहज बनाएको त्यसैगरी असुरक्षित पनि बनाइरहेकै छ।के हो युएसबी कण्डम ?हामीले आफ्ना लागि आवश्यक विभिन्न डेटाहरु, नितान्त व्यक्तिगत जानकारीहरु जस्तो, फोटो, म्यासेज,

    • प्रकाशित मितिः साउन २७, २०७८
    • २६३ पटक पढिएको
  • भारतबाट उद्धार गरेर नेपालमा उपचार गराइरहेका एक शिशुको खर्च अभाव ,सहयोगको अपिल

     धरान //भारतबाट उद्धार गरेर नेपाल ल्याइ थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका एक शिशुको उपचार खर्चमा अभाव भएको छ। आन्द्रा दोब्रिएर पेट फुलेपछि साउन १५ गते  मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो ।  उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका उनलाई उद्धार गरेर नेपाल ल्याइ थप उपचारका लागि  बिपी प्रतिष्ठानमा भर्ना गरिएको हो। सिलिगुडीको हस्पिटलमा ६ लाख ८ सय खर्च भएको उनको दूई लाख भने परिवारले भुक्तानी गरेको र बाँकी ४ लाख ६८ हजार १५ दिनभ

    • प्रकाशित मितिः साउन २७, २०७८
    • १६३ पटक पढिएको
  • देशभर थप ३४८१ जनामा कोरोना संक्रमण, ३० को मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९ सय ७ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६ सय १६ र र ५ हजार ७ सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् भने ३० जना संक्रमितको मृत्यु भएको छ।   

    • प्रकाशित मितिः साउन २७, २०७८
    • १७९ पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप ८८५ जनामा संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९,  ते¥हथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ५४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । त

    • प्रकाशित मितिः साउन २७, २०७८
    • १८३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.